एजेन्सी। आजको आधुनिक र फिटनेसप्रति सजक संसारमा मानिसहरु र खासगरी युवतीहरु आफ्नो फिगरको विषयमा निकै जागरुक रहन्छन् । चाहे जिममा घण्टौं पसिना बगाउनु परोस् वा आफ्नो डाइटमा परिवर्तन गर्नु परोस् युवतीहरु फिगरको लागि सबैतिर ध्यान दिन भ्याउँछन् । तर तपाइँलाई थाहा छ विज्ञमनका अनुसार कुन महिलाको फिगर सबैभन्दा उत्कृष्ट छ ? महिलाको फिगर फिट छ भनेर कुन कुन आधारमा भन्न सकिन्छ ?

टेक्सास युनिभर्सिटीका वैज्ञानिकहरुले एउटा अनुसन्धान गरेर यो पत्ता लगाएका छन् कि संसारमा कुन महिलाको फिगर सबैभन्दा उत्कृष्ट छ । ती महिला हुन् बेलायती मोडल केली ब्रुक । केलीको फिगरलाई वैज्ञानिकहरुले सबैभन्दा उत्कृष्ट मानेका छन् । वैज्ञानिकका अनुसार न त केली दुब्ली छन् न मोटी । उनको शरीरको हरेक भाग एकदमै फिट छ । वैज्ञानिकहरुले यो अनुसन्धानको लागि मानिसहरुसँग एक जना परफेक्ट फिगर भएकी महिलाको शरीरको नाप कस्तो हुनुपर्छ भनेर सोधेका थिए । मानिसहरुले ती महिलाको शरीरको हरेक भागको साइजसहित अनेकौं मापदण्डहरु बताएका थिए । तिनै मापदण्डहरुको आधारमा परफेक्ट महिलाको खोजी गरिएको थियो । वैज्ञानिकका अनुसार केलीको शरीर यी सबै मापदण्डमा उत्कृष्ट छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार