टोकियो/जापान । जापानलाई कर्मभूमि बनाउँदै आएका गायक तथासर्जक समुन्द्र राज पौडेलले आफ्नो नयाँ सांगितिक सिर्जना’हत्यारा’ सार्वजनिक गरेका छन् ।

पवित्र, माया /प्रेम छुटाउन समाजले खेलेको नकारात्मक भूमिका गीतले उठाएको छ । गीतमा, सागर रेग्मी रितेशको शब्द, सर्जक सुरेश रमण अधिकारीको लय तथा समुन्द्र राज पौडेल र पूर्णकला बिसीको सुन्दर आवाज रहेको छ ।

निशान एसकेको निर्देशन रहेको गीतमा इश्वर खाती,आयुष्मा कार्की र नरेश विसीको अभियन रहेको छ ।समुद्र राजपौडेलको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको गित हालसम्म १ लाख १४ हजार भन्दा धेरै पटक हेरिईसकेकोछ । गायक तथा सर्जक पौडेलले यस अघि पनि जापानबाटै, जापानले नी धोको पुर्यायो लगायतका गितहरुसार्वजनिक भईसकेको छ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार