६० वर्षीया वृद्धामाथि बोक्सी भन्दै निर्घात कुटपिट
विराटनगर । एक समूह शुक्रबार राति १० बजेतिर होहल्ला गर्दै घरमा आइपुग्यो। ६० वर्षीया वृद्धालाई आफूबाट छुट्याएर लगेपछि उनका श्रीमान् पछि लागे। ती वृद्धका अनुसार नजिकै गोठमा पुर्याएर थाममा डोरीले बाँध्दै बोक्सी भनेर आक्रमण गर्न थाले। श्रीमतीलाई निर्घात कुटपिट गर्न थालेपछि त्यसो नगर्न आग्रह गरे पनि उल्टै सबै जना धुरिएको उनले सुनाए। उनका अनुसार एक घण्टाजति कुटपिटपछि शरीरका विभिन्न अंगबाट...
उपचार खर्च तिर्न नसकेपछि अस्पतालले दिएन शव
विराटनगर । परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ। धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। त्यसपछि न्युरोमा भर्ना भएका कापरको २० गते उपचारकै क्रममा मृत्यु भएको थियो। तर, उपचार खर्च नतिरेको भन्दै अस्पतालले कापरको शव परिवारलाई नबुझाएको हो। मृतकका हजुरबुवा मधुरी कापरले अस्पतालले नातिको...
श्रीमतीसँग यौनसम्बन्ध राखेको थाहा पाएपछि हत्या
रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका–६, गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्या अभियोगमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट रामवरण यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेकोे छ । आफ्नी श्रीमतीसँग यौनसम्बन्ध राखेको थाहा पाएपछि यादवले लोधको हत्या गरेको प्रहरीको दाबी छ । गत मङ्सिर १७ गते बिहान ७ः३० बजे गैडहवा गाउँपालिका–६ स्थित पर्सा कलौनी सडक खण्डको पूर्वी किनारमा लोधको शव फेला परेको थियो...
आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा भीड
काठमाडौं । आज महाशिवरात्रि पर्व । आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा.रामचन्द्र गौतमले बताए । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले...
मेलम्चीको पानी दुई सातापछि घरघरमा
काठमाडौं । मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म...
मानिसहरुकै विहे कम हुने जापानमा यि २ पहाडहरु भने बिबाहित छन्
जापान । जापानमा त्यस्ता धेरै कुराहरु छन् जो पहिलो पटक सुन्दा जो कोहिलाई पनि अचम्म लाग्दछ ।त्यस्तै कुरा मध्येको एक हो- मिए प्रिफ्क्चरमा रहेको बिबाहित जोडी चट्टान (मेओतो,めおと いわ)जसलाई शिन्तो धर्म अनुसार भगवानद्वारा निर्मित सिर्जनाको एक सेतु मानिन्छ । त्यहाँ अवस्थीत २ चट्टानलाई ईजानागी(पुरुष) र ईजानामी( स्त्री) को रुपमा लिने गरिन्छ । शिन्तो धर्मावलम्विहरु ,त्यो चट्टानहरुको संगमलाई विवाहित जोडिको...
हराए लालसेना, बिलाए सपना !
जुम्ला । जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारचारे रुमाल बाँधेका लस्करै लागेर आउँथे । काँधमा बन्दुक, झोलामा बम र ग्रिनेट बोकेका उनीहरु सुन्दर सपनाको गफ गर्थे । समृद्ध नेपालको सपना बोकेको हुँकार दिन्थे । मरे मृत्यु र बाँचे मुक्तिका कुरा गर्थे । लाग्थ्यो अब नेपाल बन्न समय लाग्दैन । सबैले साथ दिनुपर्छ । नेपालको विकास लालसेना बनाएको नेकपा माओवादीले मात्र...
जापानको स्टाईलिस चश्मे बुद्धको राज थाह छ कि ? यस्तो रहेछ खास कुरा
जापानमा हुनुहन्छ भने विभिन्न सामाजिक संजालहरुमा ठूलो अजंगको बुद्ध मुर्तीमा ट्राफिक लाईटको कालो चश्मा र साकुराको फूलको पोषाक लगाए जस्तो देखिने यो फोटो धेरै पटक देख्नुभएको हुनसक्छ । कहिले कहीँ खुल्दुली पनि लाग्यो होला कि, यो कहाँको फोटो होला ? कतै कसैले फोटोसपमा सम्पादन गरेको त होईन ? निश्चिन्त हुनुहोस् , यो वास्तविक तस्बिर हो । यो आईची प्रिफेक्चरको कोनानमा...
गोङ्गबु हत्याकाण्डकी मास्टरमाइण्ड कल्पनालाई आजीवन कारावास, छोरीलाई सफाइ
काठमाडौं । जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी मास्टरमाइण्ड कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ । हत्याको करिब ७ महिनापछि नै जिल्ला अदालत काठमाडौंले कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो । गत साउन २५ गते गोङ्गबुमा कृष्ण बहादुर बोहराको शरीर र टाउको छुट्टिएको अवस्थामा शव भेटिएको थियो । बोहराको घाँटी रेटी हत्या गरेर सुटकेशमा हाली...
मलेसियामा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षामा आबद्ध गरिने
काठमाडौं । मलेसियामा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षामा आवद्ध गराइने भएको छ । वैदेशिक रोजगार बोर्ड नेपाल तथा मलेसियाको सामाजिक सुरक्षा संस्थाबीच नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम प्रवद्र्धनका लागि सहमति भएको हो । नेपाली राजदूतावास क्वालालम्पुरको सकृयतामा समझदारीपत्रमा हस्ताक्षर भएको हो । सामाजिक सुरक्षामा आवद्ध हुन के गर्ने ? यस संस्थामा आवद्ध हुनका लागि रोजगारदाताले श्रमिकले पाउने मासिक तलबको १।२५...

