पश्चिमी जापानमा भारी वर्षा, १० हजार भन्दा धेरै घरपरिवार जोखिममा

टोकियो/जापान ।आज पनि जापानको विभिन्न क्षेत्रहरुमा मौसमी बदली कायम छ । खासगगरी पश्चिमी जापानमा वर्षा तीव्र भएको छ भने उत्तरी क्युसुका केहि स्थानहरुमा मुसलधारे पानी परिरहेको छ । भारी वर्षाको कारण १८ तारिखसम्ममा पहिरो जाने तथा होचोँ भूभागमा बाढी आउने र पश्चिम तथै पूर्वी जापानका नदीहरुमा सम्भावित बाढीको जोखिम रहेको छ ।तोहोकुमा १८ तारिख भारी वर्षाको जोखिम रहेको छ । जापानको...

जापानी प्रधानमन्त्री किशिदाद्वारा सेप्टेम्बरको सुरुसम्ममा राहत प्याकेज बनाउन मन्त्रीहरुलाई निर्देशन, उपभोक्तामा परेको आर्थिक भार घटाउने तयारी

टोकियो/जापान । जापानी प्रधानमन्त्री किशिदा फुमिओले सोमबार अधिकारीहरूलाई युक्रेनमा रसियाको युद्धका कारण गहुँ र उर्जाको बढ्दो आयात मूल्यबाट उपभोक्ताहरूलाई परेको असरलाई कम गर्न सेप्टेम्बरको सुरुसम्ममा थप प्याकेजहरू ल्याउन निर्देशन दिएका छन् । किशिदाले सरकारले मिलर्सलाई बिक्री गर्ने गहुँको मूल्य हालको स्तरमै कायम राख्ने र पेट्रोल र मट्टितेलको मूल्य घटाउन तेलका थोक व्यापारीलाई दिइने अनुदान कायम राख्ने सरकारको लक्ष्य रहेको बताएका...

जेल जान चाहन्छु भन्दै प्रहरीलाई २६८ पटक फोन गर्ने ४७ वर्षिय जापानी पक्राउ

टोकियो/जापान । बिना कारण प्रहरीको निःशुल्क फोन सेवा(११०)मा २५० पटक भन्दा बढी फोन गरेर, कार्यमा बाधा पुर्याएपछि एक जना जापानीलाई प्रहरीले पक्राउ गरेको छ । ११० मा २५० भन्दा बढी पटक मज्जाक गर्दै फोन कल गरी प्रहरीको नियमित महत्वपूर्ण कार्यमा बाधा पुर्याएको अभियोगमा ४७ वर्षीय एक व्यक्ति पक्राउ गरिएको प्रहरीले जनाएको हो । महानगरीय प्रहरी विभागका अनुसार तेचुनोबु साकायाले अप्रिल...

जापानमा १ सय भन्दा बढी सांसदहरुको युनिफिकेसन चर्चसंग सम्बन्ध रहेको खुलासा,आबे हत्याको अनुसन्धान अझै लम्बिईदै

टोकियो/जापान । आबे हत्याको कारणका रुपमा चर्चामा रहेको युनिफिकेसन चर्चसंग जापानका १०० जनाभन्दा बढी सांसदहरुको सम्बन्ध रहेको बुझिएको छ । गत, जुलाई ८ तारिख चुनावी प्रचारको क्रममा आमसभालाई सम्बोधन गर्दै गर्दा पछाडीबाट गोली प्रहार गरी पूर्वप्रधानमन्त्री आबेको हत्या भएको थियो । घटनास्थलबाट रंगेहात पक्राउ गरिएको संदिग्धले यो घटना राजनीतिक नभई आफ्नो आमाले एक धार्मिक संस्थामा ठूलो रकम दानगरी आफुहरु टाट...

उच्च महंगीले आर्थिक भार थपेको जापानमा रेलको भाडा पनि बढ्ने, ओदाईक्युले अक्टोबरदेखि २२ प्रतिशत भाडा बढाउने

टोकियो/जापान। यो वर्षलागेदेखि नै उच्च मात्रामा महंगी बढिरहेको जापानमा अब रेल सेवा संचालकहरुले पनि भाडा बढाउन् भएका छन् । जापानी संचार माध्यम एनएचकेमा प्रसारित एक खबरका अनुसार, अब ओदाईक्यु इलेक्ट्रिक रेलवे कम्पनीले आफ्नो सेवा रोमान्सकारको एक्सप्रेस भाडा पनि बढाएको छ । जापानमा यस वर्षको अन्त्यदेखि अर्को वर्षसम्ममा प्राय सबै रेलवे सेवाहरुको भाडा बृद्दि हुनेछ । ओदाईक्यु इलेक्ट्रिक रेलवेले अक्टोबरदेखि “रोमान्सकार”...

जापानको एहिमेबाट उडेको एउटा हेलिकप्टर हिरोशिमामा दुर्घटनाग्रस्त,पाईलटको मृत्यु

जापान । आज (१५ तारिख) दिउँसो, एहिमे प्रिफेक्चरको एक टापुबाट उडेको एक सिटे हेलिकप्टर हिरोशिमा प्रिफ्क्चरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।प्रहरीका अनुसार विमान नजिकै एक जना व्यक्ति फेला परेको र उनको मृत्यु भएको पुष्टि भएको छ । आज दिउँसो १ बजेपछि एहिमे प्रिफ्क्चरको कामिजिमा सहरको युगे तेशिमाबाट उडेको हेलिकप्टरको हिरोसिमा प्रिफेक्चरको राडारबाट सम्पर्क विहिन भएको थियो । प्रहरीका अनुसार...

जापानको चिबामा एकै परिवारका ४ जनामाथि धारिलो हतियार प्रहार, १ जनाको मृत्यु ३ को उपचार जारी

टोकियो/जापान । आज (१५ तारिख) बिहान जापानको राजधानी टोकियो नजिकैको चिबा प्रिफेक्चरको किमिचु सहरको एउटा घरमा सँगै बस्ने चारजना आफन्तलाई छुराले प्रहार गरी एकजनाको मृत्यु भएको छ। सो घरमा १० जना आफन्तहरु एकल परिवारको रुपमा बसोवास गर्ने गरेको आफन्तबीचकै घटनाका रुपमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । प्रहरी तथा आपतकालिन् उद्दार विभागका अनुसार आज बिहान करिब ३ः४० बजे किमिचु शहरको...

जापानका एक प्रहरीले मादक पदार्थ सेवन गरी ४ सय अपराध तथा अपराधी सम्बन्धी जानकारी हराए

टोकियो/जापान। जापानको ह्योगो प्रिफ्किचरमा एक प्रहरी अधिकृतले अधिक मादक पदार्थ सेवन गरी आफु संलग्न अनुसन्धानकै क्रममा रहेका तथा अन्य गरि ४ सय भन्दा बढि अपराध तथा सम्भावित अपराधीहरुको जानकारी हराएको प्रहरीले जनाएको छ । जापानी संचार माध्यमहरुमा प्रकाशित खबरका अनुसार,ति अनुसन्धान अधिकृतले मादक पदार्थले मातिएर बटोमै सुतिदिएका थिए । बेहोसीमा उनले ति अनुसन्धान विवरणले भरिएको झोला कतै फ्याकिदिएको या भुलेको...

जापानले हार स्विकार गर्दै विश्वयुद्ध अन्त्य गरेको ७७ वर्ष पुग्यो,लाखौँ मृतकहरुको स्मृतिमा विशेष समारोह

जापान। आज अगस्ट १५ तारिख जापानले संयुक्त राज्य अमेरिकासंग आत्मसमर्पण गर्दै दोस्रो विश्व युद्ध अन्त्य गरेको ७७ वर्ष पूरा भएको छ । सन १९४५ अगस्ट १५ तारिख जापानले औपचारिकरुपमा युद्ध अन्त्य गर्दै आत्मसमर्पण गरेको थियो । यस अवसरमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उपायहरू अवलम्बन गर्दै युद्धमा ज्यान गुमाएकाहरुको सम्झना तथा शान्तिको कामनाका लागि देशैभर कार्यक्रम गरिँदैछ । आज (१५ अगस्ट)...

जापानको ईबाराकीस्थित एक प्लास्टिक कम्पनीको गोदाममा भिषण आगलागी,१७ घण्टासम्म पनि निभाउन सकिएन

जापान । आज(१४ तारिख)बिहान इबाराकी प्रान्तको मोरिया सहरमा रहेको एउटा लजिस्टिक कम्पनीको ठूलो गोदाममा आगलागी भएको १५ घण्टाभन्दा बढी भइसक्दा पनि अझै आगलागी नियन्त्रणमा आउन सकेको छैन । बिहान करिब २:३० बजे, डेलिभरी कम्पनीले इबाराकीको मोरिया शहरको युरिगाओका १ चोमा रहेको लजिस्टिक कम्पनी “अजुमा लजिस्टिक” को स्टिल फ्रेम गरिएको एक तले गोदाममा आगलागी भएको जानकारी दिएको थियो । प्रहरीका अनुसार आगो...