मसिर २ काठमाडौं-

माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल आकाश्मिकरुपमा आईतबार विहान अस्पताल भर्ना भएका छन्।

उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना भएको स्रोतको भनाई छ। उनलाई के भएको भन्नेबारे अहिलेसम्म केही खुलाइएको छैन तर पनि उनकी विहानै वेहोस अवस्थामा हस्पिटल ल्याईएको अस्पताल श्रोतले जानकारी दिएको छ ।

चुनावी कार्यक्रम विराटनगर रहेका प्रचण्ड काठमान्डौ आउने तयारी रहेका छन भने उनका अन्य परिवार पनि काठमान्डौ आउने जानकारी आएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार