अष्ट्रेलियाको विद्यार्थी भिसामा नेपालीलाई थप कडाई, अब यी कागजात अनिवार्य चाहिने
काठमाडौं । अष्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाई दिदै आएको भिसामा थप कडाई गर्ने भएको छ । नयाँ दिल्लीस्थित अष्ट्रेलियन हाईकमिसनको प्रतिनिधिमण्डलले नेपालमा आएर यस्तो जानकारी गराएको हो । अष्ट्रेलिया सरकारको प्रतिनिधि मण्डलले केहीदिनअघि मात्रै नेपालमा एकदिने कार्यशालाको आयोजना गरेर विदेशी विद्यार्थीहरूको लागि शैक्षिक सेवा (ईएसओएस) सम्बन्धी नीति, नेपाली विद्यार्थीसँगै शैक्षिक मरामर्शदाताले सतप्रतिशत भिसा प्राप्तिका लागि गर्नुपर्ने सुधारका बिषयमा छलफल गरेको नेपाल शैक्षिक...
आबेलाई ओकायामामानै गोली प्रहार गर्ने योजना बनाईएको खुलासा, अनुसन्धान जारी थप रहस्य खुल्न सक्ने
टोकियो/जापान । जापानका पूर्वप्रधानमन्त्री आबेको नारा सहरमा भाषण दिने क्रममा गोली हानेर हत्या भएको घटनामा पूर्वप्रधानमन्त्रीलाई ओकायामा सहरमा चुनावी भाषण दिइरहेका बेला नै घरेलु बन्दुकले आक्रमण गर्ने प्रयास भएको अनुसन्धानले देखाएको छ । पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गत महिनाको ८ तारिख नारामा भाषण दिने क्रममा गोली हानेर हत्या गरेको अभियोगमा नारा सहर निवासी ४१ वर्षिया बेरोजगार तेचुया यामागामीलाई प्रहरीले रंगेहात पक्राउ...
जापानको अध्यागमन थुनामा मृत्यु भएकी श्रीलंकाली महिलाका परिवारले फेरि अर्को उजुरी दर्ता गराए, न्याय पाउने आशा
टोकियो/जापान । अघिल्लो वर्ष नागोया अध्यागमन ब्यूरोको थुनामा रहेकी श्रीलंकाली महिलाको मृत्युको घटनामा मृतक महिलाको परिवारले हत्याको आशंकामा त्यस समयका नागोया अध्यागमन प्रमुख लगायतविरुद्ध आपराधिक उजुरी दर्ता गराएका छन्। गत वर्ष मार्चमा नागोया अध्यागमन ब्यूरोको थुनामा रहेकी एक ३३ वर्षिय श्रीलंकाली महिला विस्मा सान्दामालीको स्वास्थ्यमा समस्या आएपछि, उनको त्यही थुनामै मृत्यु भएको थियो ।अध्यागमनले विरामी भएर मृत्यु भएको बताएपनि पिडित...
चिनियाँ सामुद्रिक सेनाका जहाजहरु जापानको क्षेत्रभित्र घुसपैठ
जापान । अगस्ट ७ तारिखको रातीदेखि ८ तारिखको बिहानसम्म, चिनियाँ सामुद्रिक सेनाका दुईवटा जहाज जापानको ओकिनावा प्रिफेक्चरतो सेन्काकु टापुको तटबाट जापानको जलक्षेत्रमा प्रवेश गरेको बताईएतो छ। दुईवटा जहाजहरूले जापानी माछा मार्ने डुङ्गाहरू नजिक जानको लागि प्रयास गरिरहेको जापानी संचार माध्यमहरुले जनाएका छन् । जापानी सामुद्रिक आत्मरक्षा बल मुख्यालयले तिनीहरूलाई माछा मार्ने डुङ्गाहरूको सुरक्षा सुनिश्चित गर्न र जापानको क्षेत्र तुरुन्तै छोड्न...
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने भएका छन् । लु आज साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल...
भारतमा एकैदिन २१ हजार ८८० जना कोभिड संक्रमित, ६० जनाको मृत्यु
दिल्ली । भारतमा कोभिड संक्रमणदर दिनहुँ बढिरहँदा पछिल्लो २४ घन्टामा २१ हजार ८८० संक्रमित भएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा कोभिडबाट ६० जनाको मृत्यु भएको छ । योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य...
द्रौपती मुर्मू भारतको राष्ट्रपति
काठमाडौं । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी द्रौपती मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनले २५ जुलाईमा राष्ट्रपतिको सपथ लिनेछिन् । झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बनेकी छन् । भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हून्छ । कुनैपनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३...
विक्रमसिंघे बने श्रीलंकाको राष्ट्रपति
काठमाडौं । नागरिकमाझ अलोकप्रिय भएपनि प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई नै श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको छ । उनले १३४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी दलस अलापेरुमाले ८२ मत पाएका छन् । २२३ सांसद रहेपनि २ जना सांसद मतदानमा अनुपस्थित भए भने ४ मत बदर भयो । नागरिकले विक्रमसिंघेले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक...
राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा आज राष्ट्रपति निर्वाचन
कोलोम्वो । श्रीलंकामा आज (बुधबार) नयाँ राष्ट्रपतिका लागि मतदान हुँदैछ । गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि उनको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुन लागेको हो । निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख मानिस...
आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक
काठमाडौं । सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउँदैछ । आबेको शुक्रबार गोली प्रहार गरी हत्या भएको थियो । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ साथै आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। सरकारले जापान सरकार, जापानी...

