श्रावण २२, २०७३-अर्बपति भन्नेबित्तिकै सबैकुराले सन्तुष्ट र सम्पन्न भएको व्यक्ति भनेर धेरैको मानसपटलमा आउने गर्छ । अझ उनका सन्तानलाई कुनै कुराको कमी होला भनेर कल्पनासम्म गर्न सकिन्न । तर, त्यसो होइन रै’छ । अमेरिकी पेपर टाइकुन र विश्वकै अर्बपतिमा दरिएका पिपर ब्रान्टका छोरा ह्यारी ट्याक्सी भाडा तिर्न नसकेर समातिए ।
त्यो पनि मात्र २८ अमेरिकी डलर । यो अति न्यून रकम तिर्न नसकेपछि उनी भाग्न खोजेका थिए । ह्यारीसँग अर्को परिचय पनि जोडिएको छ, त्यो हो उनी एक जना पूर्व सुपर मोडेल स्टेफानी सेमोरका सन्तान पनि हुन् । हिजोआज छोराको खराब चर्तिकलाले पिटर र सेमोर चर्चामा छन् ।
अमेरिकी राज्य कन्नेक्टिकटको ग्रिनबिचमा आमाबुबासँगै बस्दै आएका २० वर्षीय ह्यारी ब्रान्ट ट्याक्सीको भाडा तिर्न नसकेर भागेपछि बिहीबार पक्राउ परे हस्ट्याम्फोर्ड ट्याक्सीले भाडा मागेपछि आफूसँग तिर्ने पैसा नभएको भन्दै भागेका थिए । भाडा नतिरीकनै भाग्न थालेपछि ट्याक्सी चालकले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी आएर उनलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो। पक्राउ लगतै ह्यारी पसिनाले लुथ्रुकै भिजेका थिए ।
प्रहरीका अनुसार उनको अनुहार कालो निलो भएको थियो । सुरुमा उनले प्रहरीसमक्ष आफ्नो परिचय खुलाउन चाहेनन् । त्यसपछि उनको खानतलासी गरियो, उनीसँग कुनै परिचयपत्रसमेत भेटिएन । धेरै समयको केरकारपछि पनि उनको परिचय खुलेन । स्थानीय एक अधिकारीले ह्यारीलाई चिनेपछि बल्ल उनी अर्बपति पिपरको छोरा भएको खुलेको थियो । आफ्नो परिचय खुलाउनुको साटो उनी प्रहरी अधिकारीसँग धेरै बेर बहस मात्र गरेका थिए । त्यसै क्रममा प्रहरीले उनीसँग भएको पर्सको जाँच गर्दा लागू पदार्थसमेत बरामद गरेका थिए ।
प्रहरीले पक्राउ गर्दा सुरुमा उनले आफू ट्याक्सीमा नचढेको दाबी गरेका थिए । ट्याक्सीको भाडाबारे जति पटक सोधे पनि ‘नो–नो’ बाहेक केही भनेको थिएनन् । ग्रिनबिच
टाइम्सका अनुसार सोधपुछका क्रममा समेत उनी भाग्ने प्रयास गरेका थिए । प्रहरीले ह्यारीलाई पक्राउ गर्न खोज्दा पाखुरा सुर्कनुका साथै लात्तीसमेत उचालेका थिए । धेरै बेरको बाझाबाझपछि उनलाई ग्रिनबिच प्रहरीमा लगिएको थियो । त्यहाँ उनले आफूसँग भाडा तिर्नका लागि रकम नभएकाले नतिरेको स्विकारेका थिए । पक्राउ परेका ब्रान्ट पछि अदालतमा उपस्थिति हुने कागजमा सहीछाप गरेपछि छाडिएको थियो । उनका वकिलले यसबारे केही बताउन चाहेनन् । ह्यारी मात्रै होइन अर्का छोरा पिटर ब्रान्ट जुनियरको खराब आचरणका कारण पनि अर्बपति पिटर बद्नामीको सामना गर्नुपरेको छ ।
ब्रान्ट जुनियरले यसै वर्षको अप्रिलमा न्युयोर्कस्थित एउटा रेस्टुरेन्टमा २ हजार अमेरिकी डलर नतिरीकनै हिँडेका थिए । यसैगरी उनी मार्चमा न्युयोर्कस्थित जोन एफ केनेडी
विमानस्थलका कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा ५ हजार अमेरिकी डलर तिरेर तारिखमा रिहा भएका थिए ।
ह्यारीका बुबा पिटर एम ब्रान्ट एक जना चर्चित अमेरिकी उद्योगी, व्यापारी, कला संग्रहकर्ता र सामाजिक अभियन्ता हुन् । हाइट बिर्च पेपर, ब्रान्ट पब्लिकेसन्स र फाउन्डेसनका अध्यक्ष पिटर हालका अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पका बालसखा हुन् । उनका बुबा मुर्रे ब्रान्ट रोमानिया र बुल्गेरियाको सीमा नजिकै एउटा सानो सहरमा ७० को दशकताका पेपर कन्भर्टरको सह–संस्थापक भएर काम गरेका थिए । पछि त्यो काम पिटरले गर्न थाले । त्यसले यसका लागि एउटा मिल नै स्थापना गरेर मनग्य धनार्जन गर्न उनी सफल भएका थिए ।
पिटरको व्यक्तिगत जीवन अत्यन्तै संघर्षपूर्ण छ । उनले आफ्नो जीवनमा धेरै उतार–चढाव भोगेका छन् । वैवाहिक जीवन पनि राम्रो रहेन । उनले पटकपटक विवाह गर्नुपर्यो । पिटरले पहिलो विवाह सान्द्रा सिम्मससँग गरेका थिए । सान्द्राबाट उनले पाँच सन्तान पाएका थिए । पछि सान्द्राले एक जना लेखकसँग विवाह गरेपछि पिटरले सुपर मोडेल स्टेफानीसँग बिहे गरे ।
स्टेफानीबाट उनले दुई सन्तान पाए । तीमध्ये एक हुन ह्यारी । कान्छो छोरा ह्यारीको गलत क्रियाकलापका कारण पिटर पटक–पटक चर्चामा आउने गरेका छन् । यता स्टेफानीसँग पिटरको पारपाचुकेको प्रसंग पनि सञ्चारमाध्यमहरूमा आएकै छ । केही वर्षअघि कर छली गरेको विषयमा छानबिनको दायरामा परेका थिए । ‘द रिचेस्ट डट कम’ का अनुसार सन् २०१० मा पिटरको कुल सम्पति २ दशमलव ७ अर्ब अमेरिकी डलर रहेको थियो ।
(एजेन्सीहरूको सहयोग)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




