२८ वर्षीया सोमिका तामाङले एकैपटक जन्माइन् पाँच शिशु

काठमाडौं । तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माएकी हुन् । उनले आज अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माएकी स्पतालका निर्देशक डाक्टर सङ्गीता कौशल मिश्रले जानकारी दिइन् । तीमध्ये एक मृत...

विदेशीहरुलाई जापान प्रवेश खुल्ला गरेसंगै विमानस्थलहरुमा एन्टिजेन परिक्षण बढाईँदै

टोकियो । जापानका विमानस्थलहरुमा एन्टिजेन परिक्षण क्षमता बढाएर दैनिक २० हजार पुर्याईने भएको छ । जापानी स्वास्थ्य मन्त्री तामुरा नोरिशाले शनिबार विमानस्थलहरुको स्थलगत निरीक्षणको क्रममा, विमानस्थलहरुमा दैनिक एन्टिजेन परीक्षण क्षमता बढाउने प्रतिवद्दता व्यक्त गरेका हुन् । विदेशीहरु माथिको प्रतिबन्ध हटाईएसंगै बढ्दो यात्रुहरुको संख्यालाई हेर्दै, विमानस्थलमा दैनिक रुपमा हुने एन्टिजेन परीक्षण २० हजारमा पुर्याइने स्वास्थ्य मन्त्रि तामुराले बताएका हुन् । जापानले गत...

जहाँ छौं, त्यही दशैं मनाऔंः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ । साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । आज नेपालमा २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ...

अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

काठमाडौं । गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ । ४२ प्रतिशत महिलाले सरकारले गर्भपतन गराउन मान्यता दिएको स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ । परिवार कल्याण महाशाखाका अनुसार हालसम्म १३ लाख महिलाले मात्रै सुरक्षित गर्भपतन सेवा लिएका छन्...

डरलाग्दो बलात्कार शृंखला !

काठमाडौं । साथीसँग खेलिरहेकी पाँच वर्षीया बालिकालाई छिमेकी एक किशोरले बोलाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन्। तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले आफूलाई बलात्कार गर्लान् भन्ने। तिनै छिमेकी दाइ उनका लागि राक्षस बने। आमा खेतमा गएका बेला अबोध बालिका आफ्नै घरमा बलात्कृत भइन्। यो घटना साउन ४ गते दिउँसो सिरहा...

‘बलि दिन’ किशोरी तस्करी

काठमाडौं । घटना–१ सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार ग¥यो। किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन सफल भएको हो। उनलाई प्रलोभनमा पारी फकाएर भारत लैजाँदै गरेका एक युवतीसहित तीनजनालाई प्रहरी पक्राउ गरेको छ। घटना–२ बलि दिनकै लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा असोज ५ गते सुनसरीको रामधुनी–५ की...

दशैँको टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे...

बुहारी हत्या अभियोगमा सासु पक्राउ

लमजुङ । लमजुङमा बुहारी हत्या अभियोगमा सासु पक्राउ परेकी छिन् । लमजुङको मध्यनेपाल नगरपालिका– ५ पराजुलीबेसीमा १० दिन अघि मृत अवस्थामा फेला परेकी २३ बर्षीया एलिना मगरको हत्या आरोपमा प्रहरीले उनैकी सासु मनश्री मगरलाई पक्राउ गरेको हो । घटना विवरण अनुसार बिहान करिब साढे आठ बजेको समयमा एलिना सलको पासो लगाएर झुण्डिएको अवस्थामा घरको मथिल्लो तलामा भेटिएकी थिइन् । एलिना...

दाजुभाइ मिलेर तीन वर्षसम्म छिमेकी किशोरीमाथि यौनशोषण

काठमाडौं । धनुषा, सरसा–४ मा यादव थरकी किशोरी गाउँकै दुईजना युवा (दाजुभाइ) बाट लगातार तीन वर्षदेखि बलात्कृत हुँदै आइरहेकी थिइन् । गाउँका अगुवाहरुले घटना गुपचुप राख्न पीडित पक्षलाई दबाब दिएपछि पीडित युवती अहिले मानसिक रोगी भएकी छिन् र उसको उपचार भइरहेको छ । सप्तरी डाक्नेश्वरीकी अर्की १७ वर्षीय किशोरी गाउँकै युवाबाट बलात्कृत भइन् । गाउँमै सो घटनालाई मिलाउन दबाब पर्यो...

सिंगो गाउँ नै पहिरोको जोखिममा, २६ घर भत्कियो

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ को कोठिया मैदान भासिएपछि गाउँले त्रासमा छन्। कोठिया मैदानमा जमिन धुजाधुजा भएर भासिएपछि ४० घरपरिवार रहेको सिंगो गाउँनै पहिरोको जोखिममा परेको शितगंगा नगरपालिका–१२ का वडा अध्यक्ष बाबुराम गैरे बताए। उनका अनुसार अहिलेसम्म २६ घर भत्किएका छन्। अन्य १४ घर पहिरोको उच्च जोखिममा छन्। पहिरोले मानवीय क्षती नगरे पनि घर बगाएको छ। घरमा पालेका भैँसी, गाई,...