मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएका दूतावासले जनाएको छ । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदानको औपचारिक घोषणा गर्ने...
नेपाललाई चीनले थप ३ लाख डोज खोप दिने
काठमाडौं । नेपाललाई चीनले अनुदानमा थप ३ लाख कोरोना डोज खोप दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् । सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्याएको थियो । त्यसपछि पनि चीनले...
जापानको राजधानी टोकियो विश्वका धनीहरुको रोजाईको दोस्रो नम्बरमा,ईन्भेस्टमेन्ट र लाईफ स्टाईल पनि सन्तोष जनक
टोकियो। जापानको राजधानी टोकियो विश्वका धनी मानिसहरुको रोजाईको दोस्रो नम्बरमा परेको छ । द वेल्थ रिपोर्ट २०२० ( the wealth report 2020)का अनुसार विश्वका धनी मानिसहरुको पहिलो रोजाईमा भने विगत वर्षहरुमा जस्तै अमेरिकाको न्युयोर्क पर्न सफल भएको छ । यस पटक जापानको टोकियो र अमेरिकाकै लस एन्जेल्स दुवै स्थान विश्वका धनीहरुको रोजाईको दोस्रो नम्बरमा परेका हुन् । नाईट फ्रान्क नामक संस्थाले...
नासाको यान मंगल ग्रहमा सफल अवतरण
काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो । मंगल ग्रहमा अवतरण गर्नासाथ सो यानले एक तस्वीर ट्वीट गरेको थियो । ‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरिक्ष यान मंगल ग्रहको सतहमा अवतरण गर्नासाथ नासाको...
म्यानमारमा सैन्य ‘कू’: सूकीलगायत शीर्ष नेताहरु पक्राउ
काठमाडौं । म्यानमारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूकी पक्राउ परेको पार्टीकी प्रवक्ताले जानकारी दिएका छन् । जननिर्वाचित सरकार र सेनाबीच बढ्दो तनावका बीच सूकीलाई पक्राउ गरिएको हो । योसँगै म्यानमारमा पुनः अर्को सैन्य ‘कू’ को आशंका गरिएको छ । गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेको थियो । तर, सेनाले भने...
यूएईले विदेशीलाई नागरिकता दिने
एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) होनहार विदेशीलाई आफ्नो नागरिकता दिने घोषणा गरेको छ । त्यस्ता होनहार विदेशी जसले खाडीको यो देशलाई आफ्नो योगदानले थप उत्कृष्ट बनाउन सकून् । यूएईका उप–राष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतूमले देशका नागरिक बन्ने योग्यता राख्ने क्षमतावान् विदेशीमा लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार र विशेष क्षमता भएका व्यक्तिलाई देशको नागरिकता दिइने जानकारी...
१९ वर्षीया किशोरी उत्तराखण्डको मुख्यमन्त्री !
काठमाडौं । भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी एक दिनको मुख्यमन्त्री बन्दैछिन् । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् । प्रतिकात्मक भएपनि उनी उत्तराखण्डको पहिलो...
अमेरिकी राष्ट्रपति जो बाइडेनले लिए सपथ
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिएका छन् । संसद् भवन (क्यापिटोल हिल) मा उनले पदको सपथ लिएका हुन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए । कमला ह्यारिसले पनि लिइन् सपथ समारोहमा बाइडेनभन्दा अघि अमेरिकाकी...
नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु
काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृत्यु भएको छ । ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु छन् । उनीहरु सबैलाई कोरोना खोपको पहिलो डोज दिइएको थियो । मृत्यु हुने सबैमा गम्भीर स्वास्थ्य समस्या पहिला नै थियो । उनीहरुमध्ये...
ट्रम्पको ट्वीटर एकाउन्ट सधैंका लागि बन्द
काठमाडौं । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ । हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै उनको अकाउन्ट बन्द गरिएको ट्वीटरले जनाएको छ । ट्वीटरले आफ्नो बयानमा भनेको छ, ‘राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरियो र २चभबम्यिलबमित्चगmउ अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो ।’ यसअघि ट्रम्पका समर्थकहरुले संसद भवनमा प्रवेश गरी आक्रमण गरेपछि...

