गुलरिया : बर्दियाको गेरुवा गाउँपालिका- ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छन्। ०६३ चैत्र १३ गते जन्मिएकी बस्नेतले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी हुन्।
घरमै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहेपनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण छ। यतिखेर उनी शरीर सुन्निने र ज्वरो आउने समस्याबाट पीडित छन्। गाउँकै सरस्वती आधारभुत विद्यालयको कक्षा ७ मा पढ्दै गरेकी १४ वर्षीय नन्दबहादुर रावतसँगको विवाह गरेकी भावनालाई यतिखेर कष्टपूर्ण जीवन बिताइरहेकी छन्। एउटै विद्यालयमा सँगै पढ्दै गरेका भावना र नन्दबहादुरको पछिल्लो अवस्थाले उनीहरुलाई मात्र होइन देख्ने सुन्ने जोकोहीको मन पनि पिरोलिन्छ।

शारीरिक, मानसिक तथा आर्थिक रुपमा परिपक्व भएपछि मात्र विवाह गर्दा राम्रो हुन्छ। तर उनीहरुको अवोध सम्बन्धले विवाहपूर्व कलिलो उमेरमै सुत्केरी भएपछि समाजको अवस्थालाई समेत उजागर गरिदिएको छ। एकातिर सुत्केरी अवस्थाको पीडा त छदैछ अर्कोतिर उनलाई आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न समेत धौधौ छ। सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुपर्छ तर आर्थिक अभावका कारण पौष्टिक आहार त परको कुरा भयो पेटभरि समेत खान पाएकी छैनन्।
शरीर कमजोर छ, हिँडडुल गर्न पनि सक्दिन, दुई साताकी सुत्केरी भावनाले आफ्नो पीडा सुनाइन्। बच्चालाई प्रर्याप्त दूध पुग्दैन।उनलाई माइतीले अहिलेसम्म भित्र्याएका पनि छैनन्।मालिकाफाँटा गाउँपालिका जुम्लास्थित घर भएका नन्दबहादुरको आमा सानैमा बेतेको र बावुले दोस्रो विवाह गरेपछि उनी बर्दियास्थित दिदीको घरमा बसेर पढ्दै थिइन्।
भावनाले थपिन्,’ घर पनि छैन, माइतीको पुरानो भान्छाको छाप्रोमा एक्लै बस्दै आएकी छु। जुम्लामा रहेको घर सम्पत्तिको बारेमा केही थाहा नभएको उनले बताइन्। दिदीको घरमा बसेर पढ्दै आएका नन्दबहादुर पनि आर्थिक संकटका कारण गाउँमै मजदुरी गर्दै आएको उनले बताइन्। भेट्नका लागि दिउँसो झुप्रोमा आएपनि रातको समयमा भने आफू एक्लै बस्ने गरेकी छु।चैत्र महिनादेखि परीक्षा सुरु हुने भएकाले आफूलाई पढ्ने इच्छा रहेको उनले व्यक्त गरिन्। कसैको सहयोग पाए छोरीसहित आफू परिवारसँगै बस्ने इच्छा भएको उनले बताइन्।
गेरुवा गाउँपालिका- ४ की वडा सदस्य जयभेला भेरीकारले उनीहरुको सामाजिक सहजीकरणमा भूमिका खेल्दै आएकी छन् । ग्रामीण समाजमा आउने अपहेलना विरुद्ध उनले वकालत गर्दै आएको बताइन्।वडा सदस्य भेरीकारले सुरुमा छिमेकीले खानपिन गराएको र अहिले उनकी आमाले खाना दिने गरेको बताइन्।
भावनाको विवाह पछि माइतीमा किचलो भएकाले सुत्केरीको उचित स्याहारसुसार नभएको उनको बताइन।उनले भनिन्,’ सुत्केरी आफैलाई स्याहार्न त मुस्किल छ, शिशुको कसरी रेखदेख गर्छिन?’ कुनै मनकारीले उनको पढाइ, स्वास्थ्यलगायत बासस्थानको व्यवस्थापन गरिदिए ठूलो पुण्य हुनेथियो,उनले भनिन्।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




