काठमाडौँ । विराटनगरकी २१ वर्षीया मेघा घिमिरेका दुबै हात बिजुलीको करेन्टले लग्यो । करेन्टले हात लगेपछि उनको श्रीमान टाढिए । मेघाले भागि विवाह गरेकी थिइन् । फेसबुकबाट प्रेम बसेपछि उनीहरुले विवाह गरेको मेघाले बताइन् ।
मेघा हाल काठमाडौको जोरपार्टीका जम्बु डाँडा स्थित कोठामा बस्दै आएकी छिन् । एक सातादेखि मेघा र उनकी आमा उक्त ठाउँमा बस्दै आएकी हुन् । उनी माइती घरको संरक्षणमा छिन् । श्रीमान र उनका परिवार उनीबाट टाढिएका छन् ।
करेन्टले हात लगेको घटनापछि आफूलाई मायाँ गर्ने आफ्नो श्रीमान विस्तारै परिवर्तन हुदै गए । जब उनलाई मायाँ र सहयाेगकाे आवश्यकता थियो त्यतीबेला श्रीमान टाढिँदै गएपछि श्रीमानलार्इ उनले गर्ने गरेकाे मायाँ उनीबाट पनि हटिसकेको छ । श्रीमानले फोन नगर्ने र आफूले गर्दा पनि नउठाउने अरुलाई उठाउन दिने गर्दै आएको उनी बताउछिन् ।

उनलाई उपचार गर्न उनकी आमाले खेत बचेकी थिइन् । खेत बेचेर छोरीको उपचार गर्दै अाएकाे र उल्टै विदेश जान्छु भन्दै रु ६० हजार पैसा ज्वाईले लिएको मेघाकी आमले बताइन् । बारमबार मेघालाई पैसा मागेपछि उनले आमालाई सुनाइन् । त्यसपछि आमाले ज्वाई विदेश जाने भनेपछि विदेश गएर कमाएर छोरीलाई हेर्छ भन्दै उक्त रकम दिए ।
ज्वाई पैसा लिएर विदेश नगई उनको घर गएर बसेको र छोरीलाई बेवास्ता गरेको आमाले बताइन् । त्यसरी झुकाएर पैसा लिएपछि नर्फेको ज्वाईले अब छोरीलाई हेर्छ भन्ने झिनो आशा पनि अामामा नरहेको र मेघामा पनि आफ्नो श्रीमान फर्किन्छ भन्ने आशा नरहेको बताउँछिन । करेन्ट लागेपछि घरभित्रै बसिरहने मेघालाई उनका साथीहरु घरमै भेट्न आउने गरेका थिए ।
मेघालाई घरबाट बाहिर जान गाह्रो भएकै कारण भित्र बसिरहन्थिन् । केही समयपछि साथी र चिनजानका सहयोगमा उनी ११ कक्षामा भर्ना भइ पढ्दै छिन् । शिक्षा विषय लिएर पढ्दै गरेकी उनी लेख्ने काम खुट्टाले गर्छिन भने मोबाइल जिब्रोले चलाउछिन् । आमा , बाबा , भाई बहिनीले पनि उनलाई खान खुवाउने , कपाल कोरि दिने जस्ता सबै काम गर्दै आएका छन् । त्यस्तै १५ दिन देखि आफै शौचालय जान सक्ने भएको मेघा बताउछिन् ।
मेघा भन्छिन् , ”एक दिन युट्युवमा कृष्ण दाईको भिडियो देखे र आफूलाई जस्तै समस्या परेको उहाँलाई भेट्न जाने इच्छा थियो । तर उहाँ आफै मलाई भेट्न आउनु भयो । ” उनलाई भेटन कृष्ण ओली र रुपा दुबै उनकै कोठमा पुग्दा धेरै खुसी लागेको सुनाइन् । कृषणले रुपा श्रीमती पाएकोमा धेरै भाग्यमानि रहेको बताउँदै केटी मान्छे र केटा मान्छेको मन फरक रहेको बताइन् ।
सानो बेलाको याद गर्दै मेघाकी अमाले मेघा नाच्नेमा बढी रुची देखाउने बताइन् । ठूलाे हुँदै गएपछि खेलमा धेरै रुचि राख्ने मेघा विवाहापछि आर्मी पुलिस बन्ने चाहाना राखेकी थिइन् । तर मेघालाई श्रीमानले आर्मी पुलिस बन्नबाट पनि बन्चित लगाएको मेघा बताउँछिन् । उनको श्रीमानलाई त्यो क्षेत्र मन नपरेकै कारण उनले आफ्नै इच्छा दबाइन् ।

अहीले मेघा आफूले सक्ने केही काम पाए गर्ने बताउदै विषेश गरी मिडियाको समाचार बचीका बन्न रहर भएको उनी बताउछिन् । उनलाई अहीले सहयोग आउन थालेको छ र अझै बढी सहयोग गरी दिन सहयोगको अपिल गछिर्न ।
आएको सहयोगबाट आफ्नो हात राखेर पहिलेको जस्तै हातले काम गर्ने र आफू जस्तै घटना घटेकालाई खोजि खोजि सहयोग गर्ने उनले बताइन् । उनी भन्छिन म जस्तै धेरैले यस्तो पिडा बोकेका छन् अरुले पनि । त्यसैले उनीहरुलार्इ पनि यसरी बाहिर आउन आग्रह गर्छिन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




