१३ बर्षीया निर्मलाको हत्या, टुट्यो आमाको सहारा !
कञ्चनपुर, १३ साउन । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउ उखुबारीमा शव भेटिएको हो । घटनास्थल उनको घरबाट एक किलोमिटर दूरीमा छ । स्थानीय सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययनरत निर्मलाको हत्या भएको आशंका प्रहरी र आफन्तले...
ट्राफिक लाइट बिग्रेको बिग्रै, सवारी नियन्त्रणका लागि दुई हात र सिटीको भर
काठमाडौं, १२ साउन । १० बर्षदेखि काठमाडौंमा ट्राफिक बत्तीले राम्ररी काम गरेका छैनन् । २० बर्ष अघि नै सवारीको चाप बढेकाले नियन्त्रणलाई ट्राफिक बत्ती जोडिएको थियो । त्यसको तुलनामा काठमाडौंमा सवारी चाप निकै बढेको छ । तर, व्यवस्थापन भने सडक चोकमा उभिने ट्राफिक प्रहरीका दुई हात र सिटीको भरमा चलिरहेको आजको कान्तिपुर दैनिकमा समाचार छ । बिग्रीएका बत्तीले सडक चोकमा उभिएर...
डा. गोविन्द केसीको अबको बाटो
काठमाडौं, १२ साउन । सत्याग्रही डा. गोविन्द केसीको २७ दिन लामो अनशन सुखद परिणामसहित अन्त्य भएको छ । चिकित्सा क्षेत्रको सुधार तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वायत्तताका लागि लामो समयदेखि संघर्षरत डा. केसीको यो सफलतालाई उहाँको व्यक्तिगत जित र सरकारको हारको रुपमा भने लिनुहुँदैन । बिहीबार राति डा. केसीले सरकारसँग गरेको सम्झौता नेपाली जनता र सरकार दुवैको जित हो...
दशैं उपहारमा मेलम्ची ‘असम्भव’
काठमाडौं, १० साउन । ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ (ढलान)को कामलाई एक रुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ । गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल आम्बाथान(सुन्दरीजल सुरुङमार्ग ब्रेक थ्रु भए (छेडिए) पछि उत्साही सरकारले आगामी दशैं उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो । तीन महिनामा...
प्रसाईंलाई खै सजाय ?
काठमाडौं, १० साउन । कसैको गालीबेइज्जती गरे के हुन्छ ? कानुन भन्छ, ‘मुद्दा चल्छ र सजाय हुन्छ ।’ सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यसो गरे उसको पद नै जान्छ । जस्तो कि भर्खरै कानुनमन्त्री शेरबहादुर तामाङ राजीनामा दिन बाध्य भए । उनले एउटा समूहका चेलीहरूलाई औंल्याएर दिएको मन्तव्य रातारात सामाजिक सञ्जालमा भाइरल भयो । भूलबसै सही, कसैको मर्ममा प्रहार हुने...
यौन दुराचारको आरोपमा काठमाडौंबाट दुई फ्रान्सेली पक्राउ
बालयौन दुराचारमा संलग्न भएको आरोपमा दुई फ्रान्सेली नागरिक पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको गौशालाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४२ बर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ बर्षीय मिचेल चुपाउ छन् । काठमाडौंको कागेश्वरी मनोहरा भद्रवासमा डेरा लिई बस्दै आएका उनीहरुले बालयौन दुराचार गरेको प्रहरीले जनाएको आजको नागरिक दैनिकमा समाचार छ । प्रहरीले भद्रवासमा निगरानी बढाएको थाहा पाएपछि विमानस्थल जान लागेका...
पत्रकार सम्मेलनमा भावुक हुदै कानूनमन्त्री तामाङले दिए राजीनामा
काठमाडौं, ८ साउन । कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि राजीनामा दिएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भएका थिए । जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले...
चरम यातनाका कारण यूकेजीमा अध्ययनरत बालकको मृत्यु
काठमाडौं, ८ साउन । झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय सुदीप बस्नेतको मृत्यु भएको छ । यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको आजको राजधानी दैनिकमा समाचार छापिएको छ । दोलखाको झ्याँकु निवासी सो स्कुलका शिक्षक दावा के शेर्पाले गत २९ जेठमा सुदीलाई कक्षा कोठामै गम्भीर...
बिहे गर्ने बहानामा अस्पताल लगेर गर्भपतन !
सप्तरी, ७ साउन । सप्तरीमा एक युवकले आफ्नी प्रेमिकालाई विवाह गर्ने बहानामा गाउँ बाहिर लगेर अवैध गर्भपतन गराएको तथ्य खुलेको छ । सप्तरीको कंचनरुप नगरपालिकाका स्थानीय २० बर्षीय संजय सरदारले एक किशोरीलाई बिहे गर्ने बहानामा अस्पताल लगेर गर्भपतन गराएको तथ्य खुलेको हो । सप्तरीको कंचनरुप नगरपालिकाकी पीडित किशोरी १७ वर्षकी छिन् । गर्भपतनपछि रत्तश्राव नरोकिएपछि उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल...
अब १२० दिनको रोजगार सुनिश्चित: एक परिवार, एक रोजगार नपाए ६० दिनको तलब !
काठमाडौं, ७ साउन । सरकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तिामा १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ । ‘एक परिवार’ एक रोजगार’ नभए परिवारको एक जनालाई न्यूनतम १ सय २० बराबरको पारिश्रमिकको आधा रकम निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी प्रारम्भिक खाका तयार गरिएको आजको...

