काठमाडौंमा देवरद्धारा भाउजूको हत्या
काठमाडौं। काठमाडौंमा शनिबार बेलुकी देवरले भाउजूको हत्या गरेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १० बुलबुलेमार्गका ४८ वर्षीय मोहन राज भण्डारीले आफ्नी भाउजू ४८ वर्षीया रोशनी राज भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ। बाटोमा हिडिँरहेकी रोशनीलाई मोहनले लखेटेर रडले हिर्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो । ‘देवरले भाउजूलाई फलामको रडले टाउकोमा हिर्काएको...
कोरोना डरले अभिभावकले बालबालिकालाई स्कूल पठाउन छाडे, कतिले आफैं विद्यालय बन्द गरे
काठमाडौं । आफ्ना विद्यार्थीलाई कोरोना संक्रमणबाट जोगाउन काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलले मंगलबारदेखि नियमित कक्षा बन्द गरेको छ । स्कुलले सूचना जारी गर्दै भनेको छ, ‘कोरानो महामारीमा सरकारलाई हामी सघाउन चाहन्छौं । अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द भएको जानकारी गराइन्छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना विद्यालय बन्द गर्न सिफारिस गरे पनि सीसीएमसी र मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेपछि विद्यालय...
८ महिनाको गर्भ फालेपछि…..
दोलखा । मेलुङ गाउँपालिका–७ की ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन्। तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘जबर्जस्ती’ शारीरिक सम्बन्ध राखेका कारण गर्भ रहन गयो। तर, त्यो गर्भ यही चैत ५ गते आठ महिनामा फालियो, त्यो पनि छोराकै उपस्थितिमा। गर्भपतनका कारण ती महिलाको ज्यान जोखिममा परेपछि पीडित पक्ष प्रहरीमा पुगेको थियो। तर, प्रहरीले उजुरी...
‘भाइले अपराध गर्यो’ भन्दै १०० मा दिदीको फोन
काठमाडौं । एकै गाउँका तीन युवक एकै ट्र्याक्टरमा काम गर्थे। चैत ५ गते दिनभर खोलाकिनारमा ढुंगा, बालुवाको काम गरे। साँझ ट्र्याक्टरमा चालकलाई बीच पारी दायाँ–बायाँ दुई सहचालक बसे। उनीहरू ढुंगा, बालुवा भरिएको ट्र्याक्टर लिएर गल्याङ नगरपालिका–८ बग्रान्तीतर्फ लागे। ट्र्याक्टर गुडिरहेकै बेला एक सहचालक १९ वर्षे गणेश गाहा भुइँमा खसेर घाइते भए। त्यसपछि चालकले ट्र्याक्टर फर्काए। घाइते अवस्थामा रहेका गाहालाई ट्र्याक्टरमै...
वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो
काठमाडौं । महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्। यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले परिवारकै सदस्यबाट...
भागरथी हत्या प्रकरणः अभियुक्तसँग डीएनए मिल्यो
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्ट र घटनापछि पक्राउ परेका किशोरको डीएनए मिलेको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट बिहीबार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । ‘प्रहरी अनुसन्धानमा सबैभन्दा ठूलो प्रमाण जुटेको छ,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरेर फाइल अगाडि बढाइसकेको...
अवैध सम्बन्धबाट जन्मिएको शिशु दराजमा लुकाउने महिला पक्राउ
पोखरा । अवैध सम्बन्धबाट जन्मिएको शिशु कपडामा पोको पारेर घरको कोठाको दराजमा लुकाएको आरोपमा सिन्धुपाल्चोक घर भइ पोखराको अधिकारी टोलमा बस्दै आएकी २३ वर्षीया अस्मिता घलेलाई प्रहरीले पक्राउ गरेको हो । कोठामा बच्चा जन्माएसँगै स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज पुगेपछि जाँचका क्रममा उनले अवैध बच्चा जन्माएको शंका लागेपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो । अभियुक्त घलेले...
धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक पक्राउ
काठमाडौं । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको हो । घटना विवरण २०७७ साल फागुन १७ गते दिउँसो अन्दाजी साढे २...
प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरेकी साङ्मु अभावका कारण विद्यालय जानै छोडिन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाएका मुगुकी ठिल्ले साङमु लामाले अहिले अभाव र तनावका कारण विद्यालय जानै छोडेकी छिन् । ३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही लत्ताकपडा पठाए। तर खर्चको अभावमा र विद्यालय जाँदा एवं गाउँघर पुग्दा सबैले ‘प्रधानमन्त्रीकी छोरी’ भनेर गिल्ला गरिदिँदा तनावमा परेर ठिल्ले...
आठ वर्षीया नातिनी बलात्कार गर्ने वृद्धलाई आजीवन कारावास
उदयपुर । आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६ वर्षीय वृद्धलाई आजीवन कारावाससहित थप चार वर्षको कैद सजायको फैसला सुनाएको छ । त्यसैगरी, जरिवानाबापत ४० हजार रुपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत कोषमा चार हजार चार सय रुपैयाँ भराउन पनि...

