आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ
भक्तपुर । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया किशोरीलाई दुर्व्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो । पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । घरमा...
निषेधाज्ञामा युवती लिएर स्वयम्भू ‘डेटिङ’ मा जाने उपसचिव श्रेष्ठमाथि कारवाही सुरु
काठमाडौं । निषेधाज्ञामा अनुमति पत्रबिना डुल्न पाइँदैन । तर, केही दिनअघि स्वयम्भूमा अचम्मकै दृश्य देखियो । प्रदेश ३(०१(००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक सरकारी कर्मचारी युवक स्वयम्भूमा एक युवतीसहित पुगेको दृश्य भाइरल बन्यो । त्यसपछि उक्त गाडीसहित सवारी हुने जोडीको पहिचान अघि बढाइयो । र, पहिचानका क्रममा युवती लिएर पुग्ने सरकारी कर्मचारी फेला परे( सहरी विकास मन्त्रालयका आयोजना...
झड्केलो बुवाद्वारा ‘छोरी’ बलात्कृत
ललितपुर । ललितपुरको एकान्तकुनामा झड्केलो बुवाले छोरीलाई बलात्कार गरेका छन् । १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई बलात्कार गरेको उजुरी आएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् । बलात्कारको आरोप लागेका पुरुष परिवारसँग एकान्तकुनामा बस्दै आएका थिए । पत्नी, छोरा र झड्केलो छोरीसँग बस्दै...
४ सय ३० जना कैदीले माफी मिनाहा पाए (सुचीसहित)
काठमाडौं । सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् । मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । https://drive.google.com/file/d/1d68bJzDG7-al74QJ3-dmODU1wMmrFrgV/view ...
आपत्तिजनक अवस्थामा भेटिएका दुई प्रहरी निलम्बित
गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग अनैतिक सम्बन्ध राखेको आरोप लागेका दुई प्रहरी निलम्बित भएका छन् । स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरुले प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले निलम्बन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी...
कामी रीताको कीर्तिमानी २५औं पटक सगरमाथाको सफल आरोहण
काठमाडौं । सर्वाधिक धेरैपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका नेपालका कामी रीता शेर्पाले आफ्नो आरोहण संख्या बढाएका छन् । उनले शुक्रबार २५औँ पटक सगरमाथा आरोहण गरेका हुन् । ‘रोप फिक्सिङ टिम’को नेताका रुपमा अन्य ११ जना शेपासँगै उनले सगरमाथाको चुचुरोमा शुक्रबार पाइला राखेका हुन् । शुक्रबार कामी रीतासँगै सफल आराहेण गर्ने अन्य व्यक्तिहरुमा तेन्जिङ शेर्पा, मिङ्मा तेन्जी शेर्पा, मिङ्मा दोर्ची...
कोरोना बोकेर गाउँतिर….
काठमाडौं । कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्। प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्। तर उनीहरूलाई परीक्षणबिना नै गाउँ जान दिइएको छ। भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर संक्रमण पत्ता लगाउने भनिए पनि किट अभावमा अधिकांशको जाँच हुने गरेको छैन। आइतबार भारतबाट भित्रिएका १ हजार...
तनहुँमा बिहे भोज खाँदा ३५ जना बिरामी
तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहे भोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसै कसैलाई ज्वरो आउने लगायतका लक्षण देखिएको बताइएको छ । शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको...
खोप लगाइदिने बहानामा युवतीको सामूहिक बलात्कार
एजेन्सी । भारतको पटनामा कोरोनाको खोप लगाइदिने झुठो आश्वासन दिएर दुई व्यक्तिले एक युवतीको सामूहिक बलात्कार गरेका छन् । एक प्रहरी अधिकारीका अनुसार रकी र मन्टु नामक गरेका व्यक्तिले यस्तो अपराध गरेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार मंगलबार साँझ एक स्वास्थ केन्द्रमा यी दुई व्यक्तिले युवतीलाई कोरोना खोप लगाइदिने आश्वासन दिएका थिए । त्यसपछि उनीहरुले...
सङ्क्रमणको दोस्रो लहरः शहर रित्तियो, गाउँमा बढ्यो जोखिम
काठमाडौं । काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषेधाज्ञा लागिसक्छ, आजै रातिसम्म काठमाडौँ छोडिसक्नुपर्छ, नत्र पहिलेजस्तै विनाकाम महिनौँ यहीँ थन्किनुपर्छ ।” धेरैले बसको...

