जापानमा बढ्दो गर्मीसंगै मोबाइल ब्याट्रीबाट आगलागी र विस्फोटको जोखिम, कसरी सुरक्षित रहने ?

टोकियो, जापान।हालै जापानको दैनिक जीवनमा अत्यन्तै उपयोगी बनिसकेका मोबाइल ब्याट्री, हाते फ्यान, र इलेक्ट्रिक साईकलजस्ता उपकरणहरू गर्मी मौसममा आफैं बल्ने वा विस्फोट हुने घटनाहरू उल्लेख्य रूपमा बढिरहेका छन्। विशेषगरी चर्को गर्मीको बेलामा यस्ता दुर्घटना बढी हुने गर्छन्। यस प्रकारको दुर्घटना कसरी रोक्न सकिन्छ भन्ने विषयमा सतर्कता आवश्यक देखिन्छ। मोबाइल ब्याट्री विस्फोट : केही सेकेन्डमै ठूलो दुर्घटना टेलिभिजनमा देखाइएको एउटा परीक्षणमा स्मार्टफोन...

ताईफु ५ सुरु, पूर्वी तथा पश्चिम जापानमा भारी वर्षाको सम्भावना

टोकियो/जापान। पूर्वी चीन समुद्रमा सक्रिय समुद्री आँधी प्रभावका कारण पश्चिमी र पूर्वी जापानका विभिन्न भागहरूमा अत्यन्तै भारी वर्षाको सम्भावना देखिएको छ। मौसम विभागका अनुसार यो आँधी जुलाई १४ तारिखसम्म क्युशु क्षेत्रमा नजिकिँदैछ। यसैबीच, ओगासावारा टापु नजिकैको अर्को समुद्री आँधी पनि विकसित हुँदै गएपछि आज बिहान ३ बजे पाँचौँ ताइफु मा परिणत भएको छ। यस आँधीबेहरीको प्रभाव पूर्वी र उत्तरी जापानमा...

जापानको खागोसिमास्थित तोशिमा गाउँ क्षेत्रमा १ हजार ८ सयभन्दा बढी पटक भूकम्पको झट्का, मौसम विभागद्वारा उच्च सतर्कताको आह्वान

खागोसिमा/जापान। जापानको खागोसिमा प्रिफेक्चर अन्तर्गत पर्ने तोशिमामुरा क्षेत्रमा पछिल्ला दिनहरूमा भूकम्प गतिविधि अत्यन्तै सक्रिय देखिएको छ। तोकारा आईल्याण्ड नजिकको समुद्री क्षेत्रमा भूकम्पको आवृत्ति तीव्र बन्दै गइरहेका बेला, हालसम्म १ हजार ८ सय ६१ पटक भूकम्प मापन स्केल १ वा सोभन्दा माथिको झट्का मापन गरिएको जापानको मौसम विभाग ले जानकारी दिएको छ। तोकारा क्षेत्र अन्तर्गतको आकुसेकिजिमा तथा कोताकराजिमा आसपास गएको जुन...

जापानको अधिकांस स्थानमा अस्थिर मौसम, केही ठाउँमा अति भारी वर्षा हुने होक्काइदो र ओकिनावामा घाम र कडा गर्मी

टोकियो/जापान। जापानमा हालसम्म पनि तातो र आर्द्र वायुले निरन्तर प्रवेश गरिरहेको कारणले गर्दा आज बुधबार २५ जुन पनि पश्चिम जापान, पूर्वी जापान र तोहोकु क्षेत्रभर धेरैजसो स्थानहरूमा वर्षा हुने सम्भावना छ। विशेषगरी ताइफुबाट परिवर्तन भएको मौसमी असरका कारण कन्तो क्षेत्रमा बिहानैदेखि बिच-बिचमा वर्षा भइरहेको छ। अन्य क्षेत्रहरूमा पनि वर्षा छोटो अवधिमा भए तापनि, केही स्थानहरूमा चट्याङसहित अति भारी मेघगर्जनसहितको वर्षा...

तपाई पनि किन्ने कि ? जापानमा ७ हजार डलरको एक सिटे विद्युतीय कारको आकर्षण उच्च

जापान। हिरोशिमाको ग्रामीण उपनगरमा रहेको जापानी स्टार्टअपले जापानको विद्युतीय सवारी साधन बजारलाई नयाँ जीवन दिनको लागि एकदमै सानो र सस्तो कार तयार पारेको छ। केजी मोटर्स(KG Motors)नामक कम्पनीले उत्पादन गरेको यो कार एक सिटको ब्याट्रीबाट चल्ने विद्युतीय सवारी हो, जुन आधुनिक कारभन्दा बढी भविष्यको गोल्फ कार्टजस्तो देखिन्छ। तर, यसको आकर्षण यति बढी छ कि कम्पनीले सन् २०२७ मार्चसम्म डेलिभरी गर्ने...

जापानको सुपर कम्प्युटर “फुगाकु” बिग डाटा विश्लेषणमा लगातार ११ पटक विश्वको नम्बर १

टोकियो/ जापान । विश्वका सबैभन्दा छिटो र शक्तिशाली सुपर कम्प्युटरहरूको सूची “TOP500” को नयाँ संस्करण जुन १० मा सार्वजनिक गरिएको छ। यसमा जापानको प्रतिष्ठित अनुसन्धान संस्था रीकेन (理研/RIKEN) द्वारा निर्माण र सञ्चालन गरिएको सुपर कम्प्युटर “फुगाकु(富岳/Fugaku)” ले सातौं स्थान प्राप्त गरेको छ। यो सूची विश्वभरका सुपर कम्प्युटरहरूको गणनात्मक गति र स्थायित्वको आधारमा हरेक छ महिनामा एकपटक प्रकाशित गरिन्छ। यसपटकको सूचीमा...

सफ्टबैंक प्रयोगकर्ताहरु सतर्क रहौँ, १ लाख ४० हजार जनाको व्यक्तिगत जानकारी चुहावट भएको आशंका

टोकियो/जापान । जापानको मूख्य मोबाईल सेवा प्रदायक कम्पनी मध्येको एक सफ्टबैंकले जुन ११ तारिखमा घोषणा गरे अनुसार मोबाइल फोन सेवा ब्रान्ड “सफ्टबैंक” र “वाईमोबाइल” का करिब १ लाख ४० हजार ग्राहकहरूको नाम, ठेगाना लगायतका व्यक्तिगत विवरण चुहिएको आशंका गरिएको छ। व्यक्तिगत ग्राहकलाई लक्षित गरी टेलिफोनमार्फत गरिने बिक्री प्रवर्द्धनको कामका लागि जिम्मा दिइएको एक कम्पनीमा, त्यस कम्पनीसँग सम्बन्धित एक पूर्वकर्मचारीले...

जापानी भाषामा समस्या हुनेहरुलाई खुशीको खबर,एप्पलद्वारा एआईमार्फत म्यासेज तथा भ्वाईस कल तत्काल अनुवाद हुने सुविधा, यो शरद ऋतुदेखि लागू हुने

टोकियो/जापान। अमेरिकी सूचना प्रविधि कम्पनी एप्पलले आफैले विकास गरेको “एप्पल इण्टेलिजेन्स” नामक नयाँ पुस्ताको जेनेरेटिभ कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली सार्वजनिक गरेको छ। कम्पनीले घोषणा गरेअनुसार, यही शरद ऋतुबाट यस एआई प्रणालीलाई प्रयोग गरी आइफोन तथा ट्याब्लेटजस्ता उपकरणहरूमा म्यासेज र भ्वाइस कललाई तत्काल विभिन्न भाषामा अनुवाद गर्न सकिने सुविधा सुरु हुनेछ। यस नयाँ सुविधा अन्तर्गत, सन्देश (message) अनुवाद जापानी भाषामा पनि...

जेआर इस्ट जापानको नयाँ रात्रीकालीन विशेष रेल सेवा, सन् २०२७ देखि टोकियोदेखि र तोहोकु जोड्ने

टोकियो/जापान। जेआर इस्ट जापानले सन् २०२७ को वसन्तयामदेखि राजधानी टोकियो क्षेत्र र जापानको तोहोकु क्षेत्रलाई जोड्ने नयाँ रात्रीकालीन विशेष रेल सञ्चालनमा ल्याउने घोषणा गरेको छ। नयाँ रात्रीकालीन विशेष रेल हाल चलिरहेको जोबान लाइनको विशेष रेललाई परिमार्जन गरेर तयार गरिनेछ। यो रेल १० डब्बे सहितको एउटै सेटमा सञ्चालन गरिनेछ। रेलको डिजाइन दुई थरिका नीलो रङले सजाइएको हुनेछ, जसले आधुनिक र सौन्दर्यपूर्ण...

जापानी वैज्ञानिकद्वारा नयाँ प्लास्टिक आविस्कार , समुद्री पानीमा केही घण्टामै विलिन हुने

टोकियो/जापान। साईतामाको वाको शहरमा कार्यरत जापानी वैज्ञानिकहरूको एक टोलीले यस्तो प्लास्टिक विकास गरेको छ, जुन समुद्री पानीमा केही घण्टामै पूर्ण रूपमा विलिन हुन्छ। समुद्र प्रदूषण र जलजीवहरूको अस्तित्वमा खतरा बनिरहेको प्लास्टिक समस्याको समाधानतर्फ यो खोज एक महत्वपूर्ण उपलब्धि मानिएको छ। रिकेन सेन्टर फर इमर्जेन्ट म्याटर साइन्स र टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले बनाएको यो नयाँ प्लास्टिक अन्य बायोडिग्रेडेबल (जैविक रूपमा नष्ट हुने)...