युक्रेनबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । विदेशमन्त्री एन्टोनीले बताए अनुसार मंगलबार साँझ भएको टेलिफोनमा युक्रेन संकटका विषयमा प्रधानमन्त्री देउवासँग कुराकानी भएको थियो । रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा कुरा गरेको एन्टोनीले ट्विटरमार्फत जानकारी दिएका छन् । ‘रूसले युक्रेनमाथि गरेको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल...

कोरिया प्रवेश पुनः सुरु

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया प्रवेश गर्ने भएका छन् । कोरोना संक्रमणका कारण माघ १४ गतेदेखि रोकिएको कोरियाको श्रमिकको उडान फागुन २३ बाट सुचारु हुने भएपछि रोकिएका नेपाली युवा कोरिया प्रवेश गर्ने भएका हुन्। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार यसअघि रोकिएकासहित ९८ नयाँ र १ सय...

एमसीसीलाई लिएर अमेरिका र चीन आमनेसामने !

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयलाई लिएर नेपालको राजनीतिक दल विभाजित हुँदा विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीन आमनेसामने देखिएका छन्। पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा रहेका बेला दुई दलको भातृ संगठन वाईसीएल र युवा संगठन विरोधमा उत्रिएपछि प्रहरीले दमन गरेको थियो । साथै शुक्रबार एमसीसीको विरोध गर्ने कलङ्कीमा प्रेसर कुकर...

ओली–दाहाल संवादपछि सचिवालयबीच जुहारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना (एमसिसी) का बारेमा बिहीबार बेलुकी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरे। दाहालले टेलिफोनमा ओलीलाई एमसिसीबारे निर्णय गर्न आग्रह गरे। जवाफमा ओलीले सत्ता गठबन्धनसँग प्रतिनिधिसभामा १ सय ६५ सदस्यसहित बहुमत रहेकाले यसबारेमा गठबन्धनले पहिले निर्णय गर्नुपर्ने बताए। गठबन्धनले एमसिसीबारे निर्णय गर्नेबित्तिकै एमालेले पनि धारणा सार्वजनिक...

नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

काठमाडौं । नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गरे । उनले भने, “नेपालमा पर्यटन क्षेत्रको विकास र पर्यटक...

साढे ८ लाख बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बेलायत सरकारले सहयोग गरेको ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । बेलायत सरकारले २१ लाख ७४ हजार १६० डोज एस्ट्राजेनेका खोप सहयोग गर्ने जनाएको थियो । बाँकी...

नोभाक जोकोभिच देश निकाला !

एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देश निकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देश निकाला गरिएको हो । सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज...

हाइटीका प्रधानमन्त्री एरियल हेनरीको हत्या प्रयास, बालबाल बचे

काठमाडौं । शनिबार हाइटीको स्वतन्त्रताको वर्षगाँठको अवसरमा एक कार्यक्रमका बेला बन्दुकधारीले देशका प्रधानमन्त्री एरियल हेनरीको हत्याको कोसिस गरेका छन् । हाइटीका अधिकारीले यसबारे जानकारी दिएका हुन् । हेनरी उत्तर शहर गोनावेसस्थित एक चर्च समारोहमा भाग लिइरहेका थिए । सार्वजनिक भिडियोमा प्रधानमन्त्री र उनको खलको कार तीब्र गोलीबारीबीच बचेर निस्किएको देखिएको छ । अघिल्लो वर्ष जुलाईमा राष्ट्रपति जोवेनेल मोसेको हत्यापछि देशमा...

नयाँ वर्ष इस्वी सन् २०२२ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनकोे सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरियन जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो...

ओमिक्रोन संक्रमण बढेपछि नयाँ दिल्लीमा फेरि कर्फ्यू

काठमाडौं । कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमवारबाट कर्फ्यू लगाउने भएको हो । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको छ । भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ४२२ जनामा नयाँ...