काठमाडौं, १८ बैशाख । डाक्टरले औषधि वितरक, उत्पादक कम्पनी वा सेवाग्राहीबाट व्यापारीक हितका लागि नगद वा अन्य उपहार लिएको प्रमाणित भए दर्ता अनुमति खारेज हुने भएको छ ।
डाक्टरले के लिने र नलिने, पुर्जामा कस्तो औषधि कसरी लेख्ने लगायत पक्ष समेटेर तयार पारेको आचार संहिता २०७३ स्वास्थ्यमन्त्री गगन थापाले आइतबार प्रमाणीकरण गरेपछि लागू भएको हो । स्वास्थ्यमन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालका अनुसार संहिता विपरीत काम गर्नेलाई अब कानुनी रुपमै कारबाही गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार