कीर्तिपुरमा बुवाको हत्या आरोपमा दुई छोरा पक्राउ
काठमाडौं । बुवाको हत्या गरेको आरोपमा प्रहरीले दुइभाई छोरालाई पक्राउ गरेको छ । बिहिबार साँझ ६५ वर्षीय न्हुच्छे नारायण महर्जनलाई छोराहरुले प्रेशर कुकर र लोहोरोले हिर्काएर हत्या गरेका थिए । पक्राउ पर्नेमा मृतकका छोराहरु ४५ वर्षका शंकर महर्जन र ४० वर्षीय कृष्ण कृष्ण महर्जन छन् । कुटपिटबाट गम्भिर घाइते भएका न्हुच्छे नारायणको उपचारको क्रममा गएराती वीर अस्पतालमा मृत्यु भएको महानगरीय...
बलात्कार आरोपमा एमाले सांसदविरुद्ध ‘वारेन्ट’ जारी
काठमाडौं । बलात्कारको आरोप लागेका मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी (वारेन्ट)जारी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो । जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । बानियाँले आफूलाई बाँकेको अप्सरा होटल लगी जबरजस्ती करणी गरेको महिलाको जाहेरीमा उल्लेख...
विश्वलाई लोभ्याउने जापानी रेल स्टेशन, जहाँ हरेक यात्रुलाई शिर झुकाएर अभिवादन गरिन्छ (भिडियो सहित)
जापान । जापानको रेल सेवा संसारकै उत्कृष्ट मध्ये एक हो भन्ने कुरा त धेरै पटक सुनिसक्नु भएको छ । अनि पक्कै किन उत्कृष्ट छ भन्ने पनि धेरै हदसम्म थाह पाईसक्नुभएको होला । सबैभन्दा समयनिष्ट, अत्याधुनिक, तीब्र गतीमा गुड्ने, दुर्घटना दक अत्यन्तै कम, सफा अनि सिष्ट कर्मचारी सायद जापानको रेल चढेका र यसबारे चासो राख्नेहरुले यति कुरा चाहीँ लगभग थाह पाएका...
सत्यमोहन जोशी अस्पताल भर्ना
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ । शरीरमा अक्सिजन कमी भएपछि जोशीलाई सोमबार किस्ट मेडिकल कलेजमा भर्ना गरिएको साहित्यकार एवं नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । अस्पतालले एक साता अक्सिजनमा राख्नुपर्ने बताए पछि जोशीलाई एक हप्ता अस्पतालमा राखिन लागिएको प्रसाईंको भनाई रहेको छ । जोशी गत वैशाख ३० गतेदेखि १०२ वर्षका भएका छन् । ...
सांसदमाथि बलात्कारको आरोप
काठमाडौं । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । प्रहरीले...
चन्द्रागिरिमा हिउँ खेल्दा हराएका ५ जनाको मध्यरातमा उद्धार
काठमाडौं । चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँच जना हराएपछि उद्धार गरिएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनालाई गए राति उद्धार गरेको हो। चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका उनीहरू आइतबार हिउँ खेल्न गएका थिए। बेलुकीसम्म पनि घर नफर्केपछि उनीहरूको खोजी गरिएको थियो। ५ जना हराइरहेको भन्ने खबर प्रहरीलाई आइतबार बेलुकी ८ः३० मा खबर भएको थियो। त्यसपछि प्रहरी...
प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन, उनले नेपाली गितहरु पनि गाएकी थिईन्
प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ।यसै वर्षको ज्यानुअरी महिनामा कोभिड-१९ बाट सङ्क्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अवस्थामा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा थिइन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले “देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको” बताएका छन्। आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उनले ३६ भाषामा ३०,००० भन्दा बढी गीत...
जापानबाट फर्केर कालिजपालन व्यवसाय, विदेशमा जस्तो मिहिनेत आफ्नै देशमा गरे के सम्भव नहोला र ?
बागलुङ । कोभिड १९ सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् । ताराखोला गाउँपालिका–२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बस्नुभएका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज पालेर व्यवसाय सुरु गरेका छन्...
भारी हिमपातसँगै मनाङमा सडक, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
मनाङ । हिमाली जिल्ला मनाङका अधिकांश बस्तीमा भारी हिमपात भएको छ । बिहीबार दिउँसोदेखि नै परेको हिमपात शुक्रबार रातिबाट रोकिएको छ ।बाक्लो हिमपातका कारण मनाङमा तल्लो क्षेत्रको दानाक्युदेखि माथिल्लो क्षेत्रमा सवारी आवागमन बन्द छ । धारापानीका स्थानीय थुतेन लामाका अनुसार हिउँ परे पनि दानाक्युसम्म सवारी आवागमन भइरहेको र त्यसभन्दा माथिल्लो क्षेत्रमा यातायात ठप्प छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले...
प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ घाइते
प्युठान । प्युठानमा भएको जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटास्थित करिब १ सय ५० मिटर...

