२०७८ मा तीन दशैँ
काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ। यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ। आगमी वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ। यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ...
एक महिने स्वस्थानी ब्रत सकियो
काठमाडौं । हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत आज शनिबारदेखि सकिएको छ । ब्रत समापनको अवसरमा एकाबिहानै शालीनदीसहित, भक्तपुरको हनुमानघाटलगायत विभिन्न स्थानमा माधवनारायणका ब्रतालुहरु स्नानका लागि पुगेका थिए । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु भएको थियो । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने...
जापानमा हुनुहुन्छ ? कि आउने बिचारमा ? ओनसेन (温泉) जाँदा जान्नै पर्ने कुराहरु(भिडियो)
टोकियो/जापान तपाई जापानमा हुनुहुन्छ या कुनै समय जापान आउने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने यो जानकारी हेर्न नभुल्नुहोला ।किनकि नजान्नु तपाँईको दोष होईन तर जान्न नचहानु चाहिँ ठूलो गल्ति हो ।हामीले, ओनसेन(温泉) जाँदा ख्याल गर्नुपर्ने केहि सामान्य तर महत्वपूर्ण जानकारी सहित यो भिडियो निर्माण गरेका छौँ । हेर्नुस् भिडियो । जापानमा रहनुभएका र आउने सोचमा हुनुभएका या जापानबारे...
“एकल पुरुष’ भत्ताले सहज
काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–४ स्थित प्युटारका एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले प्रदान गरेको “एकल पुरुष’ भत्ताले दैनिकी चलाउन सहज भएको छ । ६३ वर्षीय एकल पुरुष घलेको अन्य कुनै आम्दानीको स्रोत नहुँदा गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँ भत्ताबाट उनले राहत भएको महसुुस गरेका हुन् । “दैनिक नुन तेल, चियाको गर्जो राम्ररी टरेको छ”, घलेले भन्नुभयो । घलेको १९...
पर्यटकीय बजार चौबिसै घण्टा खोल्न प्रस्ताव
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल घुम्न आउने पर्यटकका लागि चौबिसै घण्टा पर्यटकीय बजार खोल्नुपर्ने प्रस्ताव अघिसारेको छ । सीमित अवधिका लागि मात्र बजार खुला गर्दा त्यसले पर्यटकीय गतिविधि खुम्च्याउने भएकाले चौबिसै घण्टा खुला हुनुपर्ने बोर्डका कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले बताए । राति आठ बजे नै होटलभित्र प्रवेश गर्नुपरेपछि पर्यटकले नेपाल कति घुम्न सक्छन् रु’ उनले भने, अब चौबिसै घण्टा...
भागरथी हत्या प्रकरण आरोपित सार्वजनिक भएपनि परिवार असन्तुष्ट
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव परिवारले बुझ्न नमान्दा र उक्त विषयले टुंगो नपाउदा माघ २३ गतेदखि जिल्ला अस्पतालकै शवगृहमा नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा राखिएको छ । घटनाका दोषीलाई सार्वजनिक नगर्दासम्म शव नबुझ्ने परिवारको अडान अझै कायम छ । हत्यामा संलग्न आरोपित कक्षा ११ मा पढ्ने छात्रलाई प्रहरीले बुधबार सार्वजनिक गरे पनि परिवार भने विश्वस्त हुन...
भागरथीको शव अझै अस्पतालमै
बैतडी । घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान राखेपछि बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै रहेको छ । गत बुधबार विद्यालय गएकी भागरथीको बिहीबार साँझ बीभत्स अवस्थामा शव फेला परेको थियो । शव फेला परेको ६ दिन भइसक्दासम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । दाहसंस्कार गरिए अपराधी उम्किन्छन्...
४० वर्षमुनिका महिलालाई विदेश भ्रमणमा जाँदा परिवारको सहमति र वडाको सिफारिस अनिवार्य
काठमाडौं । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ। मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको, औषधी उपचार...
विद्यालयबाट फर्कँदै गरेकी छात्रालाई चक्कु देखाएर होटलमा लगेर बलात्कारको प्रयास
काठमाडौं । विद्यालयबाट फर्कँदै गरेकी एक १५ वर्षीया छात्रामाथि बाँकेमा बलात्कारको प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले बलात्कारको प्रयास गरेका हुन् । आफूसँग नगए चक्कु देखाएर मार्ने धम्की दिँदै नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगेर बलात्कारको प्रयास गरेकोपीडित परिवारले जनाएको छ। ‘केही बोलिस् भने तँलाई मारिदिन्छु। चुप लागेर मसँग हिड्...
भारतले पानी नछोड्दा किसानलाई हिउँदे बाली लगाउन समस्या
काठमाडौं । गहुँको मौसममा नहरमा पानी नदिँदा किसानलाई हिउँदे बाली लगाउन समस्या भएको छ । सप्तरीको चन्द्र र कोसी पश्चिमी नहरमा पानी नछोड्दा किसानलाई बालीमा लगाउन समस्या भएको हो । खेतमा लगाएको गहुँबाली पानी अभावले डढ्दै गएको छ । यस वर्ष हिउँदे वर्षा नभएकाले गहुँ खेतीमा पानी लगाउन नपाएर किसान पीडित भएका छन् । नेपाल र भारत दुवैतर्फको किसानलाई सिँचाइमा...

