जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन

टोकियो/जापान। जापानमा चामलको औसत मूल्य करिब दुई वर्षपछि पाँच किलोको ३ हजार येनभन्दा तल झरेको छ। कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार सेप्टेम्बर ७ देखि १३ सम्म देशभरका सुपरमार्केटमा बिक्री भएको चामलको औसत मूल्य करसहित प्रतिपाँच किलो २ हजार ९७१ येन कायम भएको छ। देशभरका करिब एक हजार सुपरमार्केटमा गरिएको सर्वेक्षणअनुसार यो मूल्य अघिल्लो साताभन्दा ३२ येन कम हो। लगातार...

जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ

टोकियो । जापानमा विकसित २५ नम्बरको ताइफुन टोकियोसहित कान्तो क्षेत्रमा सोझै असर पार्ने मार्गतर्फ अघि बढ्न सक्ने सम्भावना देखिएको छ। लगातारको बिदा ‘सिल्भर विक’ नजिकिँदै गर्दा ताइफुनको सम्भावित मार्गले घुमघाम तथा यात्राको योजनामा चासो बढाएको छ। सेप्टेम्बर १६ मा प्रसारित जापानी समाचार कार्यक्रम ‘होदो स्टेसन’ले ताइफुन कान्तो क्षेत्रमा सीधा प्रभाव पार्ने मार्गमा जान सक्ने सम्भावनासहितको पूर्वानुमान प्रस्तुत गरेको छ। यद्यपि,...

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे

टोकियो,जापान। अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने र उपसंयोजकमा श्यामहरि पाण्डे चयन भएका छन्। नेपाली कम्युनिष्ट पार्टीको एसिया प्रदेश संगठन समितिको सेप्टेम्बर ६, २०२६ मा सम्पन्न बैठकले जापानसहित एसियाका विभिन्न देशमा रहेका प्रवासी संगठनहरूको नेतृत्व र आगामी कार्ययोजनाबारे निर्णय गरेको हो। लामिछाने साविकको प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष हुन् भने पाण्डे साविकको नेपाली जनप्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष हुन्। पार्टी...

जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?

फुकुओका, जापान। फुकुओकाको नाकागावा नदीमा गत अगस्ट १९ मा मृत फेला परेकी २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजबंशीको हत्या गरेको आशंकामा जापानी प्रहरीले तीन नेपालीलाई पक्राउ गरेको छ। सेप्टेम्बर ८ मा पक्राउ परेकामा दुई महिला र एक पुरुष छन्। प्रहरीले उनीहरूको बयान तथा आरोप स्वीकार वा अस्वीकार गरेको विषय सार्वजनिक गरेको छैन। टेलिभिजन निसिनिहोन अर्थात् टीएनसीका अनुसार पक्राउ पर्नेमा फुकुओकाको...

जापानमा न्यूनतम पारिश्रमिक थप बढ्ने, साना तथा मझौला व्यवसायलाई सरकारी सहयोग

टोकियो /जापान। जापान सरकारले न्यूनतम पारिश्रमिक वृद्धिबाट प्रभावित हुने साना तथा मझौला व्यवसायलाई आवश्यक सहयोग उपलब्ध गराउने भएको छ। सन् २०२६ का लागि जापानको औसत न्यूनतम पारिश्रमिक प्रतिघण्टा ५५ येनले बढाएर १ हजार १७६ येन पुर्‍याउने मापदण्ड तय गरिएको छ। नयाँ दर अघिल्लो वर्षको तुलनामा ४ दशमलव ९ प्रतिशत बढी हो। क्षेत्रअनुसार प्रतिघण्टा ५४ देखि ५६ येनसम्म वृद्धि गर्ने प्रस्ताव छ।...

विदेशबाट नयाँ कामदार ल्याउन रोकिएपछि जापानका रेस्टुरेन्टमा जनशक्ति तानातान, ग्रामीण क्षेत्र थप दबाबमा

टोकियो/जापान। जापान सरकारले खाद्य सेवा अर्थात् रेस्टुरेन्ट क्षेत्रमा ‘तोकुतेइ गिनोउ१’ (विशिष्ट सीपयुक्त कामदार–१) अन्तर्गत विदेशबाट नयाँ कामदार ल्याउने प्रक्रिया गत अप्रिलदेखि रोक लगाएपछि जनशक्ति अभाव झेलिरहेको रेस्टुरेन्ट उद्योगमा थप दबाब परेको छ। विशेषगरी टोकियोजस्ता ठूला सहर र ग्रामीण क्षेत्रबीच विदेशी कामदार भर्ना गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। सरकारको पछिल्लो रोक मुख्यतः विदेशबाट नयाँ कामदार जापान ल्याउने प्रक्रियामा लागू भएको...

बाढी–पहिरो प्रभावितका लागि धादिङ समाज जापानको ४८ घण्टे आर्थिक अभियान, संस्थाबाट ५ लाख येन सहयोग

टोकियो, जापान। नेपालका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले धादिङ समाज जापानले ४८ घण्टे आर्थिक सहयोग अभियान सञ्चालन गर्ने भएको छ। अभियानको सुरुवात गर्दै समाजले संस्थाको तर्फबाट ५ लाख येन सहयोग गर्ने घोषणा गरेको छ। धादिङ समाज जापानका महासचिव सुशान्त बानियाँका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रका पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले...

एनआरएनए यूरोप सम्मेलन डब्लिनमा हुँदै, रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथि

टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलन आगामी अगस्ट १० र ११ तारिख आयरल्याण्डको राजधानी डब्लिनमा आयोजना हुने भएको छ। सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्। सम्मेलनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले पराजुलीको प्रमुख आतिथ्य रहने जानकारी दिएका हुन्। उनले वर्तमान राजनीतिक...

जापानमा स्थायी बसोबासका लागि आय, पेन्सन र जापानी भाषा मापदण्ड कडा बनाइने प्रस्ताव

टोकियो। जापान सरकारले विदेशी नागरिकलाई स्थायी बसोबास अनुमति प्रदान गर्ने मापदण्ड थप कडा बनाउने प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्तावअनुसार अब स्थायी बसोबासका लागि आवेदन दिने व्यक्तिको वार्षिक घरपरिवारको आम्दानी जापानी घरपरिवारको औसत आम्दानीभन्दा माथि हुनुपर्ने, निश्चित स्तरको पेन्सन सुनिश्चित भएको हुनुपर्ने तथा जापानी भाषा ज्ञानको न्यूनतम स्तर पूरा गर्नुपर्ने व्यवस्था गरिने भएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले अघि सारेको...

जापान भ्रमणमा आउने विदेशी पर्यटकले जापानीभन्दा धेरै भात खाने, नयाँ तथ्यांक सार्वजनिक

टोकियो। जापान भ्रमणमा आउने विदेशी पर्यटकले यसअघि अनुमान गरिएभन्दा निकै बढी चामल(भात)खाने गरेको नयाँ सरकारी तथ्यांकले देखाएको छ। जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले जुलाई २७ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०२५ को अध्ययनअनुसार, विदेशी पर्यटकले जापान बसाइका क्रममा प्रतिदिन औसत ५७० ग्राम पकाएको भात खाने गरेका छन्। यो करिब ४ वटा सामान्य आकारका भातका कचौरा बराबर हो। यसअघि मन्त्रालयले विदेशी...