साथीको हत्या आरोपमा नाबालक पक्राउ
रुकुम । रुकुम पूर्व जिल्लामा एक नाबालक आफ्नो साथीको हत्या हत्या आरोपमा पक्राउ परेका छन् । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङका १३ वर्षीय बालक विनय पुनको मृत्यु भएको दुई वर्षपछि हत्या आरोपमा सोही वडाका एक नाबालकलाई प्रहरीले पक्राउ अहिले गरेको छ । २०७६ असार ६ गते बाख्रा चराउन गएका बेला हराएका विनयको शवको एक हप्तापछि फेला परेको थियो...
श्रीमतीको हत्यापछि आत्महत्या
धादिङ । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको...
बलात्कृत ११ वर्षीया बालिकाले बच्चा जन्माइन्
काठमाडौं । बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन)ले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् । झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ । प्रसूतिपछि आमाको अवस्था सामान्य छ । बच्चालाई अक्सिजनको कमिले आईसियूमा...
पूर्वयुवराज पारसले बीच बाटोमै प्रहरीलाई थर्काए
काठमाडौं । हेल्मेट नलगाइ मोटरसाइकल चलाएका पूर्वयुवराज पारस शाहले प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । शुक्रबार साँझ हेल्मेट नलगाइ मोटरसाइकल चलाएपछि प्रहरीले उनलाई महाराजगञ्जस्थित नारायणगोपाल चोकमा समातेको थियो । सो क्रममा उनलाई सम्झाउने प्रयास गरिरहेका प्रहरीसित उनी वादविवादमा उत्रिएको सार्वजनिक भिडियोमा देखिन्छ । एक जना प्रहरीले समातेर कतै लजाने प्रयास गर्दा उनले धक्का दिँदै पटक– पटक जान्न भनेको सुनिन्छ । त्यहाँ...
खिर खाएर साउन १५ मनाइँदै
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको...
उठ्न थाले मेलम्चीले बगाएका बस्ती
सिन्धुपाल्चोका । हेलम्बु गाउँपालिका–१ चिउरीखर्क गरिब मगर र दलित बस्ती हो । विसं २०७२ को भूकम्पले थिलोथिलो भएको उक्त बस्ती बासिन्दाले आफ्नो थातथलोमा बस्न नसक्ने भएपछि सडक छेउ मोहीबापत कमाउँदै आएको जग्गामा भूकम्पको बेला पाएको रकमले घर बनाए । घर बनाएको तीन वर्ष नपुग्दै गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले न घर रह्यो, न आफूले मोहीबापत कमाउँदै आएको...
ठकुरी युवतीले राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास
बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास कोटामा कार्यरत थिए । दुवै जना शिक्षण पेसामा कार्यरत रहेकाले पनि उनीहरूको आर्थिक अवस्था राम्रै थियो । राम्रैसँग जीविकोपार्जन गर्दै आएका थिए । तर, उनीहरूको जीवनमा ६ वर्षअघि एउटा यस्तो घटना...
पूर्वसभामुख महरालाई उच्च अदालतबाट पनि सफाइ
काठमाडौं । पुर्व सभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनबाट पनि सफाई पाएको छ । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई उच्च अदालत पाटनले पनि सदर गरेको छ । न्यायाधीशहरु माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालतको फैसला सदर हुने आदेश गरेको हो...
निर्मला हत्याकाण्डको तीन वर्षः घटना अझै रहस्यमै
काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पुगेको छ । सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ। यो समाचार आजको नागरिक...
टेकुमा खोप लगाएको प्रमाण लिनेको भीड
काठमाडौं । साउदी अरब उड्ने प्रतीक्षामा रहेका श्रीधर बुचा खोप लगाउन पाल्पाबाट बुधबार बिहान काठमाडौं आइपुगे । वैदेशिक रोजगारमा जाने कामदारलाई काठमाडौंमा जोन्सन एन्ड जोन्सनको खोप दिने खबर आएपछि उनी रातारात काठमाडौं आइपुगेका थिए । ‘सिधै एयरपोर्टनजिकै खोप केन्द्रमा लाइनमा बसें । तीन घण्टामा पालो आयो,’ उनले भने, ‘भिसा र राहदानी देखाएपछि खोप लगाएँ । स्वास्थ्य केन्द्रमा खोप लगाएपछि सरकारले खोप कार्ड दिने गरेको...

