टोकियो/जापान । लोकदोहोरी गायक तथा सर्जक माधब सिग्देलको ‘देउता जस्तै’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

तनहुँको भिमाद नगरपालिका किहुँमा जन्मेका गायक सिग्देल विगत ९ बर्ष अगाडीबाट जापानको फुकुओका सहरमा बस्दै आएका छन् ।विदेशमै बसेर पनि लोक संगितलाई निरन्तरता दिँदै आएका सिग्देल को नयाँ एल्बम ‘देउता जस्तै पुज्ने खालीकी छौ’ मा थेगो आँफैले लेखेका हुन् भने शब्द पुरुषोत्तम सिग्देलले लेखेका छन् । त्यस्तै ति शब्दहरुमा लोकप्रिय परदेशी गयक सुर्य खड्काको लय सिर्जना रहेको छ ।

गीतमा, गायक सिग्देल र सुनिता बुढा क्षेत्रीको रहेको सुमधुर स्वर, प्रकाश भट्टको निर्देशन, ओवी रायमाझी र गीता ढुंगानाको अभिनय रहेको छ ।

विष्णु शर्माले सम्पादन गरेको उक्त भिडियो शाही भिजन प्रालिले निर्माण गरेको हो । गीत स्वयम गायक माधब सिग्देलको युटुब बाट सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार