रुसको एक शपिङ सेन्टरमा आगलागी, ३७ को मृत्यु

काठमाडौं, १२ चैत । रुसको साइबेरियास्थित एक शपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । आगालागीमा परेका एक सय जनाभन्दा बढीलाई उद्धार गरिदा केही व्यक्ति वेपत्ता छन् । स्थानीय मिडियाका अनुसार केमेरोफोको विन्टर चेली मलको चौथो तलबाट आगलागी शुरु भएको थियो जहाँ सिनेमा घर छ । मृत्यु हुनेहरु धेरैजसो सिनेमा घरमा रहेकाहरु छन् । सिनेमाघरका दुई हलका छत...

विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ, ११ चैत ।विभिन्न धर्मावलम्बीले गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएका व्यक्तिको सम्झनामा आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् । चारुमती बौद्ध विहारले आयोजना गरेको कार्यक्रममा हिन्दू, बौद्ध, शिख, किरात धर्मावलम्बीका साथै मृतकका आफन्त उक्त स्थानमा गरिएको श्रद्धाञ्जलिसभामा सहभागी भएका छन् । वटुकले वैदिक मन्त्रोचारण गरेपछि औपचारिक रुपमा कार्यक्रमको शुरुवात...

अब बैशाखदेखि उद्योगमा पनि नो लोडसेडिङ

काठमाडौं, ११ चैत । नयाँ सरकारले नयाँ वर्षको उपहार स्वरुप उद्योग क्षेत्रमा पनि लोडसेडिङ नगर्ने भएको छ । जलस्रोत, उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुनले बैशाखदेखि उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ अन्त्य गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । आइतबार प्राधिकरणको लोड डिस्प्याच सेन्टरमा पुगेका मन्त्री पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुराकानी गर्दै लोडसेडिङ नगर्न निर्देशन दिएका हुन् ।...

मानोरेलमा मलेसियन कम्पनीको चासोः अध्ययन गर्ने टोली नेपालमा

काठमाडौं, ९ चैत । काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ । मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन् । उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर ‘काठमाडौँ मोनोरेल प्रालि नामक कम्पनी’ गत माघमै स्थापना गरिसकेका छन् । मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीका अध्यक्ष डा.अमिनुद्दिन अदनान, कार्पोरेट डाइरेक्टर हेन्री जुड, निर्देशक सिएस सेल्भाराजाका साथै...

जर्मन चान्सलरमा मर्केल चौथो कार्यकालका लागि निर्वाचित

बर्लिन, ३० फागुन । जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित भएकी छिन् । जर्मनीको संसदले बुधबार उनलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा उनको लोकप्रियतालाई लिएर विश्वभरी नै चर्चा भएको छ । जर्मनीको तल्लो सदनका कूल ७०९ जना सांसदमध्ये ३६४ जनाले मर्केलको पक्षमा मतदान गरेका थिए । संसदको स्पष्ट बहुमत उनलाई प्राप्त भएकाले मर्केल...

दुर्घटनाग्रस्त विमानका चालकले काठमाडौं उड्नुअघि नै दिएका थिए राजीनामा

काठमाडौं, ३० फाुगन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानका चालक अविड सुल्तानले उडान भर्नु अघि राजीनामा बुझाएको रहस्य खुलेको छ । उनका साथीहरुलाई उदृत गर्दै बंगलादेशी सञ्चारमाध्यममा प्रकाशित समाचारमा उनले उडान भर्नुअघि ईमेलमार्फत युएस बंगलाका अधिकारीहरुलाई राजीनामा पत्र बुझाएको उल्लेख गरिएको छ । ‘अविडले नेपालको उडान भर्नु अघि नै राजीनामा पत्र बुझाएका थिए’, उनका साथीले प्रथम आलो...

अमेरिकाको लोभ देखाएर लेबनान

काठमाडौंं, २९ फागुन । आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन् । कान्तिपुर दैनिकमा खबर छ । लेबनान पुग्ने नेपाली महिला कामदारले भनेजस्तो सजिलो काम नपाउने मात्र होइन, चरम यातनासमेत भोग्ने गरेको बताइन्छ । लेबनानसमेत हेर्ने...

कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा

काठमाडौं । यसवर्षको कोरियन भाषा परीक्षा (इपिएस) जेठ २६ र २७ गते हुने भएको छ । २०७५ जेठ २६ र २७ गते दुई–दुई सिफ्टमा परीक्षा हुने इपिएस कोरिया शाखाले जनाएको छ । लिखित परीक्षा १ सय पूर्णाङ्कको र सुनाई १ सय पूर्णाङ्कको हुने छ । आवेदन भने चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता हुने इपिएस कोरिया शाखाले जनाएको छ...

पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फर्किए

काठमाडौं, २२ फागुन । दुई दिने नेपाल भ्रमण पूरा गरेका पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासी स्वदेश फर्किएका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबारै भेट गर्द मंगलबामर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । साथै मंगलबार विहान माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुले अब्बासीलाई भेटेका थिए । अब्बासी सोमबार अपराहृन काठमाडौं आएका थिए । उनलाई...

सिरिया संकटः समाधानको बाटो के ?

एजेन्सी सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी अधिकांश अबोध बालबालिकासहित चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गुमाए । बसर अल असद सिरियाली सत्तामा आएको सात वर्ष भयो । उनको आगमनसँगै सिरिया कहालिलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म पाँच लाखभन्दा बढी सिरियाली नागरिकले ज्यान गुमाइसकेका छन् । साँचो बोल्नुपर्दा, सिरियामा क्रुरता विजयी भइरहेको...