एजेन्सी
याहू मेसेन्जर आगामी १७ जुलाई देखि सधैंको लागि बन्द हुने भएको छ ।

द नेक्स्ट वेबले याहू मेसेन्जर बन्द हुन लागेको सार्वजनिक गरेको हो । जुलाईमा बन्द भए पनि आगामी ६ महिनाभित्र भने प्रयोगकर्ताले आफ्नो च्याट हिस्ट्री डाउनलोड गर्न पाउनेछन् । वर्षौँ पुरानो याहू मेसेन्जर अहिले पनि प्रयोग गरिरहेका प्रयोगकर्तालाई नयाँ ग्रुप मेसेजिंग एप स्क्विरल रिडाइरेक्ट गरिनेछ ।

याहूले पछिल्लो केही महिनादेखि Squirrel एपको परीक्षण गरिरहेको छ । याहू मेसेन्जर बन्द भएसँगै याहूले यस एपलाई सर्वसाधारणका लागि सार्वजनिक गर्नेछ ।
याहू मेसेन्जर च्याट सर्भिस सबैभन्दा पहिले १९९८ मा सार्वजनिक गरिएको थियो । तर समयक्रम सँगै गुगल टक, फेसबुक तथा ह्वाट्सएप आएसँगै याहू मेसेन्जरको लोकप्रियता र प्रयोगकर्ता ह्वात्तै घटेका थिए । याहूले आफ्नो एन्ड्रोइड र आइओएस एप लञ्च गरी आफ्नो मेसेन्जर सर्भिसलाई जिवितै राख्ने कोसिस गरेको थियो । मेसेन्जरको नयाँ भर्सन सन् २०१५ मा लञ्च भएको थियो भने गत अगष्टमा यसको पुरानो भर्सन बन्द गरिएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार