सर्वोच्चले मधेसमा स्थानीय तह बढाउने बाटो खोल्यो
साउन २६ काठमाडौं : प्रचण्ड नेतृवको सरकार छदाँ दुई नम्बर प्रदेशमा स्थानीय तहको सङ्ख्या बढाउने निर्णय हुँदा त्यसको विरोधमा अदालतमा रिट परेको थियो । त्यसैको अलवा जेठ १२ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको इजलासले स्थानीय तहको सङ्ख्या नथप्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसको ३ महिना नवित्दै बिहीबार प्रधान न्यायाधिश गोपाल पराजुली र न्यायाधिश पुरुषोतम भण्डारीको...
संविधान कार्यान्वयनमा सरकार संवेदनशील नभएको प्रमुख प्रतिपक्षी आरोप
साउन २६ प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान कार्यान्वयनमा सरकार संवेदनशील नभएको आरोप लगाएको छ । व्यवस्थापिका समितिको बिहीबारको बैठकमा बिशेष समय लिएर बोल्दै एमाले सांसद अग्नी खरेलले पछिल्लो वर्ष जम्मा १४ वटा कानुनका मस्यौदा मात्र संसदमा सरकारले ल्याएको भन्दै संबिधानकायान्वयनमा सरकार संवेदनशिलनभएको आरोप लगाएका हुन् । उनले निर्वाचन क्षेत्र निर्धारण आयोगको कामकारवाही प्रति पनि प्रश्न उठाए । संविधानले जनसंख्या र भौगोलिक...
चलचित्र निर्माता संघको काममा निर्माता संघ नेपालले कसरी गर्यो अवरोध ?
काठमाडौं: चलचित्र निर्माता संघका महासचिव रोज राणाले चलचित्र निर्माता संघ नेपालले कानुनी झमेला सिर्जना गरेको कारण आफ्नो संघको कार्य योजना समयमा पुरा हुन नसकेको बताए । चलचित्र निर्माता संघको ६ महिने कार्यपत्र सार्वजनिक कार्यक्रममा रोज राणाले नयाँ निर्माता संघले आफ्नो काममा अवरोध गरेको बताएका हुन् । फिल्म निर्माता नवल खड्काको नेतृत्वमा गत मङ्सिरमा नयाँ निर्माता संघ गठन भएको थिए ।...
गृह मन्त्रालयले ३१ जिल्लाका सीडीओको सरुवा गरे, को-कँहा हेर्नुहोस् ? (सूचीसहित)
साउन २६ काठमाडौं: गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहेका बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालयमा तानिएको छ । जनार्दन शर्मा ‘प्रभाकर’ गृहमन्त्री भएपछि सीडीओ सरुवा भएको पहिलो पटक हो । गृहले राजपत्रांकित प्रथम श्रेणीका १० जना र द्वितीय श्रेणीका २१ जनालाई काज सरुवा गरेको छ । हेर्नुहोस् सीडीओको सरुवा सूची ...
नेपाल फिफाको विश्व वरियतामा एक स्थान माथि
साउन २६ नेपाल फिफाको विश्व वरियतामा एक स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियता अनुसार नेपाल १ सय ७० औं स्थानबाट एक सय ६९औं स्थानमा उक्लिएको हो । नयाँ वरियता अनुसार पनि नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा यथावत रहेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स, अफगानिस्तान र भुटान रहेका छन् । बरियताको शीर्ष स्थानमा भने जर्मनीलाई पछि पार्दै...
भारतीय विदेशमन्त्री शुस्मा स्वराज काठमाडौंमा
भारतीय विदेशमन्त्री शुस्मा स्वराज काठमाडौं आएकी छिन् । बिमस्टेकको १५ औं बैठकमा सहभागी हुन स्वराज काठमाडौं आएकी हुन् । काठमाडौं आइपुगेकी स्वराजले आजै प्रधानमन्त्री शेरवहादुर देउवालसँग शिस्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री निवास वालुवाटारमा हुने भेटमा दुई पक्षीय हित, प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमण लगायतका विषयमा कुराकानी हुने बताइएको छ । भेटमा संविधान जारी भए लगत्तैदेखि भारतले असन्तुष्ट पक्षलाई समेटन...
चितवनको नगर सभा र जिल्ला समन्वय समिति गठन प्रभावित
साउन २६ भरतपुर महानगरका दुईवटा वडाका अध्यक्षका मुद्दा कायम रहेपछि चितवनको नगर सभा र जिल्ला समन्वय समिति गठन नै प्रभावित भएको छ । उन्नाइस नम्बर बडामा मतपत्र च्यातिएको विषयले दुई महिनाभन्दा वढी ढिलाई भएको भरतपुरको निर्वाचनमा यतिवेला वडाअध्यक्षको मुद्दा तगारो वनेको हो । भरतपुर महानगरको वडा नम्बर ४ र ७ दुवैवाट नेकपा एमालेका उमेदवारहरु क्रमश हरिप्रसाद आचार्य र राजेन्द्रमणि काफ्ले विजयी...
डा. केसीको स्वास्थ्य ‘अत्यन्तै जोखिममा’
काठमाडौं- चिकित्सा शिक्षामा सुधार माग राखेर १७ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोखिमपूर्ण अवस्थामा पुगेको चिकित्सकले बताएको कुरा आजको नागरिक राष्ट्रिय दैनिकमा दीपक दाहालले लेखेका छन् । चिकित्सकहरूले डा. केसीको स्वास्थ्यमा संक्रमणको उच्च जोखिम बढेको भन्दै विशेष कारणबाहेक नजिक जान र भेट्नसमेत रोक लगाएका छन्। केसीको स्वास्थ्य अवस्था अनुगमन गरिरहेको चिकित्सक टोलीका तर्फबाट वरिष्ठ फिजिसियन डा....
बाह्रबिसे-काठमाडौं सडकखण्डको महभिरमा सडक भास्सिएपछि यातायात अवरुद्ध
श्रावण २६ अरनिको राजमार्ग अन्तर्गतको बाह्रबिसे-काठमाडौं सडकखण्डको महभिर भन्ने स्थानमा सडक भास्सिएपछि सवारी अवागमन अवरुद्ध भएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकासित छ । बुधबार बिहानदेखि ठप्प भएको सडक स्काभेटर नआउँदा अझै खुल्न नसकिरहेको बेला त्यहाँ पहिराे पनि खस्न थालेको छ । बाह्रबिसेबाट मात्र १ घण्टाको दुरीमा रहेको महभिर यताको सडक अविरल वर्षाले तीन फीट जति भास्सिएको छ भने माथिबाट पहिराे खस्न...
भारतले बिजुलीको बिक्रीदर घटाउने
श्रावण २५ भारतका विभिन्न राज्य सरकारहरुबाट खरिद गर्दै आएको बिजुलीको दर घटाउन नेपाल र भारतका अधिकारीहरु सहमत भएको नेपाली अधिकारीहरुले बताएका छन् । दिल्लीमा भएको ‘पावर एक्सचेन्ज कमिटी’ को बैठकमा प्रत्येक वर्ष साढे पाँच प्रतिशतले मूल्य बढ्ने विगतको सम्झौतामा रहेको प्रावधान हटाइए पछि अब नेपालले खरिद गर्ने बिजुलीमा प्रति युनिट झन्डै डेढ रुपैंया सस्तो पर्ने बताइएको छ । उक्त समझदारीपत्रमा अन्तिम...

