‘सगरमाथा हाम्रो’, चौतर्फी विरोधपछि गल्ती सच्यायो

काठमाडौं । चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) ले आइतबार सगरमाथा तिब्बतको भूभाग रहेको दाबी गर्‍यो । आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा केही तस्विर राख्दै सिजिटिएनले लेखेको छ, ‘शनिबार माउन्ट एभरेस्ट समेत भनेर चिनिने माउन्ट कोमोलाङ्मा (तिब्बती भाषा), चीनको तिब्बत स्वायत्त प्रदेशमा अवस्थित विश्वकै सर्वोच्च शिखरमाथिको आकाशमा सूर्यमा देखिएको अद्भूत घेरा ।’ तर सामाजिक सञ्जालमा विरोध भएपछि सिजिटिएनले आफ्नो...

भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या २ हजार नाघ्यो

एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २ हजार नाघेको छ । वल्ड्रोमिटरको तथ्याँकअनुसार भारतमा संक्रमणका कारण मर्नेको संख्या २ हजार ८९ पुगेको हो । त्यस्तै संक्रमितहरुको संख्या ६२ हजार ७ सय ६९ पुगेको छ । शनिबार सीआरपीएफका ६२ जना जवानमा कोरोना संक्रमण भेटिएको छ । शनिबारै भारतका महाराष्ट्रमा ११६५, गुजरातमा ३९४, मध्यप्रदेशमा ११६, तमिलनाडुमा ५ सय २६, उत्तरप्रदेशमा...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ७२ हजार नाघ्यो

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ७२ हजार नाघेको छ । आज १ हजार ५ सय बढीले ज्यान गुमाएसँगै मृतकको कुल संख्या ७२ हजार नाघेको हो । वल्डोमीटरका अनुसार शुक्रबार संयुक्तराज्य अमेरिकामा २६२, मेक्सिकोमा २५७, स्पेनमा २२९, स्वीडेनमा १३५, ब्राजिलमा ११९, बेल्जियममा १०६, रसियामा ९८, इरानमा ५५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै,...

विश्वभर कोरोना संक्रमितको संख्या ३९ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख ८१ हजारभन्दा बढी पुगेको छ । वल्ड्रोमिटरको तथ्यांकअनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या विश्वभर ३९ लाख ८१ हजार ७ सय ६३ जना पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी संक्रमित हुने ५ देश अमेरिका– १३ लाख ८ हजार ५ सय ८२ स्पेन– २ लाख ६० हजार, १ सय १७ इटली– २ लाख १७ हजार १ सय...

अमेरिकामा मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो, साढे १२ लाख संक्रमित

काठमाडौं । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ७५ हजार ६४९ जनाको मृत्यु भएको छ । अमेरिकाको न्यु योर्क र न्यु जर्सी कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका छन् । न्यु योर्कमा मात्रै २६ हजार १४४ जनाको मृत्यु भएको छ । त्यस्तै न्यु जर्सीमा ८ हजार ८०७ जनाको मृत्यु भएको...

कोरोनाले अमेरिकापछि बेलायतमा सबैभन्दा धेरैको मृत्यु

काठमाडौं । युरोपियन राष्ट्रमा कोेरोनाका कारण सबैभन्दा धेरै बेलायतका नागरिकको ज्यान गएको छ । यसअघि इटली, स्पेन र फ्रान्सभन्दा कोरोनाको प्रभाव कम देखिएको बेलायतमा अब तथ्यकांक अनुसार सबैभन्दा धेरै कोरोनाका कारण नागरिकले ज्यान गुमाएका देखिन्छ । बुधबार बिहानको तथ्यांक अनुसार इटलीमा कोरोनाको संक्रमणबाट २९ हजार ७९ जनाको ज्यान गएको थियो भने बेलायतमा २८ हजार ७३४ को ज्यान गएको थियो ।...

कोभिड–१९ बाट २ लाख ५७ हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५७ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोनाका कारण २ लाख ५७ हजार ९७२ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २४१ को कोरोना संक्रमणका कारण ज्यान गएको छ । बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार...

कोरोनाबाट बेलायतमा अर्का एक पूर्व गोर्खा सैनिकको मृत्यु

लण्डन – कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा ७५ वर्षीय पूर्व गोर्खा सैनिक नारायण कोन्मे गुरुङको मृत्यु भएको छ । ननिटनको ‘जर्ज इलिएट अस्पताल’ मा उपचारकै क्रममा मृत्यु भएको हो । अन्य कुनै किसिमको रोग नभएका गुरुङलाई श्वासप्रश्वासको समस्या देखिएपछि अप्रिल २६ का दिन अस्पताल भर्ना गरिएको थियो । गुरुङलाई कोरोनाको पुष्टि भएको जानकारी अस्पतालले दिएको थियो । पर्वत...

फ्रान्स, इटली र स्पेनमा मृतकको संख्यामा भारी कमी

काठमाडौं । पछिल्लो २४ घण्टामा फ्रान्स, इटली र स्पेनमा हप्तौंपछि सबैभन्दा कम व्यक्तिको मृत्यु भएको खबर छ । फ्रान्समा १३५, स्पेनमा १६४ र इटलीमा १७४ जनाको मृत्यु भएको छ । यसैबीच फ्रान्सका डाक्टरका अनुसार कोरोना बिरामीको नयाँ स्याम्पलको आधारमा फ्रान्समा कोरोनाभाइरस गत वर्ष नै प्रवेश भइसकेको थियो । पेरिसका एक डाक्टरका अनुसार २७ डिसेम्बरमा नै कोरोनाभाइरसको संक्रमण पाइएको थियो । फ्रान्समा...

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो, ३ हजार नेपाली फर्काउदै

काठमाडौं । कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरुको संख्या ८४ पुगेको छ । कुवेतमा आइतबार साँझसम्म थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी...