जापानी पुर्व प्रधानमन्त्री आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय
काठमाडौं । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएपछि अचेत अवस्थामा उनलाई अस्पता पु¥याइएको थियो । उपचारको क्रममा नै उनको निधन भएको थियो । नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उनको निधनप्रति भोलि शनिबार राष्ट्रिय शोक मनाउने...
भियाग्राको ओभरडोजले युवकको मृत्यु
एजेन्सी । जुलाई ३ मा नागपुरमा २५ वर्षीय युवकको हृदयघातका कारण मृत्यु भएको थियो । प्रहरीले युवकको खल्तीबाट भियाग्राको चक्की फेला पारेको छ । उनलाई भियाग्राको ओभरडोज भएको प्रहरीको आशंका छ । भियाग्रा सेवनपछि होटलमा प्रेमिकासँग सम्बन्ध राख्दा उनलाई हृदयघात भएको थियो । जुन ४ मा युपीको प्रयागराजमा घण्टौं इरेक्शन अर्थात् यौन उत्तेजना र दुखाइको कारण समस्यामा परेका २८ वर्षीय...
युक्रेनमा आक्रमण जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन् । रुसले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेलगत्तै पुटिनले आक्रमणलाई निरन्तरता दिन रक्षामन्त्री सर्गेई शोइगुलाई आदेश दिएका हुन् । तर युक्रेनले रुसी सैनिकलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि आफ्नो फौजलाई सुदृढ पारिरहेको दाबी गरेको छ । रुसले अहिले छिमेकी डोनेट्स्क क्षेत्रका सहरमा आक्रमण तीव्र पारेको छ ।...
छोराको प्रेमिकासँग बाबुले गरे बिहे !
काठमाडौं । अमेरिकाको ओहायो राज्यका एक पुरुषले आफ्नै छोराकी पूर्व प्रेमिकासँग विवाह गरेका छन्। ओहायोका ५१ वर्षीय पाउल डिनले आफूभन्दा २४ वर्ष कम उमेरकी सिड्नी डिनसँग विवाह गरेका हुन्। युवतीले ११ वर्षको हुँदा पहिलोपटक पाउललाई भेटेकी थिइन्। छोरासँग प्रेमसम्बन्धमा रहेको बेला उनी पाउलको घरमा गएकी थिइन्। सोही क्रममा उनीहरुको पहिलो भेट भएको थियो। यद्यपि उनीहरुको प्रेमसम्बन्ध लामो समय टिक्न सकेन। तर,...
महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले दिए राजीनामा
एजेन्सी । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। गएराति सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्। ‘म शिव सैनाहरुको रगत बगोस् भन्ने चाहन्नँ। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु। ठाकरेले सामाजिक सञ्जालमा भनेका छन्, ‘पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन।’ उद्धव ठाकरेले आफूले विधान परिषद्को सदस्यता पनि त्याग्ने बताएका छन् । ठाकरे...
बंगलादेशले बनायो तल रेल र माथि गाडी गुड्ने ‘राष्ट्रिय गौरव’ को पुल
काठमाडौं । बंगलादेशले लामो समयदेखि प्रतिक्षित पद्मा ब्रिज (पुल) आफ्नै लगानीमा निर्माण सम्पन्न गरेको छ । तल रेल र माथि गाडी गुड्ने गरी बनाइएको सो पुलको शनिबार प्रधानमन्त्री शेख हसिनाले उदघाटन गरिन् । यो पुल बंगलादेशकै सबैभन्दा लामो पुल हो । ६.१५ किलोमिटर लामो यो पुल चार लेनको छ । गाडी चार लेनमा गुड्ने भए पनि रेल भने सिंगल ट्रयाकको...
एकै घरमा विवाह गरेका तीन दिदी बहिनीले बालबच्चासहित गरे सामूहिक आत्महत्या
काठमाडौं । भारतको राजस्थानको जयपुर अजमेर राष्ट्रिय राजमार्गको डुडु सहर नजिकैको एउटा गाउँमा तीन महिला र दुई बालबालिकाको शव फेला परेको छ । तीनै महिला दिदीबहिनी थिए र उनीहरुको विवाह एउटै परिवारका तीन दाजुभाइसँग भएको थियो । ती शव शनिबार फेला परेका हुन् । यो दाइजो दुर्व्यवहारको मामला हो भन्ने विश्वास गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार मृत फेला...
युद्धका कारण देश छाडेका युक्रेनी घर फर्किँदै
एजेन्सी । रुसको आक्रमणका कारण देश छाडेका युक्रेनी नागरिक फर्किन थालेका छन् । पछिल्ला केही दिनयता रुस–पोल्यान्ड सीमामा स्वदेश फर्कनेहरुको लर्को लागेको बीबीसीले जनाएको छ। युद्धका कारण अन्य देशमा गएर घर फर्कने नागरिकहरुको कारण सीमा क्षेत्रमा ठूलो ट्राफिक जाम लागेको खबरमा उल्लेख छ । युक्रेनकी सांसद लेसिया भास्यलेन्कोले स्वदेश फर्कनेहरुका कारण पोल्यान्डसँगको नाकामा सयौँ गाडीको लाम लागेको तस्बिर सामाजिक सञ्जाल...
भारतमा फेरि बढ्न थाल्यो कोरोना
नयाँदिल्ली । छिमेकी मुलुक भारतमा लगातार ११ सातासम्म ओह्रालो लागेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ। टाइम्स अफ इन्डियाका अनुसार यो साता (अप्रिल ११–१७) अघिल्लो साताको तुलनामा कोरोना संक्रमण ३५ प्रतिशतले बढेको छ। भारतको राजधानी दिल्ली, उत्तर प्रदेश र हरियाणामा संक्रमण ह्वात्तै बढेको छ।अघिल्लो साता भारतमा ४९०० संक्रमित थपिएकोमा यो साता ६६१० संक्रमित थपिएका छन्। दिल्लीमा अघिल्लो साताभन्दा यसपालि १४५...
नायिका मलाइका चढेको गाडी दुर्घटना
एजेन्सी । बलिउडकी नायिका मलाइका अरोडाको गाडी दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । गाडी खोपोली एक्सप्रेसवेमा दुर्घटनामा परेको बताइएको छ ।खबर अनुसार तीन गाडी एक–आपसमा ठोक्किएका छन् जसमध्ये एक मलाइका आरोडाको पनि थियो । दुर्घटनाका बेला नायिका गाडीभित्रै थिइन् । भारतीय सञ्चार माध्यमका अनुसार मलाइकालाई हल्का चोट लागेको छ । खोपोली प्रहरी स्टेशनका अनुसार नायिकालाई अपोलो अस्पताल...

