काठमाडौं मै दैनिक १५ वटा सम्बन्ध विच्छेदका मुद्धा !

काठमाडौं, ७ साउन । काठमाडौं जिल्ला अदालतमा दैनिक १२ देखि १५ जोडी सम्बन्धविच्छेदको मुद्दा लिएर पुग्ने गरेका छन् । काठमाडौं जिल्ला अदालतबाट मात्रै पाँच वर्षको अवधिमा १२ हजार २३९ जोडीले सम्बन्धविच्छेद गरिसकेका आजको नागरिक दैनिकमा खबर छ । अदालतमा २० देखि २० वर्ष समूहका युवा सम्बन्धविच्छेदका लागि पुग्ने गरेका छन् । जिल्ला अदालतमा परेका सम्बन्धविच्छेदका १५ हजार बढी मुद्दामध्ये १२ हजार...

डा. केसीको अनशन २३औं दिनमा: न वार्ता, न उपचार !

काठमाडौं, ७ साउन । चिकित्सा शिक्षा सुधारका विविध माग राखी २३ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकार झन् उदासीन बनेको छ । जुम्लामा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य गम्भीर बनेको भन्दै सरकारले गत बिहीबार उनलाई जबरजस्ती काठमाडौं ल्याएको थियो । तर, सरकारले उनको माग सम्बोधन वार्ता प्रक्रिया सुरु गरेको छैन भने उनको स्वास्थ्य उपचारमा पनि चासो...

टेलिभिजन शुल्क पनि महँगियो, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !

काठमाडौं, ७ साउन । मुल्य अभिबृद्धि करका कारण ईन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढाएको छ । विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मुल्य महँगो हुने भएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले साउन १ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा रहेका केही अनुसुची हेरफेर गरेर राजपत्रमा सुचना प्रकाशित गरेको...

दोलखा र सगरमाथामा चीनसँग सीमा विवाद

काठमाडौं, ७ साउन । चीनले दोलखामा करिब ९ बिघा नेपाली जमिन आफ्नो भएको दाबी गरेको छ । नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार दोलखा लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्चा चुलीमा सीमा चिह्न चिनियाँले नेपालतिर सारेपछि उत्पन्न विवाद अझै समाधान भएको छैन । नेपालले भने अस्वीकार गर्दे आएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । सो क्षेत्रमा सीमा चिह्न...

अगस्ट ५, मा टोकियोमा ‘फेसन रनवे २०१८’ आयोजना हुने

टोकियो। जापानमा पहिलो पटक नमस्ते सुईङ् क्लब (Namaste Sewing Club) को आयोजनामा फेसन रनवे १०१८ (Fashion Runway 2018) नामक फेसन  शो  हुने भएको छ ।  अगस्ट ५ तारिख,टोकियोको सेतागया क्याम्पसमा दिँउसो २ बजेदेखि सुरु हुने फेसन रनवेमा नेपाली फेसन डिजायनर प्रेम स्याङ्बोको डिजायनमा जापानमा रहेका नेपाली मोडलहरु र्यम्पमा उत्रनेछन् । नेपालबाट जापानमा अध्यायनका लागि आउने धेरै विद्यार्थीहरुको हुलमा सन २०१२ मा...

भारतमा नेपाली गाडीलाई सहज प्रवेश

काठमाडौं, ६ साउन । भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले निर्बाध प्रवेश पाउने भएका छन् । नेपालको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिबहन तथा राजमार्ग मनत्रालयका सहसचिवको नेतृत्वमा नयाँ दिल्लीमा भएको बैठकमा भारतीय पक्ष नेपाली नम्बर प्लेटका गाडीहरुलाई सहज ढंगले भारत प्रवेश र आवगमन गर्न अनुमनि दिन सहमत भएको आजको कान्तिपुुर दैनिकमा खबर छ । सन् २०१४ मा...

प्रहरी अझै थोत्रा त्रिपालमै

धादिङ, ६ साउन । भूकम्पले क्षतिग्रस्त प्रहरी चौकी र आवास पूनर्निमाण नहुँदा जिल्लाका अधिकांश इकाई त्रिपालमै छन् । जिल्ला प्रहरी कार्यालयलगायत ३४ इकाईमध्ये अधिकांश थोत्रा त्रिपालमै सञ्चालन भइरहेका छन् । तीन बर्ष बितिसक्दा पनि प्रहरीले ओत लाग्ने छानो नपाएका आजको कान्तिपुर दैनिकमा समाचार छ । ‘थोत्रा टेन्टमा बस्दा बर्षातको समयमा सर्प, लामखुट्टे र कीरा फट्याङग्रालगायतको टोकाइबाट प्रहरी प्रताडित छन्, केहीमा छालाको रोगको...

एचआईभी संक्रमित तेस्रोलिंगी बढ्दै

काठमाडौं, ६ साउन । तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरु एचआईभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी जोखिममा परेका समूहको जैविक र व्यवहारिक अनुसन्धानमा यस्तो देखिएको आजको कान्तिपुर दैनिकमा समाचार छ । केन्द्रले तराईका २२ जिल्लामा गरेको सर्वेक्षणमा पुरुष समलिंगी र तेस्रोलिंगीमा एचआईभीको व्यापकता दर आठ...

अब पाइपलाइनबाट पुग्छ घरघरमा ग्यास

विराटनगर, ६ साउन । विराटनगरमा घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पु‍¥याउने काम सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पु‍¥याउन थालिएको आजको गोरखापत्र दैनिकमा समचार छ । उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रर्वछन केन्द्रले गौ सदनमा बायो ग्यास उत्पादनको काम थालेको डेढवर्षपछि...

दूषित पानी बेचे कारबाही

काठमाडौं, ५ साउन । पानी वितरणका लागि उपत्यकामा ७० स्रोत पहिचान गरिए पनि ट्यांकरले अन्यत्रबाटै पानी भरेर बिक्री गर्ने गरेको पाइएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानी वितरणका लागि स्रोतको पहिचान गरेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । तर व्यवसायीले पहिचान गरिएको स्रोत छाडेर अन्यत्रबाट पानी बिक्रीवितरण गरिदिँदा जनस्वास्थ्यमा असर पुगेको विश्लेषणसहित बोर्डले ट्यांकरमाथि निगरानी बढाएको हो । स्रोतबाहिरका पानी...