जेआर इस्टद्वारा, चिप्स अभाव भएर उत्पादन घट्दा बिक्री बन्द गरिएको आईसी कार्ड पुन बिक्री सुरु गरिने

टोकियो/ जापान। जेआर इस्ट  रेलवे कम्पनीले ट्रेन पासको रुपमा प्रयोग गरिने आईसि कार्ड सुइका जारी गर्न पुन: सुरु गर्ने भएको छ। जेआरले गत वर्षदेखि सुइका बिक्री स्थगन गरेको थियो। जापानमा ट्रेन चढ्ने समयमा स्वचालित टिकटका रुपमा लामो समयदेखि प्रचलनमा रहँदै आएको सुइका बनाउन लागि आवश्यक चिप्सको विश्वव्यापी अभावले गर्दा अघिल्लो वर्षदेखि बिक्री बन्द गरिएको थियो। यो अवधीमा मानिसहरुले स्मार्ट फोन...

जापानले सन २०२५ को मार्चसम्ममा २५ सार्वजनिक सडकहरुमा चालकविहीन कार चलाउन दिने

टोकियो/जापान। जापान सरकारले आगामी वर्षको मार्चसम्ममा कम्तीमा २५ सार्वजनिक सडक मार्गका १०० रुटमा ड्राईभरलेस(स्वचालित ) सवारी सेवा सञ्चालन गर्न दिने प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन् । त्यो समयावधिमा, स्तर ४ चालकविहीन सवारी साधनहरू दुई महिनाको लागि स्क्रिनिङ प्रक्रियाबाट पास भएपछि लगभग १० मार्गहरूमा विशेष परिस्थितिहरूमा यात्रा गरेको देख्न सकिने किशिदाले बुधबार मिए प्रिफेक्चरको ताकीमा आयोजित एक पत्रकार सम्मेलनमा बताएका हुन्। प्रधानमंत्री...

निरन्तर घाटामा रहेको राकुतेन मोबाईलद्वारा नयाँ सेवा सुरु,१ करोड प्रयोगकर्ता पुर्याउने योजना

टोकियो/जापान। जापानको मोबाईल फोन सेवा मध्येको एक,राकुतेन मोबाईलले गत बिहीबार आफ्नो प्लाटिनम सेवा सुरुवात गरेको छ । निरन्तर घाटा बेहोर्न बाध्य बनिरहेको राकुतेन मोबाईले यस सेवाको सुरुवातसंगै आफ्नो नेटवर्कहरुमा कायम समस्या समाधान गर्न मद्दत गर्ने र यसले बजारमा जारी संघर्षमा ग्राहक वृद्धि गर्न मद्दत पुग्ने विश्वास गरेको छ । एक पत्रकार सम्मेलनमा, राकुतेन मोबाईलका सीईओ हिरोशी मिकितानीले ७०० मेगाहर्ट्ज सेवा सुरु...

जापानको चिबा स्थित एक रेल सेवा प्रयोगकर्ताहरुले अब टिकट बिनानै, अनुहार पहिचान प्रणालीबाट रेल चढ्न सक्ने

चिबा/जापान। जापानको चिबा प्रिफेक्चरको साकुरा सहरस्थित एक आवासीय क्षेत्रमा रहेको रेल सेवा- यामामान युकारिगाओका लाइनमा ( फेसियल रिकग्निसन) अनुहार पहिचान प्रविधि प्रयोगको सुरुवात गरिएको छ। सर्वसाधारण यात्रुका लागि अनुहार पहिचानमा आधारित बोर्डिङ म्यानेजमेन्ट सिस्टमलाई मुलुकको सार्वजनिक यातायातमा पहिलोपटक प्रयोगमा ल्याउन लागिएको सञ्चालक यमामान कम्पनीले जनाएको छ। एक निर्धारित वेबसाइटमा आफ्नो अनुहार फोटो डाटा र क्रेडिट कार्ड जानकारी अग्रिम दर्ता गरेपछि, यात्रुहरूले...

अब आईफोनमा पनि फोन कल रेकर्डिङ सुविधा थपिने

टोकियो/जापान। एन्ड्रोइड सिस्टममा मात्र उपलब्ध कल रेकर्डिङ फिचर अब आईफोनमा पनि आउने भएको छ । अमेरिकामा जारी वर्ल्डवाईड डेभलपर्स कन्फ्रेन्स २०२४ मा एप्पलले आईफोनमा कल रेकर्डिङको फिचर उपलब्ध हुने बताएको हो । यो फिचर आईओएस १८ अपडेटसँगै आईफोनमा उपलब्ध हुनेछ । एप्पलका अनुसार कलमा कुराकानी गरिरहेका दुवै व्यक्तिलाई स्वतः रेकर्डिङ भइरहेको जानकारी प्राप्त हुनेछ । एप्पलले सार्वजनिक गरेको तस्वीरमा रेकर्डिङका लागि फोन...

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक,व्यवसायी तथा सेवाग्राही दुवै पक्षलाई फाईदा हुने दाबी

टोकियो/जापान।जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ । आइतबार टोकियोमा आयोजित एक कार्यक्रमकाबीच उक्त एप सार्बजनिक गरिएको हो । विगत लामो समयदेखि जापानको नेपाली समुदायमा सूचना, सञ्चार, वेभ तथा ग्राफिक्स डिजाइन-प्रिन्टिङका साथै आइटी क्षेत्रका अन्य आधारभूत सेवा प्रवाह गर्दै आईरहेको जिएमटी कम्पनीले सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखी आफ्नो सेवा सर्बसुलभ तरिकाले प्रवाह गर्न उक्त एप...

जापानको कान्तो–कोशीनमा २९ तारिख साँझदेखि वर्षा र हिमपात, १ तारिख पहाडी क्षेत्रहरुमा भारी हिमपातको सम्भावना

टोकियो/जापान। जापानको कान्तो–कोशिन क्षेत्रमा २९ तारिख साँझदेखि वर्षा र हिमपात हुने अनुमान गरिएको छ।मार्च १ तारिख कान्तो कोशिन क्षेत्रमा भारी हिमपातको जोखिम रहेको छ । जापानको मौसम विज्ञान एजेन्सीले मानिसहरूलाई हिउँ र चिसोका कारण सवारी आवागमनमा पर्ने असरबारे सचेत रहन आग्रह गरेको छ। १ तारिख बिहानसम्मको २४ घण्टामा उत्तरी कान्तो र कोशिनका पहाडहरुमा १५ सेन्टिमिटर र उत्तरी कान्तोता समतल भूभाग र...

राकुतेन मोबाईलले जापानभर स्याटेलाईट मोबाईल सेवा सुरु गर्ने घोषणा

टोकियो/जापान। राकुतेन मोबाइलले अमेरिकी स्याटेलाइट डिजाइनर एएसटि स्पेस मोबाईल(AST SpaceMobile)सँगको साझेदारीमा सन २०२६ मा जापानभर व्यावसायिक स्याटेलाइट मोबाइल सेवा सुरु गर्ने योजनाको घोषणा गरेको छ। यस सेवा सुरु भएपछि,टर्मिनलमा जडानको आवश्यक नपर्ने र भिडियो तथा भ्वाइस कलहरू सक्षम पार्ने ब्रोडब्यान्ड सेवा नियमित स्मार्टफोनहरूद्वारा सीधै पहुँचयोग्य हुने बताईएको छ। यो ठ्याक्कै कति समयमा कार्यन्वयन हुन्छ भन्ने निश्चित त छैन तर,यो योजनाले राकुतेन...

जापान चन्द्रमामा अन्तरिक्ष यान अवतरण गराउने पाँचौं देश बन्यो

टोकियो/जापान। जापानको एक अन्तरिक्ष यात्री रहित,अन्तरिक्ष यान शनिवार बिहान चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेको छ। यस संगै जापान चन्द्रमामा पुग्ने पाँचौं देश बनेको छ। अन्तरिक्ष अधिकारीहरूले भने कि उनीहरूलाई विश्लेषण गर्न थप समय चाहिन्छ कि,चन्द्रमाको अनुसन्धानका लागि स्मार्ट ल्यान्डर, वा SLIM ले पिनपोइन्ट अवतरण गर्ने आफ्नो मिशनमा प्राथमिकता हासिल गर्‍यो। उनीहरूले यो पनि भने कि क्राफ्टको सौर्य प्यानलले ऊर्जा उत्पादन...

जापानको, सन् २०३० सम्ममा घरेलु अन्डरवाटर ड्रोन उत्पादन गर्ने लक्ष्य

टोकियो/जापान। जापान सरकारको नयाँ रणनीति अनुसार सन २०३० सम्ममा अटोनोमस अन्डरवाटर भेइकल (एयूभी) वा पानीमुनि संचालन गर्ने ड्रोनको आन्तरिक उत्पादनलाई औद्योगिकीकरण गर्ने लक्ष्य राखेको छ। सरकारी रणनीतिले सार्वजनिक र निजी क्षेत्रलाई संयुक्त रूपमा अत्याधुनिक अनुसन्धान र विकास परियोजनाहरूमा संलग्न गराउने योजनाहरू बनाउने बताईएको छ। एयुभीहरू अन्य उद्देश्यहरू बीच सुमुद्रको तल टोपोग्राफी नक्सांकन गर्न प्रयोग गरिन्छ। विश्वव्यापी एयुभीको बजारमा, जापान संयुक्त राज्य...