सन् १९७८ मा अमेरिकाको तत्कालीन योमिङ राज्यमा सक्रिय अपराधिक ग्याङका नेता प्यारोटले दुई सरकारी अधिकारीको हत्या गरेर उनीहरूको छालाबाट आफ्ना लागि जुत्ता बनाएका थिए ।
मानिसको छालाको कभर

हर्वड विश्वविद्यालयको पुस्तकालयमा अवस्थित मानव शास्त्रसम्बन्धी एउटा पुस्तकको कभर मानिसको छालाद्वारा बनाइएको हो । १७ औं शताब्दीमा तयार पारिएको उक्त ७ सय ९४ पृष्ठको प्राक्टिकारम क्वेसनम सिरका लेगस रेगियास शीर्षकको पुस्तकमा चिकित्सा विज्ञानसम्बन्धी तथ्यहरू संकलन गरिएको छ ।

४ अगस्त १६३२ मा अफ्रिकी महादेशको कुनै एक देशका तत्कालीन शासक म्वेशाले उक्त पुस्तकलाई सुरक्षित राख्ने जिम्मेवारी पुस्तकका लेखकलाई नै दिएका थिए । ती पुस्तकका लेखक (नाम नखुलाइएको)ले आफ्ना मित्र जोनास राइटको अचानक निधन भएपछि उनकै छाला प्रयोग गरेर उक्त पुस्तक वाइन्डिङ गरेका थिए । उक्त पुस्तक अझै सुरक्षित छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार