हुम्ला, ५ पुस– खापुनार्थ गाउँपालिका वडा नम्बर–५ की २० वर्षीय सुशीला शाहीको घरमा शौचालय बनेको लामो समय भइसक्यो । उनका परिवारका सबै सदस्य शौचालय प्रयोग गर्दछन् । तर सुशीला भने महिनाको पाँच दिन शौचालय प्रयोग गर्न पाउँदिनन् ।
महिनावारी भएपछिका पाँच दिन उनलाई शौचालय प्रयोगमा बन्देज छ । महिनावारी बार्न उनी छाउगोठ बस्छिन् । घरको आँगन टेक्नसमेत पाउँदिनन् ।
छाउगाठ बस्दा शौच गर्न जंगल जानुपर्ने शाहीले बताइन् । सुशीला मात्र होइन, हुम्लाको प्युसका गाउँका अधिकांश महिला महिनावारी हुँदा शौचालय जान पाउँदैनन् । शौचका लागि जंगल जाँदा महिला असुरक्षित हुने गरेका छन् । राति सर्पलगायत जंगली जनावरले टोक्ने गरेको स्थानीय महिलाको गुनासो छ!

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार