सन्तोषी सुब्बा हत्या प्रकरण – पक्राउ परे आरोपी
काठमाडौं । नेपाल प्रहरीले दक्षिणकालीमा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका २९ वर्षीय सुरेश तिमिल्सिनाले प्रहारीसमक्ष सन्तोषीको हत्या गरेको स्वीकार गरेका हुन् । सन्तोषीको असार ६ गते आइतबार साँझ हत्या भएको थियो । यौनसम्बन्ध राख्न नदिएपछि सन्तोषीको हत्या गरेको आरोपीले बयान दिएका छन् । यसरी भयो सन्तोषीको हत्या सन्तोषी असार ५ गते...
दलितलाई कोठा नदिने घरबेटीलाई छुवाछुत विरुद्धको मुद्दामा म्याद थप
काठमाडौं । दलितलाई कोठा दिन अस्वीकार गर्ने घरधनीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेर मुद्दा चलाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । पक्राउ परेकी घरबेटी सरस्वती प्रधानले ३ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ । प्रहरीले सञ्चारकर्मी रुपा सुनारको उजुरीका आधारमा दलित भनेर कोठा भाडामा नदिएको...
उपत्यकामा निषेधाज्ञा खुकुलो, निजी सवारीमा जोर विजोर, बारअनुसार पसल खुल्ने
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याइएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । तर यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको...
निषेधाज्ञाको डेढ महिनामा बलात्कारका ७३ घटना, ३६ प्रतिशतमा छिमेकीकै संलग्नता
काठमाडौं । महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले गत वैशाख १६ देखि जारी निषेधाज्ञापछि जेठ मसान्तसम्मको अवधिसम्म ७३ वटा बलात्कारका घटना बाहिर आएको तथ्याङ्क निकालेको छ । ओरेकका अनुसार यो अवधिमा ३७१ महिला तथा बालबालिकामाथि विभिन्न प्रकारका हिंसा भएका छन् । तीमध्ये बलात्कारका ७३ घटना रहेको ओरेकले जनाएको छ । बलात्कारका ७३ घटनामा पनि तीनवटा सामूहिक बलात्कार र एक वैवाहिक बलात्कारको...
बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु, १७ घाइते
काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ...
मनाङमा अलपत्र परेका १७४ जनाको उद्धार
लमजुङ । बाढीका कारण हिमाली जिल्ला मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको उद्दार गरिएको छ । शुक्रबार १३९ जना र बिहीबाटर ३५ जनाको उद्दार गरिएको मनाङ प्रशासनले जनाएको छ । विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङको पहलमा मनाङको सबैभन्दा विकट नार्पाभूमि गाउँपालिकाको फू गाउँको लेकबाट ५६ जनाको उद्दार गरिएको छ । यार्सागुम्बा संकलनका लागि गएका उनीहरु फू गाउँदेखि दुई...
श्रीमती र छोराको हत्या आरोपमा युवक पक्राउ
काभ्रे । काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ । बनेपा नपा–११ बानियाँ टोलमा डेरागरी बस्दै आएका घिमिरेलाई प्रहरीले गएराति पक्राउ गरेको हो । उनी बनेपाकै तीन दोबाटोमा फेन्सी पसल व्यवसाय गर्दै आएका थिए । प्रहरीले उनका...
अनेरास्ववियुको ब्यानर राखी बाढी पीडितलाई राहत दिन खोज्दा मेलम्चीमा झडप
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा बाढी प्रभावितका लागि राहत वितरणका क्रममा विवाद भएको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर राहत वितरण थालेपछि झडप भएको हो । पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि झडप भएको लोप्सन लामाले बताएका छन् । स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् ।मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका...
छोरीलाई करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ
कैलाली । कैलालीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । गत जेठ २७ गते आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शंकास्पद...
सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी, कम्तीमा चार जना बेपत्ता
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । यद्यपि स्थानीयले भने मंगलबार साँझ मेलम्ची (इन्द्रावती)मा आएको बाढीले प्रहरीले बताएको संख्याभन्दा धेरै हताहती भएको बताउने गरेका छन्...

