जापानी प्रधानमन्त्री किशिदाद्वारा बढ्दो मूल्यवृद्धीको असर कम गराउने, सोमबार विशेष निर्देशन जारी गर्ने तयारी

टोकियो/जापान । नयाँ मन्त्रिमण्डल पुनर्गठन गरेसंगै जापानका प्रधानमन्त्री फुमियो किशिदाले उर्जा र खाद्यान्नको मूल्यमा भएको बृद्धिबाट परेको आर्थिक असरलाई कम गर्न थप उपायहरु ल्याउन आफ्नो सरकारलाई निर्देशन दिने बताएका छन् । किशिदाले सोमबार सरकारी प्यानलको बैठकमा खुद्रा विक्रेता र घरपरिवारलाई बढ्दो जीवनयापन लागतको सामना गर्न मद्दत गर्ने उपायहरूबारे छलफल गर्न आदेश जारी गर्ने बताएका छन् । किशिदाले आफ्नो चुनावी अभियानमा...

बिहानैदेखि जापानका विभिन्न स्थानहरुमा टाईफुन(台風)प्रभाव,हावाहुरी सहित भारी वर्षा जारी

टोकियो/जापान । टाइफुन नम्बर ८ ले आज(१३ तारिख)दिउँसो जापानको तोकाई र कान्तो-कोशिनमा ठूलो प्रभाव पार्ने मौसमी पुर्वानुमान गरिएको छ । मुख्यतया पूर्वी जापानको प्यासिफिक क्षेत्रमा दिउँसोदेखि भारी वर्षा र हावा तीव्र हुनेछ । आज राति अबेरसम्म भारी वर्षाको जोखिम छ। शिजुओका प्रिफेक्चर जस्ता तोकाई क्षेत्रमा उच्च वर्षा पनि हुने अपेक्षा गरिएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार टाइफुन नम्बर ८...

पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि रोक्नको लागि गरिएको अनुरोध टोकियो अदालतद्वारा अस्विकार

टोकियो/जापान । टोकियो जिल्ला अदालतले पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि रोक्न आदेश जारी गर्न नागरिक समूहका सदस्यहरू सहित ५० जनाको समूहले दायर गरेको अनुरोधलाई खारेज गरेको छ। यहि अगस्ट २ को निर्णयमा, टोकियो जिल्ला अदालतले योजना तय भईसकेको पुर्वप्रधानमन्त्री आबेको अन्त्येष्टिको लागि सार्वजनिक कोषको प्रयोगले संविधानको धारा १९ को उल्लङ्घन गर्दैन भनेर निर्णय गरेको बताईएको छ । यसअघि नागरिक...

जापानको होक्काईदो पहिरोको जोखिम ३,९२६ घरपरिवार विस्थापित

टोकियो/जापान । आज बेलुका ८ः४५ बजे, जापानको दक्षिणी होक्काईदोस्थित माचुमाए सहरले पहिरोको जोखिमका कारण उक्त सहरका ३,९२६ घरपरिवारका ६,८४६ जना मानिसहरुलाई सुरक्षित स्थानमा आश्रय लिन आह्वान गरेको छ। यसका साथै, सहरमा कुल आठ स्थानहरू -माचुमाए, पार्टनरशिप ल्याण्ड, माचुमाए टाउन एक्सचेन्ज सेन्टर, कियोबु लाइफ इम्प्रुभमेन्ट सेन्टर, शिजुरा टाउन हल, तातेहामा एक्सपेरियन्स एक्सचेन्ज सेन्टर, मात्सुमा जुनियर हाई स्कूल व्यायामशाला, टोयोफुकु टाउन हल,...

स्याङ्जा समाज जापानले चर्चित नेपाली कलाकारको साथमा जापानको मुख्य ३ सहरमा तीज फेस्टिवल आयोजना गर्ने

टोकियो/जापान । नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्ग्जा समाज जापानले जापानका तीन ठुला शहरहरु टोकियो, सिजुओका र नागोयामा तीज फेस्टिवल गर्ने भएको छ । कार्यक्रम यही अगस्ट महिनाको २८ तारिख आईतवार टोकियोमा नाकनो जेरो हल ,सिजुओकामा २९ तारिख सोमबार आईसेरु २१ हल र नागोयामा ३१ तारिक बुधवार नागोया कोकुसाइ सेन्टरमा हुने समाजका अध्यक्ष धुर्व ज्ञवालीले जानकारी दिए । कुनै...

जापानको होक्काइदोमा शक्तिशाली भूकम्पका पराकम्प जारी, सतर्क रहन आग्रह

टोकियो/जापान।हिजो राती जापानको होक्काईदोको सोया क्षेत्रको उत्तरी भागमा केन्द्रित भई गएको ५ म्याग्निच्युडको भुकम्पका कारण त्यस क्षेत्रका सडक तथा पूल लगायतका भौतिक निर्माणहरुमा क्षति पुगेको छ । जापान मौसम विज्ञान एजेन्सीका अनुसार होक्काईदोमा अहिले पनि स/सना भूकम्पहरू एक पछि अर्को जारी छ । आगामी एक साता वा सो भन्दा बढी अवधीसम्म पराकम्पहरु जारी रहने भन्दै सतर्क रहन आग्रह गरिएको छ...

प्रधानमन्त्री किशिदाद्वारा नयाँ मन्त्रिमण्डल गठन, विवादित चर्चसँग सम्बन्ध रहेका मन्त्रीहरु पनि दोहोरिए

टोकियो/जापान।प्रधानमन्त्री किशिदाले नयाँ मन्त्रिपरिषदमा आबे हत्यासंग नाम जोडिएको युनिफिकेसन चर्चसँग सम्बन्ध भएका व्यक्तिहरुलाई नियुक्ति नगर्ने विश्लेषण गरिएता पनि हिजो गठित नयाँ मन्त्री मण्डलमा पुगेका कम्तीमा ५ जना मन्त्रीहरुको उक्त चर्चसंग सम्बन्ध रहेको जापानी संचार माध्यमहरुमा खबर प्रकाशन भएका छन् । यसअघि गरिएको अध्ययनमा, गोली हानी हत्या गरिएका पूर्वप्रधानमन्त्री शिन्जो आबेका भाइ,रक्षामन्त्री नोबुओ किशी, लगायतका मन्त्रीहरूको उक्त युनिफिकेसन चर्चसंग सम्बन्ध पुष्टि...

जापानको जनसंख्यामा हालसम्मकै उच्च गिरावट, कुल जनसंख्या १२ करोड ५९ लाख २७ हजार ९ सय २ जनामा झर्यो

टोकियो/जापान । जापानको जनसंख्यामा सन २०१३ यताकै उच्चसंख्या घटेको छ ।हालसालै सार्वजनिक एक तथ्यांक अनुसार जापानको जनसंख्या ७ लाख २६ हजार ३ सय ४२ जनाले घटेर १२ करोड ५९ लाख २७ हजारमा ९ सय २ जना कायम भएको छ । ओकिनावा बाहेक जापानका सबै ४७ प्रीफेक्चरहरूमा जनसंख्या घटेको छ । टोकियो र आसपासका तीन प्रिफ्क्चरहरप साइतामा, चिबा र कानागावामा सन...

जापानमा नोरिखाए क्याम्पेन भन्दै १ येनमा फोन सेट बेच्ने कम्पनीहरुमाथि छानबिन, कारबाही हुनसक्ने

टोकियो/जापान । जापानमा मोबाइल फोन सेटहरु १ येन लगायतका क्याम्पेनहरु संचालन गरि बेच्ने कम्पनीहरु माथी निगरानी बढाईएको छ । जापान फेयर ट्रेड कमिसनले ४ ठूला मोबाइल फोन कम्पनीहरूलाई लक्षित गरि अनुसन्धान अघि बढाएको छ । यसरी अत्यन्तै सस्तो (१ येन) मा मोबाईल फोन सेटहरु बेच्दा एन्टिमोनोपोली ऐन अन्तर्गत अनुचित मोलतोल निम्त्याउन सक्ने ठहर गरिएको छ । पहिलोपटक लेनदेनको वास्तविक स्थितिमा...

जापानमा पछिल्लो २ महिनामा ८ हजार विदेशी पर्यटक भित्रिए, कोरोनाको सातौँ लहरले पर्यटन क्षेत्रमा फेरि चिन्ता

टोकियो/जापान । आज (१० अगस्ट) जापानले विदेशी पर्यटक भित्र्याउन थालेको दुई महिना पुगेको छ । तर यो बीचमा आशा गरे अनुरुप विदेशी पर्यटकहरु भित्रिन सकेका छैनन् । गत महिनाको अन्त्यसम्ममा जापान प्रवेश गर्ने पर्यटकको सङ्ख्या ८ हजार जनाको हाराहारीमा मात्रै रहेको अध्यागमन कार्यलयले जनाएको छ । येनको भाउमा भएको तिब्र गिरावटसंगै जापानमा पर्यटकहरूको वृद्धिको आशा गरिएको थियो ।येन ऐतिहासिक रुपमा...