काठमाडौं, वैशाख १० । इन्टरनेट सेवाप्रदायक वल्र्डलिंकले ग्राहकलाई सस्तोमा फाइबर इन्टरनेट उपलब्ध गराउन नयाँ योजना ल्याएको छ ।

कम्पनीले नयाँबर्ष लागेपछि ५ एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट १ हजार ३ सय ५० रुपैयाँमै उपलब्ध गराउने भएको हो । यस्तै १० एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट १ हजार ६ सय रुपैयाँमा उपलब्ध गराउने छ । कम्पनीले भोलुम बेस २५ एमबिपिएस र ५० एमबिपिएस इन्टरनेट लिनेहरुलाई थप भोलुम इन्टरनेट उपलब्ध गराउने भएको छ ।

वल्र्डलिंकका अनुसार साना कार्यालय र होटलका लागि उपयुक्त ३ एमविपिएस गतिको इन्टरनेट २ हजार रुपैयाँमै उपलब्ध गराइने जनाइएको छ । यस्तै मध्यम खालका कार्यालय रहोटलका लागि उपयुक्त६ एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट ३ हजार ४ सय ५० रुपैयाँमै उपलब्ध गराउने जनाएको छ । कम्पनीले यी सबै योजनामा न्युनतम शुल्क जोडेर इन्टरनेट प्रोटोकल (आइपी) टिभी समेत उपलब्ध गराउने जनाएको छ । वल्र्ड्लिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा समेत प्रदान गर्दै आएको छ । कम्पनीका देशभर ८० हजार भन्दा बढी ग्राहक छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार