एनसेलले देशको विभिन्न चार सहरहरूमा यही पुस ८ देखि एनसेल मेला ०७४ को आयोजना गर्ने भएको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरूसँग थप नजिक हुदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोबाइल ब्रोडव्यान्ड सेवा लंग टर्म इभोलुसन-फोरजीको अनुभव प्रदान गर्न, एनसेलले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा एनसेल मेला आयोजना गर्न लागेको हो । यी चारै सहरहरूमा एनसेलले छोटो अवधिमा नै आफ्नो फोरजी सेवा विस्तार गरिसकेको छ । आयोजना हुन गइरेहको मेलामा गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधिहरू फोरजी थिममा आधारित हुनेछन् र आगन्तुक तथा दर्शकहरूले चर्चित गायक तथा सांगीतिक समूहहरूको प्रस्तुतिहरूबाट भरपुर आनन्द लिन सक्नेछन् । पुस ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरिनेछ । यो मेला पुस १५ गते विराटनगरको हाटखोलामा, पुस २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुस २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना हुनेछ । यी प्रत्येक सहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्टसहित साँझ ६.३० सम्म चल्ने कम्पनीले जनाएको छ ।
मेलामा आउने सबै उमेर समूहका दर्शकहरूको मनोरञ्जनलाई ध्यानमा राखी विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन् । मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरूमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरू पाउन सक्नेछन् । चर्चित कलाकार तथा सांगीतिक समूहहको प्रस्तुति, गेम स्टलहरू, किडस् जोन र फुड स्टलहरू मेलाका केही विषेश आर्कषणहरू हुन् । स(साना बालबालिकाहरूको गायन प्रतिभा उजागर गर्न मेलामा ‘लिटल नेपाली आइडल’ कार्यक्रमको पनि आयोजना गरिनेछ । मेलाको अरू आकर्षणहरू पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरू हुनेछन् भने बालबालिकाहरूका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरूलगायत विविध आकार्षणहरू रहनेछन् ।
आगन्तुकहरूले मेलामा, देशको १९ सहरहरूमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै विषेश एनसेल फोरजी जोनमा फोरजी चलाएर टेष्ट पनि गर्न सक्नेछन् । दर्शकहरूले मेलामा नै आवश्यक कागजातहरू बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् । मेलामा कलाकारहरू शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), सांगीतिक समूहहरूमा कबवेभ, द एज र स्याडोज्ले आफ्नो प्रस्तुतिहरू राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीले पनि मेलामा भाग लिनेछन् । त्यसैगरी, मेलाको अरु आकर्षणहरूमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरू पनि रहनेछन् ।
“हामी सन् २०१७ को बिदाइ नजिक छौ । यो समय भनेको सबै साथीभाइ र परिवारजनसँग खुसीयाली साट्दै नयाँ वर्ष २०१८ को स्वागत गर्ने बेला हो,” एनसेलका प्रमुख कर्मशियल अधिकृत कोकलियोङ यापले भने । “हामीलाई आशा छ सबै जना आ(आफ्ना साथीभाई र परिवारका साथ यो मेलामा सहभागि भई रमाइलो गर्नु हुनेछ । मेलामा चर्चित कलाकारहरूको प्रस्तुतिबाहेक अन्य थुप्रै रमाईला कार्यक्रमहरू पनि समावेश गरिएका छन् । मेलामा आउन नसक्नेहरूले पनि हाम्रो १९ सहरमा फैलिएको फोरजी नेटवर्क मार्फत ‘योण्डर म्युजिक’ र ‘आईफ्लिक्स’ मुभिज्को मजा लिनुहुनेछ भन्ने आशा लिएका छौं । ”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




