मनाङमा बाढी – बेलिब्रिज र विद्युत्गृह बगायो, तालगाउँ डुबानमा
लमजुङ । लगातारको वर्षापछि मनाङको तिमाङखोलामा आएको बाढीले विद्युतगृह, बेलिब्रिज र काठेपुल बगाउदा लगाउँको आधा बस्ती पनि डुबानमा परेको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्याएको छ । नासों...
मुखबाट छिरेको ब्रस पेटबाट निकालियो
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक व्यक्तिको शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको छ । दाँत माझ्ने क्रममा जिब्रोको भित्रीभाग सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेका मोरङको मिक्लाजुङ गाउँपालिका–४ का ३५ बर्षीय गंगा मगरको शल्यक्रिया गरी पेटबाट नोबेलका चिकित्सकले ब्रस निकालेका हुन् । गत बुधबार दाँत माझ्ने क्रममा मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो सफा गर्दै गर्दा ब्रस पेटभित्र...
श्रीमतीकै योजनमा श्रीमानको हत्या, अनैतिक सम्बन्ध मुख्य कारण !
बुटवल । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेयको हत्या उनकै श्रीमतीको योजनामा भएको नेपाल प्रहरीले दावी गरेको छ । प्रहरीले सोमबार पाण्डेय हत्याका मुख्य योजनाकार र संगठित आपराधिक गिरोह सार्वजनिक गर्दै पाण्डेयको हत्या हुनुमा आफ्नै श्रीमती महिमा पाण्डेय प्रमुख दोषि ठहरिएकी छिन् । जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीले पत्रकार सम्मेलनमा पाण्डेयको श्रीमती महिमा पाण्डेयले घटनाका मुख्य योजनाकार प्रकाश भन्ने...
काठमाडौँ उपत्यकावासीले दुई महिना मेलम्चीको पानी नपाउने
काठमाडौं । काठमाडौं उपत्यकावासीले असार र साउन महिना मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको हो । सुरुङमा तीन महिना पानी बगिसकेपछि पुनः परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गरिने भएको हो । सुरुङमा पानी सुकाएपछि विज्ञहरूले सुरुङको निरीक्षण र परीक्षण गर्नेछन् । विज्ञहरूको...
टिपरको ठक्करबाट कार चालकको मृत्यु
काठमाडौं । धादिङको गजुरीमा बिहीबार काठमाडौंतर्फ आउँदै गरेको बा४च २७९ नम्बरको मारुती अटो कारलाई काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा३ख ७३९३ नम्बरको टिपरले ठक्कर दियो । ठक्कर पछि ३३ वर्षीय चालक प्रकाश अधिकारीको घटनास्थलमै ज्यान गयो । आफन्तका अनुसार टिपरले गलत लेन दायाँतर्फ ओभरटेक गरेर कारलाई ठक्कर दिएको थियो । तर घटनापछि मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कारकै गल्ती...
यौन दुर्व्यवहारमा परेकी राउटे किशोरी र समुदायसँग मुख्यमन्त्री शाहीको भेट
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यौन दुर्व्यवहारमा परेकी किशोरी र राउटे समुदायसँग भेटघाट गरेका छन् । मुख्यमन्त्रीको कार्यालय सुर्खेतमा शुक्रबार भेटघाट भएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ । भेटमा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतको सामाग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाएका...
बाँदरमुढे बम विस्फोटः बसको छतमा यात्रुसँग भाडा उठाउँदै गर्दा……
चितवन । माडीका रामु क्षेत्री १७ वर्षका मात्रै थिए। घरसँग साटेर ना.१ ख ३२४५ नम्बरको बस चलाउँथे। आफ्नो बसमा उनी पैसा उठाउने काम गर्थे। २०६२ जेठ २३ गते बगईबाट हिँडेको बस तीन घण्टापछि बिहान पौने ८ बजे बाँदरमुढे खोलामा आइपुग्यो। त्यहाँ आइपुग्दा १ सय २० जना यात्रु थिए। भित्र खुट्टा टेक्ने ठाउँ नभएपछि यात्रु छतमा पनि थिए। बसधनी क्षेत्री अरू...
अब निषेधाज्ञाको मोडालिटी ‘लुजडाउन’
काठमाडौं । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो । गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्म देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा छ । खोटाङ र मनाङमा भने निषेधाज्ञा छैन ।...
राउटे युवतीमाथि दुर्व्यवहार प्रकरणः थप खतरा हुने भन्दै राउटे बस्ती नै सिल
सुर्खेत । राउटे युवतीमाथि दुर्व्यवहार प्रकरणपछि राउटे बस्तीमा असुरक्षा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैर राउटे कुनै पनि व्यक्तिलाई प्रवेश गर्नमा प्रतिबन्ध लगाएको छ । राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनापछि बस्ती शील गरिएको हो । बस्तीमा थप घटना हुन नदिन बस्ती सिल नै गर्नु परेको प्रहरीले जनाएको छ । केही दिनअघि राउटे युवतीलाई मदिरा सेवन गराएर होटलमा लगी...
राउटे युवतीलाई दुर्व्यवहार गर्ने पक्राउ
सुर्खेत । राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ। ती युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल सञ्चालक बिनोद पुन रहेको...

