अमेरिकाले ब्राजिलमाथि प्रतिबन्ध लगायो

एजेन्सी । ट्रम्प प्रशासनले पछिल्लो १४ दिनमा ब्राजिल पुगेका विदेशीलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । ल्याटिन अमेरिकी देश ब्राजिल हालै कोरोना भाइरसद्वारा सर्वाधिक ग्रसित देशको दोस्रो हटस्पटको रुपमा देखिएको छ । ब्राजिलमा संक्रमितको संख्या तीन लाख ६० हजार पुगेको छ भने हालसम्म २२ हजार बढीको ज्यान गइसकेको छ । ह्वाइट हाउसकी एक प्रवक्ताले अमेरिकामा बाहिरबाट कुनै नयाँ केस नआओस्...

जापानको नारिता उड्यो नेपाल एयरलाइन्स

काठमाडौं । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रबार राति ९ः४५ बजे निगमको जहाजले नारिता अन्तरराष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए । जम्मा २६८ यात्रुमध्ये १९७ नेपाली छन् । उनीहरु जापानमा बसोबास गर्छन्...

विदेशमा मृत्यु भएका १४९ नेपालीको शव अझै अलपत्र

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा मृत्यु भएका नेपालीहरुको अन्त्येष्टि सम्बन्धित देशमै गरिने भएको छ । वैदेशिक रोजगार बोर्डले एक सूचना जारी गरी आज सो कुराको जानकारी दिएको हो । बोर्डले मृतकको शव सम्बन्धित मुलुकमा नै अन्त्येष्टि गर्न केही मृतक श्रमिकका परिवारले सहमति समेत प्रदान गरिसकेको जानकारी दिएको छ । मृतक श्रमिकका ५८ परिवारले सम्बन्धित मुलुकमा नै शव अन्त्येष्टि...

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजार ६२ संक्रमित

काठमाडौं । महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिको अनुसार यो तथ्यांक शनिवार (१६ मे २०२०) साँझसम्मको हो । सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीहरुको संख्या १५...

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार पुगेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख ४० हजार ९ सय ८९ जना रहेका छन् । १५ लाख ८७ हजार ७ सय ८० जना उपचारपछि...

भारतकै तीन नक्सामा कालीको मुहान लिम्पियाधुरा

काठमाडौं । सन् १८१६ मा नेपाल र ब्रिटिस इन्डिया (तत्कालीन भारतका शासक) बीच भएको सुगौली सन्धि अनुसार नेपालको पश्चिमी सीमा काली नदीले निर्धारण गर्दछ । सन् १९९६ फेब्रअरी १२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिले पनि महाकाली नदीलाई सीमा र साझा नदी मानेको छ । महाकाली पहिले काली भनेर चिनिएको नदीको नै पछिल्लो नाम हो । लिम्पियाधुराबाट कुटी हुँदै...

कोरोना ‘लुकेको दुश्मन’: ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको देशले हरेक दिन एक लाख ५० हजारदेखि तीन लाख व्यक्तिको परीक्षण गरिरहेको छ । हालसम्म यहाँका १३ लाख ८५ हजार बढी व्यक्ति संक्रमित छन् । यस्तै अर्कोतर्फ अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८१ हजार पार भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा कोरोनाका कारण हालसम्म ८१ हजार ७ सय ९५ को...

दिवेश उर्फ आर्थर गन अमेरिकन आइडलको शीर्ष सातमा

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ ।...

विश्वभर मृतकको संख्या २ लाख ८२ हजार नाघ्यो, ४१ लाख बढी संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । सो विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७९ हजार ५२६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । स्पेनमा...

लकडाउन खुकुलो पारेसँगै जर्मनीमा कोरोना संक्रमित बढे

एजेन्सी । जर्मनीमा लकडाउन खुकुलो गरिएको मात्रै एकदिन पछि संक्रमितको संख्या बढेको आधिकारिक आँकडाले देखाएको छ । रोबर्ट कोच इन्स्टिच्युटका अनुसार लकडाउन खुकुलो पारेपछि संक्रमणको पुनः उत्पादनको दर बढिरहेको छ । यसको अर्थ यो भयो कि एक संक्रमित व्यक्तिले कतिजनालाई संक्रमित गर्न सक्छ, त्यो दर बढेको छ । हालको समयमा यो दर एकभन्दा बढी छ । यसको सीधा अर्थ यो...