नेपालमा पहिलो पटक डाइनेटिक्सको गोष्ठी

काठमाडौँ, २६ फागुन । डाइनेटिक्स इन्टरनेशनलको सहकार्यमा साइन्ट्रोलोजी भोलेन्टिय नेपालको आयोजनामा डाइनेटिक्स सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मानसिक स्वास्थ्यको आधुनिक विज्ञान भनेर चिनिने डाइनेटिक्सको गोष्ठी नेपालमा पहिलो पटक आयोजना गरिएको हो । डाइनेटिक्समा रुची राख्ने १०५ जनाको सहभागिता रहेको यो गोष्ठी दक्षिण एशियाकै ठुलो र विश्वका ठुला गोष्ठीहरु मध्येको एक रहेको आयोजकको दावी छ । चावहिल स्थित स्तुपा ग्राण्डमा...

प्रतिविम्बको प्रथम स्काउट दिक्षान्त समारोह सम्पन्न

काठमाडौँ । प्रतिविम्ब ओपन स्काउट क्र्यूले आज प्रथम स्काउट दिक्षान्त समारोह सम्पन्न गरेको छ । क्र्यूमार्फत १८ जना रेञ्जर स्काउट र ८ जना रोभर स्काउट दिक्षित भएका हुन् । क्र्यूका अध्यक्ष श्याम लामाको अध्यक्षतामा सम्पन्न दिक्षान्त समारोहमा जिल्ला स्काउट कार्यालय काठमाडौँका जिल्ला समन्वय आयुक्त शिवराम अर्यालले दल समितिलाई स्काउट प्रतिज्ञा गराई स्कार्फ प्रदान गरेका थिए । त्यसैगरी रोभर स्काउटहरुलाई रोभर...

रुद्र थापा अभिनित “आइलभ यु” सार्वजनिक

काठमाडौं । गायक प्रभात थापाको नयाँ गीत “आइलभ यु” युटुव मार्फत सार्वजनिक भएको छ । गायक थापा कै शव्द संगीत रहेको गीतको भिडियो हाइलाइट म्युजिक मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियोको एस.बी भट्टले सम्पादन र ल्हाक्पा शेर्पाले निर्देशन गरेका हुन् । गीतको भिडियोमा रुद्रसिंह थापा, सतिष थापा र सुष्मा ठकुरीले अभिनय गरेका छन् । उक्त गीतको भिडियो इटहरी, जावालखेल, चोभार...

चलचित्र अनुरागमा एलिजा र सरोजले ‘कान्छा दाई गाना बजाईदेउन’ भन्दै यसरी नृत्य गरे (हेर्नुहोस भिडिय)

काठमाडौँ । निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘कान्छा दाई गाना बजाईदेउन…’ बोलको उक्त क्लब भर्सनको गीत उत्कृष्ट बनेको निर्देसक चौलागाईंले बताएका छन् । गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ भने तारा र ममता गुरुङले स्वर दिएका छन् । विक्रम स्वारको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा कार्टुन क्र्यूका सरोज अधिकारी र नायिका एलिजा...

राजनैतिक दलको कव्जामा स्काउट, कानुन विपरित गरिदै छ निर्वाचन

काठमाडौं, माघ १४ । नेपाल स्काउट ऐन नियम अनुरुप प्रत्यक ४ वर्षमा निर्वाचन हुनु पर्ने भए पनि विविध कारणले समयमा निर्वाचन हुन नसकेको भन्दै आगामी चैत्र १४ गतेका दिन निर्वाचन गर्न नेपाल स्काउट तदर्थ समितिले तयारी थालेको छ । देश संघिय संरचनामा गई सकेको र ऐन संसोधन प्रक्रियामा रहेको बेला पुरानै ढाँचामा निर्वाचनको तयारी गरिएको भन्दै युवा स्काउट लिडरहरुले...

बाढी पिडितका लागी नेपाल स्काउट मार्फत राहत हस्तान्तरण

लगातारको बर्षाका कारण तराईमा भएको बाढी र डुवानमा परेकाहरुका लागी नेपाल स्काउटले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा राहत संकलन कार्यक्रम गर्दै आएको छ । यसैक्रममा इजिलिङ्क रेमिट्यान्स, लाइन्स क्लव अफ प्याराडाइज र जापानको टोक्यो स्थित सिँयुवा सहरमा रहेको नम्मर वान ट्राभलसले पनि संयुक्तरुपमा सहयोग गरेको छ । सो सहयोग रकम इजिलिङ्क रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पी. अर्यालले एक कार्यक्रमका बिच नेशनल...

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ३० पुग्यो, उद्दार कार्य जारी

साउन २८ काठमाडौँः बाढी पहिरोबाट देशभरमा मृत्यु हुनेको संख्या ३० पुगेको छ। गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी बाढी पहिरोबाट देशभरमा ३० जनाको मृत्यु भइसकेको जानकारी दिएको हो। झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जनाको मृत्यु भएको छ भने, कैयोँ बेपत्ता...

बाढिपहिरो पीडितलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

साउन २८ काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पीडितलाई राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण बर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जन भन्दा बढीले ज्यान गुमाएका छन् । सिन्धुलीमा पहिरोमा परी एकैपरिवारका चारको मृत्यु...

क्षेत्रिय विकासका लागि बिमस्टेक महत्वपूर्ण: देउवा

साउन २६ दक्षिण तथा दक्षिण पूर्वी एसियाका सातवटा देश सामेल बिमस्टेकको शुक्रबार हुने मन्त्रिस्तरिय बैठकमा स्वतन्त्र व्यापार सम्झौता, विद्युतिय ग्रीड एकआपसमा जोड्ने, तथा प्रविधिको आदान प्रदान जस्ता विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि गरिएका प्रतिबद्धता अनुरुप ठोस प्रगति हुन नसकेको भन्दै त्यसको समिक्षा गरिने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार राजधानीमा १५ औं मन्त्रीस्तरिय सम्मेलनको उद्घाटन सत्रको सम्बोधन...

माओबादी सकिएको ओलीको दाबी

साउन २६ काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले देशको विकास, जनताको विकास गर्न, राष्ट्रको सार्वभौकिता बचाई राख्न समर्पित पार्टी भएको बताएकाे छन् । विहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएको हो । नेकपा एमाले माक्सवादी दर्शनमा आधारित पार्टी हो । खोक्रो राष्ट्रवादले देशलाई सिध्याउने काम मात्र गर्ने भएकोले नेकपा एमाले भ्रमपूर्ण प्रचारमा नलागी...