आकाशमै घुम्छन् जहाज, आत्तिन्छन् यात्रु !

काठमाडौं, ११ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७ मा भवन बनेपछि त्यसपछिका सरकार न यसको विकल्प खोज्नतिर लागे, न विमानस्थलको विस्तारमा गम्भीर भए । त्यसैले एउटा मात्रै धावनमार्गको भरमा दैनिक चार सयभन्दा बढी उडानरअवतरण गर्दा विमानस्थल साँघुरो भएको छ । काठमाडौंको...

एउटा केराको मूल्य १ लाख ?

एक कोसा केराको मूल्य कति पर्ला ? ५ रुपैयाँ, १० रुपैयाँ, वा बढीमा १५ रुपैयाँ । तर, तपाईंले झण्डै एक लाख ४० हजार रुपैयाँ पर्ने केरा देख्नु भएको छ ? पक्कै छैन होला । यदि देखिहाले पनि पत्याउनु हुँदैन । यस्तै भएको छ यूकेको नटिङघमकी एक महिलालाई । बबी गोर्डोन नाम भएकी ती महिलाले एक सपिङ सेन्टरबाट अनलाइनमार्फत् केरा अर्डर...

मोदीको तेस्रो नेपाल भ्रमण तय

काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण तय भएको छ । हिन्दुस्तान टाइम्सको समाचार अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही मे २१ मा नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल र भारतका अधिकारीहरुले भ्रमणको तयारी गरिरहेको बताइएको छ । मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको समाचारमा छ । २०१४ को सार्क सम्मेलनका बेला मोदी जनपुर जान चाहेका थिए । मोदीको...

मालिन्दोको विमान धावनमार्गमा चिप्लियो, सबै यात्रु सकुशल

काठमाडौं, ७ बैशाख । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएको छ । मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेपछि रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेको छ । राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार...

हिंसा भड्काएको आरोपमा ब्रदरहुडका प्रमुख मोहमदलाई आजीवन काराबासको सजाय

काएरो, २ वैशाख (सिन्ह्वा) । इजिप्ट अदालतले शनिबार मुस्लिम ब्रदरहुड समूहका प्रमुख नेता मोहमद बादीलाई हिंसा भड्काएको आरोपमा आजीवन काराबासको सजाय तोकेको इजिप्टको राज्य सञ्चालित समाचार संस्था मेनाले जनाएको छ । इजिप्टको उच्च अदालतले उनको अपिलमाथि सुनुवाई गर्दै अन्तिम निर्णय सुनाएको हो । निर्णयअनुसार बादी तथा उहाँको समूहका १७ सदस्यले सशस्त्र हडतालमा सम्लग्नता जनाएको तथा विरोधिको हत्या प्रयास गरेको अभियोगमा...

प्रधानमन्त्रीको भारत भ्रमणः नेपालको प्राथमिकता सार्क, भारतको चासो बिमस्टेक

काठमाडौं, २० चैत । भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने औपचारिक वार्तामा प्रधानमन्त्री केपी ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औं शिखर सम्मेलनसहित सार्क प्रक्रिया अघि बढ्नुपर्ने धारणा राख्दै छन् । ओली र मोदीबीच २४ चैतमा नयाँदिल्लीको हैदरावाद हाउसमा औपचारिक वार्ता हुँदै छ । प्रधानमन्त्री ओलीले चीन, नेपाल र भारतबीच त्रिपक्षीय समझदारी नेपालले चाहेको र त्यसले तीनै देशको विकास हुने अवधारणा...

ढाँटेरै लिए उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृति

काठमाडौं, १९ चैत । सरकारी कर्मचारीको लापरवाहीका कारण गलत विवरणमा तीन जना उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृत लिएको खुलासा भएको छ । स्वास्थ्य, गृह, श्रम मन्त्रालयका कर्मचारीको लापरबाहीका कारण गलत विवरण पेश गरेका तीन जना उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृत लिएका हुन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सेफर अस्पतालका लागि तीन जना उत्तर कोरियाली चिकित्सकको श्रम स्वीकृति लिन प्रयोग भएको कागजपत्रमा कहीँ कतै...

अनुमतिविना राष्ट्रसंघको सर्वेक्षण

काठमाडौं, १६ चैत । संयुक्त राष्ट्रसंघले नेपाल सरकारसँग अनुमति नलिई संघीयता, पहिचान, जातीयताजस्ता राजनीतिसँग प्रत्यक्ष जोडिने अतिसंवेदनशील विषयमा विस्तृत अनुसन्धान गरिरहेको छ । राष्ट्रसंघको नेपालस्थित कार्यालयले प्रोसपेक्टिभ पोलिटिकल सिनारियो एनालाइसिस एक्सर्साइज इन नेपाल (नेपालमा सम्भावित राजनीतिक परिदृश्यको विश्लेषण) शीर्षकमा अनुसन्धान गरिरहेको नागरिक दैनिकमा समाचार छ । नयाँ संविधान जारीसँगै मुलुक प्रादेशिक संरचनामा गएपछि आउँदा दिनमा के–कस्ता घटना हुन सक्छन् भन्ने आँकलन...

नेपाली पर्यटन प्रचारमा चिनियाँ बस

बेइजिङ । नेपाली पर्यटन प्रवद्र्धन झल्कने गरी चीन सरकारले सडकमा गुडिरहेको बसमा लुम्बिनी र गौतमबुद्धका चित्रहरू सजिएका बसहरु सञ्चालनमा ल्याएका छन् । यतिमात्र हैन विश्वमै जीवित देवी भनेर चिनिने कुमारीको फोटो, एकसिंगे गैंडा, नेपालका मनोरम हिमालहरू, चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बोकेका हात्तीहरूसँगै पोखराको प्याराग्लाइडिङ र त्रिशूलीको ¥याफटिङका दृश्य पनि बसमा बनाइएको छ । चीनको दक्षिणमा पर्ने सबैभन्दा ठूलो सहर क्वाङचौमा नेपालीपनको...

ईयूको पक्षमा राजपा र फोरम

काठमाडौं, १४ चैत । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन पर्यवेक्षणपछि युरोपियन युनियन (ईयू) ले सार्वजनिक गरेको प्रतिवेदनको चौतर्फी आलोचना भइरहेका बेला राष्ट्रिय जनता पार्टी र फोरमले भने यसको समर्थन गरेका छन् । राष्ट्रियसभा बैठकमा मंगलबार धारणा राख्दै फोरम र राजपाका सांसद् ईयूको पक्षमा उभिएका हुन् । राजपा नेपालका वृशेषचन्द्र लालले युरोपेली संघको पर्यवेक्षणले खास आर्यलाई आरक्षणबाट हटाउन दिएको सुझाव जायज भएको...