चिनियाँ धनाढ्य व्यवसायी ज्याक माले सुरु गरे नयाँ व्यवसाय, तयारी मासुको व्यापार गर्ने अनुमान
काठमाडौं । चिनियाँ अर्बपति ज्याक माले ‘हाङजाउ माज किचन फुड’ (Hangzhou Ma’s Kitchen Food) नामक नयाँ व्यवसाय सुरु गरेका छन् । ज्याक माले चीनको पूर्वी भागमा पर्ने आफ्नो गृह सहर हाङजाउमा यस्तो व्यवसाय थालेको अन्तर्राष्ट्रीय संचार माध्यमहरुले जनाएका छन् । सुरुवाती पुँजी एक करोड यूआन (करिब १८ करोड) रहेको यस कम्पनीले अलिबाबाका लागि समेत काम गर्ने बताइएको छ । यस कम्पनीले...
अफवाह फैलाएको भन्दै पुनः १८ युट्युब च्यानललाई कारवाही गर्न प्रेस काउन्सिलको पत्राचार
काठमाडौं । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै थप १८ ओटा युट्युब च्यानललाई आवश्यक कारबाहीका लागि सिफारिस गरेको छ । निराधार, अफवाहपूर्ण तथा अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण भई आचारसंहिता उल्लङ्घन गर्ने मिडिया र युट्युब च्यानलमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको प्रेस काउन्सिलले जनाएको छ । मिडिया...
एमडीएमएसमा दर्ता नभएका ८०४ आईफोन ब्लक
काठमाडौं । अन्ततः नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका आईफोन १५ सिरिजका फोन लक गर्दै एमडीएमएस लागू गरेको हो । प्राधिकरणका अनुसार एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन १५ सिरिजका फोनमा सोमबार राति ९ बजेदेखि दूरसञ्चार सेवा बन्द भएको छ । आईफोन १५ सिरिज अन्तर्गत करिब एक हजार डिभाइसमा एमडीएमएसमा दर्ता हुन १५...
अब मेटाले सुरु गर्यो सशुल्क सेवा, विज्ञापनरहित फेसबुक र इन्स्टाग्राम चलाउन सकिने
काठमाडौं । फेसबुक र इन्स्टाग्राममा विज्ञापन हेर्न नचाहने प्रयोगकर्ताका लागि मेटाले सशुल्क सेवा सुरु गरेको छ । सोमबार एक ब्लग लेख्दै कम्पनीले युरोपमा सशुल्क योजना ल्याएको जानकारी दिएको हो । योसँगै १८ वर्ष उमेर पुगेका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताले मेटाको यो सशुल्क सेवा प्रयोग गर्न पाउनेछन् । वेब ब्राउजरका लागि प्रति महिना ९.९९ युरो (१४०० रुपैयाँ) र आईओएस डिभाइसहरूका लागि...
उड्ने कारलाई यात्रु बोक्न चीनले दियो अनुमति
जापान । एयर ट्याक्सी अर्थात् उड्ने कारलाई सरकारी मान्यता दिनेमा चीन पहिलो देश बनेको छ । गत शुक्रबार चिनियाँ उड्डयन प्राधिकरणले ईहाङ कम्पनीको ‘ईएच २१६- एस’ नामक एयर ट्याक्सीलाई हवाई योग्यता प्रमाणपत्र दिएको हो । ठूलो आकारको ड्रोनजस्तै देखिने यो ट्याक्सी विद्युतबाट चल्छ भने उडाउन पाइलट आवश्यक पर्दैन । त्यस्तै उडाउन तथा अवतरण गर्न एयरपोर्ट वा रनवे आवश्यक पर्दैन । घरको छत,...
जापानी कम्पनी होन्डा र जनलरल मोटरले सन २०२६ देखि टोकियोमा चालकविहीन ट्याक्सी संचालन सुरु गर्ने
टोकियो/जापान। होन्डा मोटर र जनरल मोटरले चालक रहित (स्वचालित)ट्याक्सी संयुक्तरुपमा उत्पादन गर्ने भएका छन् । बिहिबार कम्पनीले बताए अनुसार उनिहरुले संयुक्तरुपमा उत्पादन गर्ने स्वचालित ट्याक्सी टोकियोमा सन २०२६ को प्रारम्भमा सञ्चालन हुनेछ। जनरल मोटरले होन्डाको बहुमत हिस्सा लिएर सन २०२४ मा संयुक्त उत्पादन युनिट स्थापना गर्नेछन्। सवारी-हेलिङ सेवा सहितको ३ साझेदारहरूले संयुक्त रूपमा विकास गरेको (स्वचालित)सेल्फ-ड्राइभिङ क्रुज ओरिजिन इलेक्ट्रिक सवारी साधनहरू...
अब एप्पलले बट्टा नखोलेर राखिएका आईफोन समेत अपडेट गरिदिने
काठमाडौं । एप्पलले बट्टा नखोलेर स्टोरमा राखिएका नयाँ आईफोन समेत अपडेट गर्न सकिने प्रणाली विकास गरेको छ । प्याकेजिङ भएको अवस्थामा नै आईफोन अपडेट गर्न सकिने सुविधा एप्पलले विकास गरिरहेको समाचार संस्था ब्लुमवर्गले जनाएको छ । ब्लुमवर्गका अनुसार यो कामका लागि एप्पलले ताररहित विधिमार्फत आईफोन अन गर्न ‘प्याड लाइक डिभाइस’ प्रणाली प्रयोग गर्छ । त्यसपछि सोही विधिबाट सफ्टवेयर अपडेट गरेर...
एआई विकासमा जी ७ राष्ट्रहरुमा साझेदारी खोज्दै जापान
क्योतो/जापान। जापानले यस शरद ऋतुमा जेनेरेटिभ एआईका विकासकर्ताहरूका लागि अन्तर्राष्ट्रिय दिशानिर्देश र आचार संहिताहरूका लागि जि ७( ७ औद्योगिक)राष्ट्रहरूको समूह बीचको सम्झौतालाई सहजीकरण गर्ने लक्ष्य राखेको छ। प्रधानमन्त्री फुमियो किशिदाले क्योतोमा जारी इन्टरनेट गभर्नेन्स फोरममा आफ्नो भाषणमा सो कुरा बताएका हुन् । सो अवसरमा किशिदाले अनलाइन सूचनाको प्रवर्तकलाई पहिचान गर्न सक्ने प्रविधिको प्रभावकारिताबारे पनि बोलेका थिए । संयुक्त राष्ट्र संघको वार्षिक...
जापानी कम्पनी फुजिचु र रिकेनले जापानको दोस्रो क्वान्टम कम्प्युटर विकास गरे,सुपर कम्प्युटर भन्दा लाखौँ गुणा द्रुत काम गर्ने
टोकियो/जापान। जापानको फुजिचु र अनुसन्धान संस्थान रिकेनले बिहीबार जापानको दोस्रो क्वान्टम कम्प्युटरको सफल विकास गरेको घोषणा गर्यो । यस कम्प्युटरको माध्यमबाट नयाँ प्रविधिलाई व्यावहारिक बनाउन विश्वभर अनुसन्धान प्रयासहरुको एक हिस्सा हो । सरकार समर्थित अनुसन्धान संस्था रिकेनको ६४ क्युबिट क्वान्टम कम्प्यूटर र फुजिचुको ४० क्युबिट क्वान्टम कम्प्युटर सिम्युलेटर संग एकीकृत गरि निर्माण गरिने कम्प्युटरले अनुसन्धानकर्ताहरु लाई त्रुटिहरु हटाउन को लागि काम गर्दछ। आईबिएम(IBM...
आईफोन १५ प्रो म्याक्स एप्पलले दाबी गरेजस्तो बलियो नभएको एक परिक्षणद्वारा पुष्टि
टोकियो/जापान। आईफोन १५ ‘ड्युर्याबिलिटी टेस्ट’ (टिकाउ परीक्षण) मा असफल भएको छ । युट्युबर जेर्री रिगले गरेको परीक्षणमा आईफोन १५ प्रो म्याक्स असफल भएको हो । आईफोन १५ दशककै सबभन्दा कमजोर फोन भएको यट्युबर रिगको परीक्षणबाट देखिएको छ । त्यसअघि सन् २०१४ मा एप्पलकै आईफोन सिक्स ड्युराबिलिटी टेस्टमा असफल भएको थियो । यसो त कम्पनीले आईफोन १५ अहिलेसम्मकै सबैभन्दा बलियो र टिकाउ...

