काठमाडौं। पछिल्लो समय निकैनै लोकप्रिय बनेको एपि वान टेलिभिजनबाट प्रसारित कार्यक्रम को बन्छ करोडपतिमा चर्चित सञ्चारकर्मी रवि लामिछाने जाने भएको छ । उनले उक्त कार्यक्रममा सहभागी हुनको मुल उदेश्य भनेको राष्कोट अस्पताल निर्माण सहयोगार्थको लागि सहभागी हुन लागेको जानकारी दिएका छन् ।

महानायक राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रममा धेरै चर्चित अनुहारहरुले भाग लिँदै आइरहेका छन् । यो भन्दा अगाडि पनि अभिनेत्री प्रियंका कार्की ,आयुष्मान देशराज जोशी , त्यस्तै अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला निर्माण सहयोगार्थ भद्रगोल टिम पनि सहभागी भइसकेको छ ।

यो हप्ता प्रसारित हुने को बन्छ करोडपति कार्यक्रममा सञ्चारकर्मी रवि लामिछाने लगायत जेठ ३ गतेबाट प्रदशर्न अाउने चलचित्र जात्रै जात्राको टिम दयाहाङ राई बिपिन राई सँग अन्यकलाकार हरुलाई देख्न हेर्न पाउने भएको छ। Exclusive : रबि लामिछानेले जिते करोडपतीमा यति धेरै पैसा ! राजेश हमलाको गरे तारिफ ! रबिले गाए गीत।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार