बर्लिन, ३० फागुन । जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित भएकी छिन् ।

जर्मनीको संसदले बुधबार उनलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा उनको लोकप्रियतालाई लिएर विश्वभरी नै चर्चा भएको छ ।

जर्मनीको तल्लो सदनका कूल ७०९ जना सांसदमध्ये ३६४ जनाले मर्केलको पक्षमा मतदान गरेका थिए ।

संसदको स्पष्ट बहुमत उनलाई प्राप्त भएकाले मर्केल चान्सलरमा निर्वाचित भएको तल्लो सदनका सभामुखले घोषणा गरेका थिए ।

मर्केल नेतृत्वको युनियन पार्टी र सोसियल डेमोक्र्या्टिक पार्टी (एसपीडी)ले गठबन्धन सरकार बनाउने बारेमा सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

गठबन्धन बनाएका दुई पार्टी जर्मनीका सबैभन्दा ठूला पार्टी हुन् । यस्लाई ‘ठूलो गठबन्धन’को संज्ञा दिइएको छ ।

निर्वाचन पछि मर्केलले राष्ट्रपतिलाई भेट्नु भएको छ भने तत्काल नयाँ मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् ।
यसैबीच चीनका राष्ट्रपति सि जिन पिङले फेरी चान्सलर निर्वाचित भएका एन्जेला मर्केललाई बधाई दिएका छन् ।

मर्केललाई अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरूले पनि बधाई सन्देश पठाएको सरकारी अधिकारीहरूले बताएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार