जापानको इबाराकी प्रान्तमा अवैध विदेशी कामदार सम्बन्धी “सूचना दिनेहरुलाई पुरस्कार” योजना छिट्टै लागु हुने

टोकियो,जापान। जापानको इबाराकी प्रान्तका गभर्नर काजुहिको ओइगावा ले विदेशी कामदारलाई अवैध रूपमा काममा राख्ने रोजगारदाताको जानकारी दिने व्यक्तिलाई पुरस्कार दिने योजना छिट्टै लागू गर्ने संकेत दिएका छन्। उनले यो योजना “विदेशीविरुद्धको घृणा होइन” भन्दै स्पष्ट पारेका छन्। यो योजनाअन्तर्गत, यदि कसैले अवैध रोजगारीबारे जानकारी दिएर त्यसको पुष्टि भएमा, सूचना दिने व्यक्तिलाई आर्थिक पुरस्कार प्रदान गरिनेछ। गभर्नर ओइगावाले “अवैध काम गराउनु...

राष्ट्रपति रामचन्द्र पौडेल र जापानी सम्राटबिच शिष्टाचार भेटवार्ता सम्पन्न

टोकियो,जापान। जापानका सम्राट नारुहितो र महारानी मासाकोले आज फेब्रुअरी ३ तारिख नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेललाई टोकियोस्थित उम्पेरियल प्यालेस(राजदरबार)मा स्वागत गर्दै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। जापान–नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा जापान सरकारको औपचारिक निमन्त्रणामा राष्ट्रपति पौडेल दम्पती जापान भ्रमणमा रहनुभएको छ। भेटवार्ताका क्रममा दुवै देशबीचको ऐतिहासिक मित्रता, आपसी समझदारी तथा सहकार्यका विषयमा विचार–विमर्श...

सानाए ताकाइचीको दलको ऐतिहासिक जितको संकेत, जापानको तल्लो सदन निर्वाचनमा एलडिपीले भारी मत ल्याउने सम्भावना

टोकियो,जापान। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीको दलले आगामी तल्लो सदनको निर्वाचनमा ऐतिहासिक जित हासिल गर्ने संकेत देखिएको छ। जापानी दैनिक असाही शिम्बुनले गरेको सर्वेक्षणअनुसार ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले कुल ४६५ सिटमध्ये २३३ सिटको बहुमत सहजै पार गर्ने सम्भावना छ। हाल १९८ सिट रहेको एलडीपीको संख्या उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। गठबन्धन साझेदार जापान इनोभेसन पार्टीसँग मिलेर सत्तारूढ...

जापानमा फेब्रुअरी ८ को प्रतिनिधिसभा निर्वाचनका लागि जापानमा चुनावी प्रचार सुरु, प्रधानमन्त्री ताकाइचीले जनमत खोज्दै

जापानमा फेब्रुअरी ८ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मङ्गलबारदेखि आधिकारिक चुनावी प्रचार सुरु भएको छ। प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो नेतृत्वमा अघि बढाइरहेका आर्थिक तथा सुरक्षा नीतिहरूलाई निरन्तरता दिन नयाँ जनादेश खोज्दै चुनावी मैदानमा उत्रिएकी हुन्। प्रधानमन्त्री ताकाइचीले सन् २०२५ को अक्टोबर २१ मा पद सम्हालेपछि यो पहिलो राष्ट्रिय निर्वाचन हो। यस निर्वाचनमा प्रतिनिधिसभाका कुल ४ सय ६५ सिटका लागि करिब...

जापानको पासपोर्ट विश्वकै दोस्रो शक्तिशाली, पहिलो नम्बरमा सिंगापुर,अनि नेपाल ?

टोकियो,जापान।सन २०२६ को हेनली पासपोर्ट इन्डेक्स सार्वजनिक भएसँगै विश्वका विभिन्न देशका पासपोर्टको शक्ति पुनः तुलना गरिएको छ। भिसा-रहित वा आगमनमा(अनअराईभल)भिसा लिएर यात्रा गर्न सकिने देश तथा क्षेत्रको सङ्ख्यालाई आधार मानेर तयार गरिएको यस सूचिमा सिंगापुरको पासपोर्ट पहिलो र जापानको पासपोर्ट विश्वकै दोस्रो शक्तिशाली सूचिमा परेको छ, जबकि नेपालको पासपोर्ट भने विश्व सूचीको धेरै तल रहेको देखिएको छ। हेनली पासपोर्ट इन्डेक्स...

१३ जनवरी(आज)उच्चस्तरीय जापान–दक्षिण कोरिया शिखर वार्ता, प्रधानमन्त्री ताकाइची नारा प्रान्तमा

टोकियो,जापान। जापानकी प्रधानमन्त्री सानाए ताकाइची १३ जनवरीमा (आज)हुने जापान–दक्षिण कोरिया शिखर वार्ताअघि १२ जनवरी दिउँसो आफ्नै गृहप्रान्त नारा पुगेकी छन्। प्रधानमन्त्री पद सम्हालेपछि ताकाइची पहिलो पटक आफ्नो गृहप्रान्त पुगेकी हुन्। प्रधानमन्त्री ताकाइचीले १३ जनवरी नारा प्रान्तमै दक्षिण कोरियाका राष्ट्रपति लि जे म्युङ्गसँग शिखर वार्ता गर्ने कार्यक्रम छ। उनी १२ जनवरी दिउँसो टोकियोबाट विमानमार्फत ओसाका विमानस्थल पुगेपछि कारबाट नारा प्रान्त गएकी...

सन २०२६ को सुरुवातमै जापानी प्रधानमंत्री ताकाईचिले डोनल्ड ट्रम्पसंग भेटवार्ता गर्ने

टोकियो । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सन् २०२६ को सुरुवातमै अमेरिकाको भ्रमण गरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटवार्ता गर्ने तयारी भइरहेको बताएकी छन्। बिहीबार टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ताकाइचीले जापान–अमेरिका शिखर वार्ता “छिट्टै” सम्पन्न गर्ने चाहना व्यक्त गरिन्। उनले उक्त भेट सम्भावित रूपमा आगामी वर्षको सुरुवातमै हुने संकेत दिएकी छन्। यसअघि गत अक्टोबरमा ट्रम्प जापान भ्रमणमा आएका बेला...

डिसेम्बर ७ मा प्रवास नेपाली सम्पर्क विभाग जापानको दोस्रो अधिवेशन, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल जापान आउने

टोकियो/जापान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याल जापान आउने भएका छन्। अर्याल यहि डिसेम्बर ७ तारिख टोकियोमा आयोजना हुने प्रवास नेपाली सम्पर्क विभागको दोस्रो राष्ट्रिय अधिवेशन तथा विशेष भेलामा सहभागी हुन टोकियो आउन लागेको आयोजक समितिले जनाएको छ। आयोजकका अनुसार अर्यालसँगै पार्टीका केन्द्रीय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभाग उप-प्रमुख अर्जुन अधिकारीको पनि जापान आगमन तय भएको...

जापानकी प्रधानमन्त्री ताकाइचीले मन्त्रीहरूको तलब कटौती गर्ने योजना

टोकियो,जापान। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले आफूसहित मन्त्रीहरूको तलब कटौती गर्ने तयारी गरेकी छिन्। सो उद्देश्यका लागि उनले हाल चलिरहेको असाधारण संसद अधिवेशन भित्रै सार्वजनिक सेवक पारिश्रमिक ऐन संशोधन गर्ने योजना अघि सारेकी हुन्। सरकारले यसै हप्ता मंगलबारसम्म सम्बन्धित मन्त्रीहरूको बैठक बोलाई प्रधानमन्त्री र मन्त्रीहरूलाई दिइने अतिरिक्त भत्ता स्थगित गर्ने प्रस्ताव औपचारिक रूपमा स्वीकृत गर्ने तयारी गरेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। यो...

जापानले विदेशी श्रमिक स्वीकार्ने प्रणालीलाई “उचित रूपमा सञ्चालन गर्नेछः प्रधानमन्त्री ताकाइचीको

टोकियो,जापान। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले विदेशी श्रमिक कार्यक्रमलाई “सन्तुलित रूपमा सञ्चालन गर्ने र आवश्यक सीमासहित व्यवस्थित रूपमा व्यवस्थापन गर्ने” घोषणा गरेकी छिन्। यो वक्तव्य उनले संसदमा सान्सेइतो पार्टीका नेता सोहेइ कामियाका प्रश्नका जवाफमा दिएकी हुन्। कामियाले हाल सरकार विदेशी नागरिकहरूलाई “सीमाबिनाको नीतिअनुसार” स्वीकार गरिरहेको भन्दै जनस्तरमा असन्तोष र चिन्ता फैलिएको बताएका थिए। उनले भने, “जापानको संस्कृति, परम्परा र सार्वजनिक सुरक्षाको...