टोयोटाको मोटरको अर्को ऐतिहासिक सफलता, लिक्विड हाइड्रोजन इन्जिनयुक्त कारले पहिलो पटक २४ घण्टे रेस सफलतापूर्वक पूरा गर्‍यो

नागोया/ जापान। टोयोटा मोटरले लिक्विड हाइड्रोजनबाट चल्ने इन्जिनयुक्त कारमार्फत पहिलो पटक २४-घण्टे सहनशीलता रेस (एन्ड्युरेन्स रेस) सफलतापूर्वक सम्पन्न गरेको छ। अघिल्ला दुई वर्ष असफल भएपनि यस वर्षको सप्ताहन्तमा सम्पन्न रेसमा टोयोटाले ऐतिहासिक सफलता हात पारेको हो। टोयोटाले शनिबारदेखि आइतवारसम्म चल्ने यो प्रतियोगितामा आफ्नो GR Corolla H2 Concept कार प्रयोग गरेको थियो। लिक्विड हाइड्रोजनलाई अत्यन्त चिसो तापक्रममा (-२५३°C) भण्डारण गरी इन्धनको...

केडिडिआई र स्पेसएक्सको सिधा कनेक्सनमार्फत जापानमा पहिलोपटक स्मार्टफोन उपग्रह सेवा सुरु

टोकियो/जापान। केडिडिआई कम्पनीले अमेरिकाको स्पेसएक्सद्वारा सञ्चालन गरिरहेको स्टारलिंक उपग्रह नेटवर्कसँग सिधा कनेक्सनमार्फत स्मार्टफोन सेवा सुरु गरेको छ।यो जापानमा पहिलोपटक हो जहाँ स्मार्टफोनले सिधै उपग्रहसँग जडान भई सेवा पाउने भएका छन्। जापानभर मोबाइल सञ्जाल नपुगेका दुर्गम स्थानहरू—जस्तै पहाड, टापु वा समुद्रको बीचमा—समेत अब केही किसिमका सन्देश पठाउन र प्राप्त गर्न सकिनेछ। केडिडिआईले यो गर्मीदेखि आफ्ना ग्राहकहरूलाई इन्टरनेट प्रयोग गर्न सक्ने सुविधा पनि...

जापानले सन् २०२८ देखि सवारी साधनमा पेडल सुरक्षा उपकरण अनिवार्य गर्ने

टोकियो/जापान । जापान सरकारले सन् २०२८ को सेप्टेम्बरदेखि नयाँ मोडेलका सवारी साधनहरूमा ब्रेकको सट्टा एक्सेलेरेटर थिचेर दुर्घटना गराउने जस्ता घटनालाई रोक्नका लागि पेडल गलत प्रयोग नियन्त्रण गर्ने उपकरण अनिवार्य गर्ने भएको छ। यो निर्णय विशेषगरी वृद्ध चालकहरूबाट हुने दुर्घटनाहरूको संख्या घटाउने उद्देश्यले गरिएको हो, तर जापानमा पछिल्ला केही वर्षयता उत्पादन भएका अधिकांश गाडीहरूमा यस्ता उपकरणहरू पहिले नै जडान भएकाले यसले...

जापानमा मंगलबारदेखि तापक्रममा वृद्धि, हिउँ जमेका ठाउँहरुमा जोखिम बढ्ने सम्भावना

टोकियो/जापान।जापानमा २५ फेब्रुअरीका दिनदेखि जापानको विभिन्न क्षेत्रमा तापक्रममा उल्लेखनीय वृद्धि भएको छ। टोकियो लगायतका ठाउँहरूमा तापक्रम मार्च महिनासरह पुग्ने अनुमान गरिएको छ, जसले गर्दा वसन्त ऋतुको झल्को दिने गर्मी महसुस हुन सक्छ। विशेषगरी, भारी हिमपात भएका क्षेत्रमा तापक्रम वृद्धि भएसँगै हिउँ पग्लिने दर तीव्र हुने भएकाले हिउँ पहिरो (雪崩) तथा छानाबाट हिउँ खस्ने घटनाहरूको जोखिम उच्च छ। जापान मौसम विभागले...

एप्पलले सस्तो मूल्यमा नयाँ आईफोन सार्वजनिक गर्यो,किन्ने होईन त ?

टोकियो/जापान। अमेरिकी प्रविधि कम्पनी एप्पलले हालका मुख्य मोडेलभन्दा कम मूल्यको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। यसमा जेनेरेटिभ एआई (Generative AI) प्रविधि समावेश गरिएको छ, जसका कारण प्रतिस्पर्धी कम्पनीहरूलाई टक्कर दिन सक्ने लक्ष्य राखिएको अनुमान गरिएको छ। एप्पलले १९ तारिख, नयाँ स्मार्टफोन “आइफोन १६e” सार्वजनिक गरेको हो । यो अहिलेसम्म सस्तो मूल्यको मोडेलको रूपमा चिनिएको “SE” को उत्तराधिकारी मानिएको छ। जापानमा यसको...

अब नारिता स्टेशन र टोकियो जोड्ने स्काईलाईनर ट्रेनलाईनमा अनुहार पहिचानबाटै ट्रेन चढ्न सकिने

टोकियो/जापान। केइसेई इलेक्ट्रिक रेलवे कम्पनीद्वारा नारिता विमानस्थल र मध्य टोकियोलाई जोड्ने केइसेई स्काइलाइनरमा यात्रुहरूलाई अनुहार पहिचान प्रयोग गरेर टिकट गेटहरूबाट जान अनुमति दिने सेवा सुरु गरेको छ। यस सेवामा प्रयोगकर्ताहरूले अनलाइन टिकट खरिद गरेर आफ्नो अनुहार(फेस रजिस्ट्रर) दर्ता गर्नुपर्दछ। त्यसपश्चात ट्रेनको टिकट गेटमा, प्रयोगकर्ताको अनुहार स्क्यान गर्ने ट्याब्लेट हुन्छ, र त्यसपछि भौतिक टिकट जारी गरिन्छ। यस सेवाले यात्रुहरू स्टेशनमा टिकट काउन्टर...

जापानमा हुनुहुन्छ ? तपाईको मोबाईल नम्बर कतिबाट सुरु हुन्छ ? अब ०६० बाट सुरु हुने नम्बर पनि वितरण हुनेछ

टोकियो/जापान। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले यहि डिसेम्बर २० तारिख अब, मोबाइल फोन नम्बरहरूमा “०६०” बाट सुरु हुने नम्बरहरू थप्ने निर्णय गरेको छ। मोबाईल फोन सेवा प्रदायकहरुको प्रतिक्रिया पूरा भएपछि, यो अर्को वर्षको जुलाईदेखि क्रमशः उपलब्ध हुनेछ। जापानमा मोबाईल फोन नम्बरहरू आन्तरिक मामिला र सञ्चार मन्त्रालयले दूरसञ्चार सेवा प्रदायकहरूलाई तोकिदिने व्यवस्था छ । जस अनुसार हालसम्म मोबाइल फोनहरूले “०९०,” “०८०,”...

टोयोटा मोटर स्टार्टअपद्वारा उड्ने कारको सफल परीक्षण

टोकियो/जापान। टोयोटा मोटर कर्पोरेशन स्टार्टअपले आफ्नो ” उड्ने कार” को पहिलो आन्तरिक उडान सफलतापूर्वक सञ्चालन गरेको घोषणा गरेको छ। टोयोटाले ओसाका-कान्साई एक्सपोमा प्रदर्शन उडानको योजनासहित मध्यपूर्व र अन्य क्षेत्रहरूमा २०२५ सम्ममा कारको व्यावसायिक सञ्चालन सुरु गर्ने लक्ष्य राखेको छ। यूएस- बेसभएको स्टार्टअप जोबी एभिएसन, इंक द्वारा संचालित, जापानको पहिलो उडान अक्टोबरको अन्तमा टोयोटा टेक्निकल सेन्टर हिगाशी-फुजी सुसोनो, शिजुओका प्रिफेक्चरमा भएको थियो।...

सन २०३० सम्ममा जापानका केहि बुलेट ट्रेनहरु चालक रहित स्वचालित प्रविधीमा रुपान्तरण गरिने,चालक अभावका कारण विकल्पको खोजी

टोकियो/जापान । पुर्वी जापान रेलवे कम्पनी (जेआर इस्ट)ले सन २०३० को मध्यसम्ममा जोएचु बुलेट ट्रेनलाई चालक रहित स्वचालितरुपमा संचालनमा ल्याउने तयारी गरेको छ। यसका लागि जोएचु बुलेट ट्रेनका केहि खण्डहरूमा सन २०२८ देखि चालकको उपस्थितिमा स्वचालित प्रविधि प्रयोग सुरु गरिने घोषणा गरेको छ। जापानमा सवारी क्षेत्रमा चालकको अभावका कारण कम्पनीहरुले बस तथा ट्रेन सेवाहरुलाई स्वचालित प्रविधिमा रुपान्तरणको प्रयास थालनी गरिरहेका...

गुगल पिक्सेलका नयाँ मोडलहरु सार्वजनिक,जापानमा बुकिंग खुल्ला,तपाई पनि किन्ने कि ?

टोकियो/जापान। गुगलले मंगलबार आफ्नो पिक्सेल फोनहरूको नयाँ मोडलहर सार्वजनिक गरेको छ । एन्ड्रोइड सफ्टवेयरको निर्माता गुगलले आईफोनको नयाँ सेरिजहरु बजारमा आउनुअघिनै आफ्नो विशेष एआइ प्रविधि सहितको नयाँ सेरिजहरु सार्वजनिक गरेरो हो । केहि वर्षअघिसम्म एन्ड्रोइड सिस्टम निर्माणमा नै चित्त बुझाउँदै आएको गुगलको पिक्सेल सेरिजका फोनहरु अहिले एन्ड्रोइड प्रयोगकर्ताहरुको माझमा प्रमुख रोजाई बन्ने दौडमा छ। ८ वर्षअघि सुरु भएको गुगलको पिक्सेल सेरिजको...