काठमाडौं डुवान (फोटो फिचर)
काठमाडौं । गएराति देखिको लगातारको वर्षासँगै आएको बाढीले काठमाडौंको खोला किनारका बस्ती नराम्रोसँग प्रभावित भएका छन् ।बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशी खोला लगायतका नदीहरुमा बाढी आएको छ । सो बाढीले तटीय क्षेत्रका बस्तीहरु डुबाएको छ । बल्खुको तरकारी बजार पूरै डुबानमा परेको छ । गोंगबु, मैतीदेवी र रातोपुल क्षेत्रमा पनि डुबान छ । घरमा बाढी पसेपछि स्थानीयको...
काठमाडौंमा ३८२ घर डुबे, १३८ जनाको उद्धार
काठमाडौं । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र,...
मोदीको पुत्ला जलाइएको प्रति गृह मन्त्रालयको आपत्ति
काठमाडौं । गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको र यस्तो उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरिएको छ । नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ...
आज गौरा पर्व मनाइँँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
काठमाडौं । सुदूरपश्चिम र कर्णालीवासीले आज गौरा पर्व मनाउँदैछन् । गौरा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् । भाद्र शुक्ल पञ्चमीको दिनदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा गौरा पर्व मनाइन्छ । यो पर्वमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा–अर्चना गर्दै पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरूडा’ लाई प्रसादका रूपमा ग्रहण गरी...
आज श्रीकृष्ण जन्माष्टमी
काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यस पर्वका अवसरमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ । जन्माष्टमीका दिन ललितपुरको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ ।...
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
विराटनगर । भोजपुर षडानन्द नगरपालिका – ९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । शनिबार १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेका थिए । त्यसलगत्तै आफूले पनि घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले...
ललितपुरको गिम्दीमा शुभाने खोलाले बगाउँदा एक महिलाको ज्यान गयो, एक बालिका बेपत्ता
काठमाण्डौ । ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र ७ गिम्दीको शुभाने खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । एक बालिका बेपत्ता भएकी छिन् । स्थानीय ४० वर्षीया सन्जु सिङ्तानको ज्यान गएको वडा ७ का वडाध्यक्ष नवराज सञ्जेल जानकारी दिए । त्यस्तै आठ वर्षीया बालिका बेपत्ता भएकी र उनको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र क्षेत्रीले जानकारी दिए...
मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार
काठमाडौं । मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई जुम्ला प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–९ का २० वर्षीय विशाल सार्की र सोही ठाउँका २० वर्षीय कमल सार्की रहेको...
अनैतिक सम्बन्धको आशंकामा आफ्नै बुबा र श्रीमतीको हत्या
धनुषा । एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेर एउटै खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको छ । हत्या आरोपमा युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३० वर्षीय भागेश्वर मण्डलले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिकादेवी मण्डलको हत्या गरेका हुन् । भागेश्वरले आफू वैदेशिक रोजगारमा रहेको...
किशोरीको बलात्कारपछि हत्या आरोपित १४ महिनापछि पक्राउ
पोखरा । बलात्कारपछि हत्या आरोपमा स्याङ्जा हरिनास गाउँपालिका–६ चालिसेका ४५ वर्षीय खड्गबहादुर खवास पक्राउ परेका छन् । घटनाको १४ महिनापछि समातिएका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । खवासले मादी–१० मकैखोला बस्ने १७ वर्षीया कोपिला परियारको बलात्कारपछि हत्या स्विकारेको प्रहरीको भनाइ छ । अर्धनग्न अवस्थामा कोपिलाको सडेगलेको शव गत वर्ष असार २५ मा मादी...

