भान्छाकोठा घरको सबैभन्दा खास ठाँउ मध्येको एक हो किनकी यहि ठाउँ घरको वास्तु अनि मानिसको स्वास्थ्यसंग जोडिएको हुन्छ । भान्साकोठालाई लिएर निकै कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ। ध्यान नदिँदा घर परिवारका सदस्यको लागि गरिबी अनि समाजमा अपमानको कारण बन्न सक्छ।
भान्साकोठामा के के गल्ती हुनु हुदैन, पढ्नुस्:
गल्ती १: भान्साकोठा भित्र मन्दिर हुनु
जहाँ भान्साकोठाको भित्र मन्दिर वा पूजास्थल राखिन्छ, त्यहाँ बस्ने मानिसको दिमाग सदैव रिसले बास गर्छ। परिवारका सदस्यमा रगत सम्बन्धि समस्या हुन सक्दछन्।
उपाय: मन्दिरलाई भान्साकोठाबाट हटाएर कतै अन्त स्थापित गर्नुस्।
गल्ती २: भान्साकोठा भित्र अन्न भण्डार हुनु
भान्साकोठा भित्र अन्न भण्डार हुँदा घरमालिकलाई नोकरी तथा व्यापारमा कठिनाइको सामान गर्नुपर्ने हुन्छ।
उपाय: यसबाट बच्नको लागि अन्न भण्डामा चाँदीका सिक्का राख्नुस्।
गल्ती ३: भान्छाकोठा र बाथरुम सीधा पर्नु
भान्छाकोठाको अगाडी बाथरुम भएको घरमा बस्नेको स्वास्थ्य ठिक हुँदेन। साथै कन्याको जीवन अशान्त रहने गर्छ।
उपाय: बाथरुममा कचौराभरी नुन राख्नुस् र समय-समयमा बदलीरहनुस्।
गल्ती ४:घरको मुल ढोकाको सामु भान्साकोठा बनाउनु
घरको मुल ढोकाको सामु भान्साकोठा बनाउनु हुँदैन। मुल गेटको सामुको भान्साकोठा घरका सदस्यको लागि अशुभ मानिन्छ।
उपाय: मुल ढोका र भान्छाकोठाको बीचमा पर्दा लगाउनुस्।
गल्ती ५:
यदि भान्छाकोठा संगै पानीको ट्याङ्की छ भने भाइहरुमा मतभेद रहने हुन्छ। घरमालिकलाई धन कमाउन समस्या आउने गर्छ।
उपाय: ट्याङ्की वा धारामा क्रिस्टल झुण्ड्याउनुस्।
गल्ती ६: भान्साकोठा मुल ढोकासंगै जोडिनु
यस्तो भएमा पति-पत्नी बीच बिनाकारण मतभेद पैसा हुन सक्छ।
उपाय: भान्साकोठाको ढोकामा रातो रंगको क्रिस्टल लगाउनुस्।
गल्ती ७: ननुहाई भान्सकोठा प्रवेश गर्नु
यस्तो गर्दा भान्साकोठामा नकारात्कम उर्जा आउँछ र घरका सदस्यामा चिढचिढापन र आलस्यता बढ्छ।
उपाय: ननुहाई भान्साकोठामा प्रवेश नगर्नुस्
गल्ती ८: भान्सामा आगो, पानीको सुविधा पर्याप्त नहुनु
यस्तो हुँदा घरका सदस्यको स्वास्थ्य र व्यापारमा नकारात्कम असर पर्छ।
उपाय: यसबाट बच्न भान्साकोठामा दैनिक चन्दनको अगरबत्ती बाल्नुस्।
गल्ती ९: भान्साकोठालाई घरको दक्षिण-पूर्वमा नबनाउनु
भान्सा घरको दक्षिण-पूर्व दिशामै बनाउनु पर्छ। यस्तो हुनु परिवारका सदस्यको लागि लाभकारी मानिन्छ।
उपाय: यस्तो नभएमा भान्साकोठमा माटोको कचौरामा क्रिस्टल राख्नुस्।
.
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




