हामी विश्वका विभिन्न देश र त्यी देशका विविध स्थानहरु विचरण गर्ने हज्जारौँ सपनाहरु देखिरहेका हुन्छौँ । सोहि अनुरुप हामी मध्ये कतिपयले वर्षेनी विभिन्न मुलुकहरुको भ्रमण पनि गरिरहेका हुन्छौँ ।तर आज यहाँ हामीले नेपालकै अत्यन्तै सुन्दर जिल्ला मुस्ताङ र त्यहाँका सौन्दर्यहरु प्रस्तुत गर्ने प्रयास गरेका छौँ ।
नेपालको उत्तरपश्चिमी क्षेत्रको ३ हजार ९ सय ८२ मिटरको उचाईमा अवस्थित छ मुस्ताङ जिल्ला । यस जिल्लाको उत्तरी भाग अन्नपूर्ण र निलगीरी हिमालले ढाकिएको छ । नेपालको हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङ गरी दुई भागमा विभाजित छ । माथिल्लो मुस्ताङ ट्रेकिङहरुका लागि एकदमै चर्चित छ भने तल्लो मुस्ताङ प्राकृतिक सुन्दरताका लागि उत्तिकै प्रख्यात छ । माथिल्लो मुस्ताङमा हिमाली हावापानी पाइन्छ । धौलागिरी र अन्नपूर्ण हिमालले ढाकिएका कारण यस जिल्लामा बंगालको खाडीबाट बहेको मनसुन वायुको प्रभावबाट वर्षा हुँदैन । पश्चिमी वायुको प्रभावबाट निकै कम पानी पर्ने यस जिल्लाको स्याउ एकदमै प्रख्यात छ । सरसरती हेर्दा मुस्ताङ,प्राकृतिक सुन्दरता,चट्टान,गहिरो खोँच, एडभेन्चर खेलको गन्तव्य,उपत्यकाहरु,हिमालयन श्रृंखलाहरु,सँस्कृति, खाना तथा चाडबाड, अनि मुक्तिनाथ मन्दिर यी लगायतका कारणहरुले पनि कम्तिमा एक पटक पुग्नै पर्ने स्थानका रुपमा लिईन्छ । आउनुस् यी तस्बिरहरुसंगै मुस्ताङका विविध स्थानहरुको अवलोकन गरौँ ।
तस्बिरः रबिन्द्र सापकोटा





प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




