काठमाडौं, ३ असार । पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य जाँचका लागि आइतबार बिहान नर्भिक अस्पताल पुगेका छन् ।
मुटुका बिरामी पूर्वराजा ज्ञानेन्द्रलाई ५ असोज ०७१ मा हृदयघात नै भएको थियो । नर्भिक अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरेका उनी त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।
राजदरबारका पूर्वसचिव फणिराज पाठकले थप स्वास्थ्य समस्याका कारण नभएर नियमित स्वास्थ्य जाँचका लागि शाह आइतबार नर्भिक अस्पताल पुगेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार