मोदीको स्वागतमा ५० हजार मान्छे उतार्न सर्कुलर

काठमाडौं, १९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा जनकपुरमा भव्य तयारी भइरहेको छ । मोदीको सम्बोधन गर्ने सभामा ५० हजार मान्छे उतार्न प्रदेश सरकारले आठ जिल्लामा सर्कुलरसमेत गरेको छ । मोदी यही वैशाख २८ गते पटनाबाट सीधै जनकपुर आउनेछन् । त्यसपछि काठमाडौं हुँदै मुस्ताङ जाने तयारी छ । बाह्रबिघा मैदानमा मोदी सवार हेलिकोप्टर अवतरण गर्ने छ । मोदीको सुरक्षा व्यवस्थाका...

मलेसियामा नेपालीलाई जथाभावी कैद र यातना

काठमाडौं, १६ बैशाख । नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तब्यमध्येको एक मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ । मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था अध्ययन गर्न हालै स्थलगत भ्रमणमा गएको प्रतिनिधिसभा सदस्य सम्मिलित एक टोलीका अनुसार पछिल्लो समय मलेसियाका सुरक्षाकर्मीले गैरकानुनी रुपमा नेपाली कामदारलाई थुन्ने, यातना दिने काम गरेका छन् । मलेसियामा कार्यरत श्रमिकलगायत विभिन्न निकायसँग छलफल गरी...

चीनलाई उपहार दिने गैँडा अझै भेटिएन

काठमाडौं, १५ बैशाख । चीनलाई उपहार दिने भनिएको एकसिंगे गैँडा एक साता खोजी गर्दा पनि फेला पर्न सकेको छैन । चिनियाँ र नेपाली विज्ञसहित प्राविधिकहरूले चितवन राष्ट्रिय निकुञ्जमा एक सातादेखि खोजी गर्दा पनि गैँडा फेला नपरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । चीनलाई उपहार दिने भनिएका दुई जोडी गैँडाको ६ वैशाखदेखि निकुञ्ज क्षेत्रमा खोजी भइरहेको छ । दैनिक रूपमा २५...

६५ वर्षपछि खुसीको अँगालो

गोयाङ । दुई कोरियाको सीमा क्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ अन तथा दक्षिणका राष्ट्रपति मुन जे इनले कोरियाली प्रायद्वीपलाई परमाणु अस्त्र मुक्त पार्न काम गर्ने बाचा गरेका छन् । सन् १९५३ मा युद्धविराममा टुंगिएको कोरियाली युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने एक शान्ति सन्धि यसै वर्ष गरिसक्ने सहमति पनि दुई नेताले गरेका छन् । केही महिनाअघिको वाकयुद्धको स्थितिपश्चात् अहिले...

उत्तर र दक्षिण कोरिया प्रमुखले हात मिलाए, तनाव सुध्रिने विश्वास

काठमाडौं, १४ बैशाख । उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच शिखर बैठक भर्खरै सुरु भएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका अनुसार स्थानीय समयअनुसार बिहान ठिक साढे ९ बजे उत्तर नेता किम पैदल नै सीमा पार गर्दै बैठक स्थल पुगेका थिए । उत्तरका नेता किमलाई स्वागत गर्न दक्षिण राष्ट्रपति मुन...

मोदीको नेपाल भ्रमण आफ्नै निजी कारमा

काठमाडौं, १४ बैशाख । चीन भ्रमण सकेको ११ दिनमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार ल्याउने भएका छन् । भारतीय सेनाको विमान काठमाडौं उत्रिनु तीन दिन अघि नै उनी चढ्ने कार काठमाडौं र जनकपुर आइसक्नेछन् । उनी विशेष प्रकारको कार प्रयोग गर्छन् । आन्तरिक उडानका लागि उतैबाट हेलिकप्टर ल्याउने वा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने भन्ने छलफल...

अव बंगलादेश–भारत–नेपाल सीधा बससेवा

काठमाडौं, १३ बैशाख । बंगलादेश–भारत–नेपालबीच सीधा बससेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस मंगलबार नेपाल प्रवेश गरेका छन् । ढाकाबाट हिँडेको ५२ घन्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टा प्रवेश गरेका हुन् । नेपाल प्रवेशपछि बसमा सवार तीन देशका अधिकारीलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा स्वागत गरिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्याल, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यलगायतले उनीहरूलाई स्वागत गरेका...

गोरे खोज्न इन्टरपोल गुहार्दै प्रहरी

काठमाडौं, १३ बैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका नाइके चुडामणि उप्रेती गोरे खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहायता लिने भएको छ । शाक्यको हत्यापछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सूचना जारी गर्न लागिएको हो । इन्टरपोलमा संसारभरका १ सय ९२ राष्ट्रहरु सदस्य छन् । आजको नेपाल समाचारपत्रले...

मोदी भ्रमणको तयारीमा जनकपुर

काठमाडौं, ११ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने भएपछि सुरक्षा अवस्थाबारे अध्ययन गर्न नेपाल र भारतीय दुतावासका अधिकारीहरुले स्थलगत अध्ययन गरेका छन् । भ्रमणको तयारी गर्न गृहमन्त्रालयमा र नेपालस्थित भारतीय दुतावासका अधिकारीहरुको टोली स्थलगत अध्ययन गरी फर्केका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । मोदीको जनकपुर भ्रमणका क्रममा प्रयोग हुने स्थान र सुरक्षाबारे स्थलगत अध्ययन गरी...

कतारमा ४२७ नेपाली अलपत्र

काठमाडौं । कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदार अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल थानीको हो । कतारका महत्वपुर्ण परियोजना बनाउने जिम्मा लिएको एचकेएनले आफ्ना कामदारलाई तलब दिन नसकेको कान्तिपुर दैनिकमा खबर छ । उनीहरुको ४ महिनादेखि ७...