एनआरएनए निर्वाचन अनिश्चितकालका लागि स्थगित
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । अध्यक्ष कुमार पन्तले संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएपनि ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा आइतवार र सोमवार हुने भनिएको निर्वाचन रोकिएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले शनिवार एक विज्ञप्ति जारी गर्दै हालसम्म मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशित...
उत्तरी चीनमा लकडाउन !
बेइजिङ । कोभिड–१९ को संक्रमण बढेपछि उत्तरी चीनको सियान सहरमा लकडाउन गरिएको छ । दुई साताको अवधिमा १ सय ४३ जनामा कोभिड संक्रमण पुष्टि भएपछि सरकारले लकडाउन गरेको हो । बुधबार घोषणा गरिएका प्रतिबन्धात्मक नियमहरूअनुसार १ करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन र प्रत्येक घरबाट एक जनाले २ दिनको एकपटक अत्यावश्यक सामग्री किन्न घरबाहिर जान पाउनेछन् । चीनले कोभिड–१९ को संक्रमण नियन्त्रणका...
बेलायतमा भयावह बन्दै कोरोना, एकै दिन ९३ हजार बढी सङ्क्रमित
लन्डन । बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लाग्दै गएको छ । विगत तीन दिनयता दैनिक सङ्क्रमित सङ्ख्याले लगातार नयाँ कीर्तिमान कायम गर्दै आएको छ । पछिल्लो २४ घण्टामा मात्र ९३ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्याङ्कमा उल्लेख छ । यसअघि कोरोना सङ्क्रमणको तेस्रो लहरमा सबैभन्दा बढी ६८ हजार सङ्क्रमित रहेका थिए...
बेलायतमा एकै दिन झन्डै ९० हजार सङ्क्रमित
लन्डन । बेलायतमा एकै दिन ९० हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक साताभित्र सङ्क्रमण दर ७४ प्रतिशतले वृद्धि भएको अधिकारीहरूले बताएका छन् । बुधबार दैनिक सङ्क्रमण ७८ हजार भन्दा बढी रहेकोमा आज बिहीबार सङ्क्रमित सङ्ख्या बढेर ८८ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ८८ हजार ३७६...
मिस वर्ल्डको ग्रान्ड फिनाले स्थगित, सबै सुन्दरीलाई आइसोलेसनमा राखियो
काठमाडौं । प्रतियोगी, आयोजक र अन्य कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि आज हुने भनिएको विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनाले अश्चितकालिन रुपमा स्थगित भएको छ । सहभागि हुन गएका प्रतियोगीहरु कोभिड परीक्षणपछि अब स्वदेश फर्कने भएका छन् । मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै सबैजना स्टाफमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञहरुको सल्लाहमा इभेन्ट रद्ध गरिएको...
ओमिक्रोन विश्वका ७७ देशमा फैलियो
जेनेभा — कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन ‘अभूतपूर्व’ रूपमा फैलिइरहेकाले सतर्क हुनुपर्ने अवस्था छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ओमिक्रोनको संक्रमण सम्भवतः विश्वका धेरै देशमा पुगिसकेको अनुमान छ । हालसम्म ७७ देशमा भने यसको संक्रमण पुष्टि भइसकेको छ । यसको संक्रमणका कारण बेलायतमा एक जनाको मृत्यु भइसकेको छ । कोभिडका भेरिएन्टमध्ये यो सबैभन्दा बढी उत्परिवर्तित हो । डब्लूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम...
कोरिया जान थप महँगो
काठमाडौं । स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागु गर्न झन् कठिन हुन थालेको छ। जिटुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा जाने कामदारले पछिल्लो समय होटल क्वारेन्टिन खर्चसमेत बेहोर्नु पर्ने भएको छ। रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटल क्वारेन्टिन खर्च बेहोर्नु पर्ने भएपछि बिहीबार नेपाल राष्ट्र बैंकले कोरिया जाने...
ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक
काठमाडौं । अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए। सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षिण अफ्रिकाबाट प्राप्त प्रारम्भिक प्रतिवेदनले पनि यो भेरियन्टका कारण अस्पताल...
दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखियो
सिओल । दक्षिण कोरियामा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो । खोपको...
कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कति खतरा ?
काठमाडौं । डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो। ओमिक्रोन (बी.१.१.५२९) लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ। दक्षिण अफ्रिकामा बुधबार मात्र यसको पहिलो केस पत्ता लागेको थियो। त्यसको नमुना गत कात्तिक २३ गते संकलन गरिएको थियो।...

